शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले नेपाली सन्तहरूका विषयमा हरेक हप्ता प्रवचन गर्ने क्रममा यो हप्ता शिव औतारी लामाका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना नामक मूल कार्यक्रम अन्तर्गत हरेक आइतबार बिहान ६ बजेदेखि साढे ६ बजेसम्म हरि मञ्जुश्रीले नेपाली सन्तहरूका विषयमा परिचय दिने गर्नुभएको छ र त्यसलाई सन्तगाथा भन्ने गरिएको छ ।