Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublications२५८. नेपालमा राजसंस्था किन ?

२५८. नेपालमा राजसंस्था किन ?

डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित ‘नेपालमा राजसंस्था किन ?’ यस्तो दस्तावेज हो, जसले संविधान, इतिहास, राजनीति र राष्ट्रिय भावनाबीचको अन्तर्सम्बन्धलाई प्रश्नका रूपमा होइन, उत्तरका रूपमा प्रस्तुत गरेको छ । डा. पौड्यालले यो पुस्तकमा राजसंस्थाका पक्षमा भावनात्मक समर्थन मात्र होइन, ठोस ऐतिहासिक प्रमाण, तथ्यगत विश्लेषण र समकालीन सन्दर्भका गहिरा तहहरू उत्खनन गरेर प्रस्तुत गर्नुभएको छ । उहाँको लेखनीले पाठकलाई सजग बनाउँछ, गम्भीर बनाउँछ र सोच्न बाध्य बनाउँछ — राजसंस्थाको पुनर्विचार आजको आवश्यकता हो कि होइन ?