शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा चौथो नव कविता वाचन कार्यक्रम जुमका माध्यमबाट सम्पन्न भयो । डा. यज्ञेश्वर निरौला प्रमुख अतिथि, शब्दयात्रा प्रकाशनका अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री विशेष अतिथि र प्राञ्जल नेपालका अध्यक्ष तथा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतम सभापति रहनुभएको सो कार्यक्रमको सञ्चालन छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा डा इन्दुल केसी, जीवनाथ अधिकारी, टीका श्रेष्ठ, डिल्लीराम गौतम, ढुण्डीराज पोखरेल, निर्मला श्रेष्ठ, पदम दाहाल, पशुपतिमान प्रधान, पुण्यवती घले, प्रजापति तिमल्सिना, बिरजा घिमिरे, रमेश शर्मा घिमिरे र विमला पोखरेलले कविता वाचन गर्नुभएको थियो ।