Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
Homepublications२५८. नेपालमा राजसंस्था किन ?

२५८. नेपालमा राजसंस्था किन ?

डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित ‘नेपालमा राजसंस्था किन ?’ यस्तो दस्तावेज हो, जसले संविधान, इतिहास, राजनीति र राष्ट्रिय भावनाबीचको अन्तर्सम्बन्धलाई प्रश्नका रूपमा होइन, उत्तरका रूपमा प्रस्तुत गरेको छ । डा. पौड्यालले यो पुस्तकमा राजसंस्थाका पक्षमा भावनात्मक समर्थन मात्र होइन, ठोस ऐतिहासिक प्रमाण, तथ्यगत विश्लेषण र समकालीन सन्दर्भका गहिरा तहहरू उत्खनन गरेर प्रस्तुत गर्नुभएको छ । उहाँको लेखनीले पाठकलाई सजग बनाउँछ, गम्भीर बनाउँछ र सोच्न बाध्य बनाउँछ — राजसंस्थाको पुनर्विचार आजको आवश्यकता हो कि होइन ?