शब्दयात्रा प्रकाशनले २०७८ सालमा समर्पण गर्ने दुई पुरस्कार यही असोज ९ गते समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वर बनेपामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी आयोजना गरिने कार्यक्रममा दुवै पुरस्कार समर्पण गरिनेछन् । कार्यक्रमका प्रमुख अतिथि अग्रज गायक, सङ्गीतकार, गीतकार तथा साहित्यकार गणेश रसिक रहनुहुनेछ भने साहित्यकारहरू कृष्ण जोशी र पवन आलोकको उपस्थिति हुनेछ । कार्यक्रममा शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार अन्वेषक प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई र शब्दयात्रा कर्मशीलता पुरस्कार डा. इन्दुल केसीलाई समर्पण गरिनेछ । पुरस्कार समर्पण गर्दा रकम, अभिवन्दनापत्र र शब्दयात्रा पट्ट समर्पण गरिनेछ ।