शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले विभिन्न साहित्यिक पत्रिकाहरू एक सय सङ्ख्यामा प्रदान गर्नुभएको छ । ती साहित्यिक पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । यसभन्दा अघि उहाँले चार सय थान पुस्तकहरू उपलब्ध गराउनुभएको थियो । यसै गरी ललितपुर झम्सिखेल निवासी अध्येता श्रीमती मन अधिकारीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि दुई दर्जन पुस्तकहरू उपहारस्वरूप उपलब्ध गराउनुभएको छ । बनेपाको शब्दसाधक तीर्थमा रहेको शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफूले सङ्ग्रह गरेका पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएकोमा कवि कृष्ण जोशी र अध्येता मन अधिकारीप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।