शब्दयात्रा प्रकाशनले गायक उदितनारायण झालाई शब्दयात्रा विशेष सङ्गीत सम्मान समर्पण गर्ने भएको छ । नेपाली भाषासहित दक्षिण एसियाली क्षेत्रका विभिन्न दस भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा योगदान गर्नुभएकाले उहाँलाई शब्दयात्रा प्रकाशनको दसौँ वार्षिकोत्सवको अवसर पारी सम्मान समर्पण गर्न लागिएको हो ।