Home Blog Page 110

‘भरत’ महाकाव्य प्रकाशित हुँदै

0

शब्दयात्रा प्रकाशनबाट ‘भरत’ नामक महाकाव्य प्रकाशित हुने भएको छ । महाकाव्यकार मनिराज जोशीले लेख्नुभएको यो महाकाव्य शब्दयात्रा प्रकाशनको १ सय ६२ औँ प्रकाशनपुष्प हो । शब्दयात्रा प्रकाशनले यसअघि नै तीनवटा महाकाव्य प्रकाशन गरिसकेको छ ।

शब्दसञ्चारः असोज १२, २०७८

0
  1. Episode 69 – Shabda Sanchar 31:35

सञ्चालक समितिको पुनर्गठन

0

शब्दयात्रा प्रकाशनको सञ्चालक समिति पुनर्गठन गरिएको छ । सञ्चालक समितिका दुई सदस्य पद रिक्त हुन आएकाले शब्दयात्रा प्रकाशनका आजीवन सदस्यमध्येका केदारनाथ तिमल्सिना र अमृत अधिकारीलाई सञ्चालक समितिमा मनोनयन गरी सञ्चालक समितिलाई पूर्णता दिइएको हो । शब्दयात्रा प्रकाशनको सञ्चालक समितिमा २६ जना आजीवन सदस्य रहेका छन् ।

शब्दयात्रा प्रकाशनले कोरोना कालमा गरेका कामहरू

0

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा जति काम गर्न सकेन । तैपनि २०७७ साल साउनदेखि २०७८ साल असारसम्म केही कामहरू गरिएका छन् । जस्तै —
— आठवटा पुस्तक प्रकाशन गरी सार्वजनिक गरिएको छ । दुईवटा पुस्तिका पनि प्रकाशन गरिएका छन् ।
— ‘शब्दसञ्चार’ रेडियो कार्यक्रम दुई महिना स्थगित गरी अन्य समयमा नियमित रूपमा सञ्चालन गरिएको छ ।
— हरेक वर्ष समर्पण गरिने विभिन्न विधाका १८ वटा सम्मान समर्पण गरिएका छन् ।
— शब्दयात्रा कर्मशीलता पुरस्कार समर्पण गरिएको छ ।
— द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति प्रदान गरिएको छ ।
— काभ्रेली पत्रकारद्वयलाई कदरपत्र प्रदान गरिएको छ ।
— अक्षयकोषका लागि तीन लाख रुपियाँ प्राप्त गर्न सकिएको छ ।
— शब्दयात्रा स्तम्भ निर्माण गरी अनावरण गरिएको छ ।
— सालिक स्थापनाका सहयोगीहरूको नामावली रहेको अभिलेख राखिएको छ ।
— सरस्वती मन्दिरको गजुर निर्माण गर्नुका साथै बार बार्ने कार्य सम्पन्न गरिएको छ ।
— सालिक वरिपरि बार थप्ने काम गरी शब्दसाधक तीर्थको बोर्ड राखिएको छ ।
— शब्दयात्रा प्रकाशनको आजीवन सदस्यका रूपमा ६ जनालाई थप गरिएको छ ।
— विभिन्न व्यक्तिहरूबाट शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू प्राप्त गरेको छ ।
— ‘कर्मयोद्धासँग शब्दसंवाद’ प्रवचन कार्यक्रम अनियमित रूपमै भए पनि अनलाइनबाट सञ्चालन गरिएको छ ।
— शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र बनाइएको छ । त्यस केन्द्रले प्राञ्जल नेपाल र छन्दकविता मञ्चसँग सहकार्य गरेर अनलाइनबाट नवकवितावाचन कार्यक्रम गरिरहेको छ ।
— राष्ट्रका विशिष्ट व्यक्तित्वहरूलाई शब्दसाधक तीर्थको अवलोकन गराइएको छ ।
— केही पुस्तकालयलाई पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएका छन् ।
यसबाट कोरोनाको प्रकोप भएको समयमा पनि सुरक्षाका सम्पूर्ण उपायहरू अवलम्बन गरी आवश्यक कार्यहरू सम्पन्न गर्न शब्दयात्रा प्रकाशन सञ्चालक समिति यथासम्भव प्रयत्नरत रहेको देख्न सकिन्छ । यिनै कार्यक्रमहरूलाई निरन्तरता दिँदै विभिन्न जिल्लाका राष्ट्रिय प्रतिभाहरूका लागि पुरस्कार कोषको थप व्यवस्था गर्न पनि सुरु गरिएको छ । यी कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै महानुभावमा शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशनबाट ‘संस्मरण र आत्मवृत्तान्त’ प्रकाशन हुँदै

