Home Blog Page 111

नव कविता वाचनको चौथो शृङ्खला सम्पन्न

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा चौथो नव कविता वाचन कार्यक्रम जुमका माध्यमबाट सम्पन्न भयो । डा. यज्ञेश्वर निरौला प्रमुख अतिथि, शब्दयात्रा प्रकाशनका अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री विशेष अतिथि र प्राञ्जल नेपालका अध्यक्ष तथा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतम सभापति रहनुभएको सो कार्यक्रमको सञ्चालन छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा डा इन्दुल केसी, जीवनाथ अधिकारी, टीका श्रेष्ठ, डिल्लीराम गौतम, ढुण्डीराज पोखरेल, निर्मला श्रेष्ठ, पदम दाहाल, पशुपतिमान प्रधान, पुण्यवती घले, प्रजापति तिमल्सिना, बिरजा घिमिरे, रमेश शर्मा घिमिरे र विमला पोखरेलले कविता वाचन गर्नुभएको थियो ।

नौ गते पुरस्कृत गरिने

0

शब्दयात्रा प्रकाशनले २०७८ सालमा समर्पण गर्ने दुई पुरस्कार यही असोज ९ गते समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी आयोजना गरिने कार्यक्रममा दुवै पुरस्कार समर्पण गरिनेछन् । कार्यक्रमका प्रमुख अतिथि अग्रज गायक, सङ्गीतकार, गीतकार तथा साहित्यकार गणेश रसिक रहनुहुनेछ भने साहित्यकारहरू कृष्ण जोशी र पवन आलोकको उपस्थिति हुनेछ । कार्यक्रममा शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार अन्वेषक प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई र शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई समर्पण गरिनेछ । पुरस्कार समर्पण गर्दा रकम, अभिवन्दनापत्र र शब्दयात्रा पट्ट समर्पण गरिनेछ ।

शब्दसञ्चारः असोज ०५, २०७८

0
  1. Episode 68 – Shabda Sanchar 29:49

गायक उदितनारायण झालाई शब्दयात्रा सम्मान समर्पण गरिने

0

शब्दयात्रा प्रकाशनले गायक उदितनारायण झालाई शब्दयात्रा विशेष सङ्गीत सम्मान समर्पण गर्ने भएको छ । नेपाली भाषासहित दक्षिण एसियाली क्षेत्रका विभिन्न दस भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा योगदान गर्नुभएकाले उहाँलाई शब्दयात्रा प्रकाशनको दसौँ वार्षिकोत्सवको अवसर पारी सम्मान समर्पण गर्न लागिएको हो ।

शब्दयात्रा प्रकाशनले नगेन्द्रप्रसाद आचार्यको पुस्तक छाप्ने

0

शब्दयात्रा प्रकाशनले कालिकोट निवासी साहित्यकार नगेन्द्रप्रसाद आचार्यको लघुकाव्य ‘कुमारी सिन्दुर’ प्रकाशन गर्ने भएको छ । उहाँ ‘विरामरश्मि’ उपनामबाट साहित्यिक सिर्जना गर्नुहुन्छ ।
रासकोट कला संस्कृति साहित्य प्रतिष्ठान कालिकोटका संस्थापक अध्यक्ष नगेन्द्रप्रसाद आचार्यले यसअघि ‘सेतो फूल’ नामक साहित्यिक कृति प्रकाशन गराइसक्नुभएको छ । उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।

शब्दयात्रा प्रकाशनले शैलेन्द्र साकारको कवितासङ्ग्रह प्रकाशन गर्दै

0

शब्दयात्रा प्रकाशनले अग्रज कवि शैलेन्द्र साकारको कवितासङ्ग्रह ‘अरू सात समुद्र’ प्रकाशन गर्न लागेको छ । उहाँ विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि हुनुहुन्छ । समालोचकहरूले उहाँलाई प्रतिनिधि नेपाली कविका रूपमा नेपालबाहिर प्रस्तुत गर्न योग्य कविका रूपमा परिचय गराउने गरेका छन् । सधैँ नयाँ लागिरहने कविताहरू सिर्जना गर्नु उहाँको विशिष्टता हो । उहाँ विद्रोही भएर पनि कला पक्षप्रति अत्यन्त सचेत कवि मानिनुहुन्छ । उहाँ कविता विधाका ६ वटा कृतिका स्रष्टा हुनुहुन्छ । उहाँले देवकोटा काव्य पुरस्कार र युगकवि सिद्धिचरण पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । उहाँको जन्म २००३ सालमा भोजपुरमा भएको हो । ‘अरू सात समुद्र’ कवितासङ्ग्रहमा उहाँका लामा–छोटा दुवै आकारका ८२ वटा शक्तिशाली कविता सङ्ग्रहित छन् ।

शब्दयात्रा प्रकाशनबाट कविता वाचन कार्यक्रम

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा नवकविता वाचन जुम कार्यक्रमको तेस्रो शृङ्खला सम्पिन्न भयो । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री विशेष अतिथि रहेको उक्त कार्यक्रमको सभापतित्व डिल्लीराम गौतमले र सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा डा. इन्दुल केसी, डीपी दाहाल, निर्मला श्रेष्ठ, पदम दाहाल, प्रजापति तिमिल्सिना, पुण्यवती घले, लालबहादुर भुजेल, विरजा घिमिरे, विश्वनाथ बराल, सागर गुरागाई र सुनील सापकोटाले कविता वाचन गर्नुभएको थियो ।

शब्दयात्रा पुस्तकालयका लागि पुस्तक–पत्रिका प्रदान

0

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले विभिन्न साहित्यिक पत्रिकाहरू एक सय सङ्ख्यामा प्रदान गर्नुभएको छ । ती साहित्यिक पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । यसभन्दा अघि उहाँले चार सय थान पुस्तकहरू उपलब्ध गराउनुभएको थियो । यसै गरी ललितपुर झम्सिखेल निवासी अध्येता श्रीमती मन अधिकारीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि दुई दर्जन पुस्तकहरू उपहारस्वरूप उपलब्ध गराउनुभएको छ । बनेपाको शब्दसाधक तीर्थमा रहेको शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले सङ्ग्रह गरेका पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएकोमा कवि कृष्ण जोशी र अध्येता मन अधिकारीप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।

शिव औतारी लामाका विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले नेपाली सन्तहरूका विषयमा हरेक हप्ता प्रवचन गर्ने क्रममा यो हप्ता शिव औतारी लामाका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना नामक मूल कार्यक्रम अन्तर्गत हरेक आइतबार बिहान ६ बजेदेखि साढे ६ बजेसम्म हरि मञ्जुश्रीले नेपाली सन्तहरूका विषयमा परिचय दिने गर्नुभएको छ र त्यसलाई सन्तगाथा भन्ने गरिएको छ ।

हर्दिक समवेदना

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट २०६९ सालमा सम्मानित अग्रज समाजसेवी श्रीमती सगुन शाहले परलोकगमन गर्नुभएको समाचारबाट व्यथित बनेर उहाँको आत्मा परमात्मामा एकाकार होस् भन्ने प्रार्थना गर्दै उहाँका शोकविह्वल पारिवारिक सम्बन्धीहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार