आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
शब्दयात्रा प्रकाशनले साहित्यकार जलेश्वरी श्रेष्ठ (काठमाडौँ) लाई २०८२ सालको महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।