0

शब्दयात्रा प्रकाशनले ‘संस्मरण र आत्मवृत्तान्त’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । बनेपाका हर्षनारायण कर्माचार्यले लेख्नुभएका फुटकर लेख–संस्मरणहरूको सङ्ग्रहका रूपमा रहेको उक्त पुस्तकमा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवालको मन्तव्य रहेको छ ।
शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा सम्पन्न —
शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा यही २०७८ साल असोज ९ गते सम्पन्न भएको छ । सभाले सञ्चालक समितिमा रिक्त हुन आएका दुई सदस्यमा केदारनाथ तिमल्सिना र अमृत अधिकारीलाई मनोनयन गरी सञ्चालक समितिको पुनर्गठन गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन, आ. व. २०७८–७९ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा आ. व. २०७९–८० का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण पारित गरेको छ । आ. व. २०७८–७९ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत तोकेको छ ।

आज्ञासाहेबका विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बीजक ग्रन्थको नेपाली अनुवाद गर्ने अनुवादक कवीर सम्प्रदायका नेपाली सन्त आज्ञासाहेब लीलाबहादुर थापाका विषयमा प्रवचन गर्नुभएको छ । हरेक आइतबार बिहान सनातन वैदिक विवेचना कार्यक्रम अन्तर्गत नेपाली सन्तहरूका विषयमा जानकारी गराउने क्रममा उहाँले नेपाली सन्त आज्ञासाहेबका विषयमा प्रवचन गर्नुभएको हो ।

भक्तपुर सम्पर्क केन्द्रबाट पुस्तिका प्रकाशित

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रले हालसम्म गरेका गतिविधिहरू समेटेर पुस्तिका प्रकाशन गरेको छ । भक्तपुर सम्पर्क केन्द्रका सम्पूर्ण गतिविधिहरूको सङ्कलन कवि जीवनाथ अधिकारीले गर्नुभएको हो ।

कृतज्ञतापत्र समर्पण

0

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई १०० भन्दा बढी पुस्तकहरू उपलब्ध गराउने विभिन्न महानुभावहरूलाई कृतज्ञतापत्र समर्पण गरेको छ । शिक्षासेवी रामप्रसाद अधिकारी र गीतिभास्कर मच्छेश्वर सापकोटाले कृतज्ञतापत्रहरू समर्पण गर्नुभएको हो । कृतज्ञतापत्र कवि कृष्ण जोशी, महाप्रबन्धक शारदाप्रसाद शर्मा, सदस्य शिव बन्जारा र सदस्य पुण्यवती घलेले स्वयं ग्रहण गर्नुभएको थियो । त्यसबाहेक गीता अधिकारीका तर्फबाट प्रकृति प्याकुरेलले तथा प्रा. डा. भोला थापा, सावित्री जङ्गम थापा, हिरण्यकुमारी पाठक र पशुपतिमान प्रधानलाई उपलब्ध गराउने गरी उहाँहरूका कृतज्ञतापत्रहरू सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले ग्रहण गर्नुभएको थियो ।

पुरस्कार समर्पण समारोह सम्पन्न

0

यही २०७८ साल असोज ९ गते शनिबार शब्दयात्रा प्रकाशनले दुईजना विशिष्ट व्यक्तित्वलाई पुरस्कार समर्पण गर्न पायो । कवि तथा पूर्वप्रशासक कृष्ण जोशीद्वारा व्यवस्थापित ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई एवं पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ डा. इन्दुल केसीलाई समर्पण गरियो । पुरस्कारमा अभिवन्दनापत्र, नगद, उपहार तथा शब्दयात्रा पट्ट समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सङ्गीतशिल्पी तथा साहित्यकार गणेश रसिक तथा अतिथि पुरस्कारका व्यवस्थापक कवि कृष्ण जोशी र साहित्यकार पवन आलोक हुनुहुन्थ्यो । सम्मान गर्दा उपहार शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानले, शब्दयात्रा पट्ट सभापति हरि मञ्जुश्रीले, रकम व्यवस्थापक कृष्ण जोशीले र अभिवन्दनापत्र प्रमुख अतिथि गणेश रसिकले समर्पण गर्नुभएको थियो । साहित्यकार पवन आलोकले पुरस्कृत व्यक्तित्वको चिनारी गराउनुभएको थियो भने कवि कृष्ण जोशीले कार्यक्रमको समीक्षा गर्दै सभाविसर्जन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा पुरस्कारको अभिवन्दनापत्र वाचन शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले र स्वागत भाषण महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने रुद्राक्षको माला शब्दयात्रा प्रकाशनका आजीवन सदस्य नवीना श्रेष्ठले अर्पण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथि गणेश रसिक र अतिथि वक्ता पवन आलोकलाई शब्दयात्रा प्रकाशन संरक्षण समितिका सदस्य सकुल थापाले उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष हरि मञ्जुश्रीको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।

शब्दयात्रा प्रकाशनको काभ्रे सम्पर्क केन्द्र गठन

0
शब्दयात्रा प्रकाशनको काभ्रे सम्पर्क केन्द्र गठन भएको छ । पाँच सदस्यीय काभ्रे सम्पर्क केन्द्रमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय साधुराम गिरी र सहदीप पलान्चोके रहनुभएको छ । अन्य सदस्यहरूमा गीता मञ्जुश्री, दामोदर घिमिरे र दीपक तिमल्सिना रहनुभएको छ । यस केन्द्रले विद्युतीय माध्यमबाट ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।