Home Blog Page 110

शब्दयात्रा प्रकाशनबाट सम्मान तथा पुस्तक सार्वजनिकीकरण

0

शब्दयात्रा प्रकाशनले साहित्यकारद्वय अमर त्यागी र जुनू छेत्रीलाई संयुक्त रूपमा ‘शब्दयात्रा विशेष सम्मान’ द्वारा सम्मानित गरेको छ । शब्दयात्रा प्रकाशनको स्थापना भएको १० वर्ष पुगेको अवसरमा विभिन्न विधाका १० जनालाई विशेष सम्मान समर्पण गर्ने क्रममा अमेरिकाबाट नेपाल आएको अवसर पारी उहाँहरूलाई सम्मान गरिएको हो । काठमाडौँमा आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपबाट नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव जगत् उपाध्याय प्रेक्षित र शब्दयात्रा प्रकाशनका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधानले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व तथा स्वागत भाषण शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अमर त्यागीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘अमानव’ लाई प्रमुख अतिथि, सभापति र कृतिकारले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दु्ल केसीले सभाविसर्जन, अर्का आजीवन सदस्य पदम दाहालले प्रमुख अतिथिलाई उपहार समर्पण र भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सामग्रीको व्यवस्थापन शब्दयात्रा प्रकाशनका कार्यालय व्यवस्थापक सङ्गीता केसी र दीपक तिमल्सिनाले गर्नुभएको थियो । सम्मानित व्यक्तिहरूको परिचय साहित्यिक पत्रकार चेतनाथ धमलाले र सार्वजनिक गरिएको कृतिमाथिको टिप्पणी समालोचक डा. मधुसूदन गिरीले गर्नुभएको थियो । उक्त समारोहमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य नवीना श्रेष्ठ, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरी, सम्मान व्यवस्थापकद्वय गोपाल पराजुली र कृष्णहरि मैनाली, समाजसेवी चन्द्रबहादुर खड्का, साहित्यकारहरू इन्द्रकुमार श्रेष्ठ सरित्, नगेन्द्रराज रेग्मी, खगेन्द्र बस्याल, जनार्दन अधिकारी धड्कन, पत्रकारहरू ठाकुर बेलबासे, प्रकाश सिलवाल, तुलसी गिरी भावुक आदिको उपस्थिति रहेको थियो ।

भरत जङ्गमको हीरक महोत्सव मङ्सिर १० गते मनाइने

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गम ७५ वर्षको हुनुभएकोमा उहाँको हीरक महोत्सव यही मङ्सिर १० गते काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । यसका लागि महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा २५ सदस्यीय समारोह समिति गठन भएको छ । समितिको सहसंयोजक प्रा. डा. माधव भट्टराई तथा सदस्य सचिव शब्दसारथि हरि मञ्जुश्री हुनुहुन्छ भने सदस्यहरूमा पूर्वमन्त्री दीनबन्धु अर्याल, पूर्वमन्त्री प्रा. डा. कान्ता भट्टराई, प्रदेश सांसद गणेश दुलाल, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, प्रा. डा. देवमणि भट्टराई, प्रा. डा. शैलेन्दुप्रकाश नेपाल, प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ, प्रा. डा. उत्तमकृष्ण कर्माचार्य, प्रा. डा. वीणा पौड्याल, प्रा. डा. बेनी जङ्गम रावल, प्रा. डा. गार्गी शर्मा, डा. सावित्री अर्याल, डा. माधुरी सिंह, हिरण्यकुमारी पाठक, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, टीकाराम अर्याल, राधेश्याम लेकाली, कलाधर काफ्ले, अर्जुन बाँस्तोला, सुरजचन्द्र लामिछाने र अस्मिता भण्डारी रहनुभएको छ । समितिको ७ सदस्यीय सल्लाहकार समतिमा  डा. सत्यमोहन जोशी, प्रा. डा. सुरेशराज शर्मा, प्रा. डा. लोकविक्रम थापा, प्रा. डा. तीर्थराज खनियाँ, प्रा. डा. खगेन्द्र भट्टराई, प्रा. डा. कुलप्रसाद कोइराला र समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापा रहनुभएको छ ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका संंस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नवीन दर्शनका दार्शनिक’ नामक अभिनन्दनग्रन्थ सार्वजनिक गरिनेछ । करिब ९ सय पृष्ठको उक्त अभिनन्दनग्रन्थ हरि मञ्जुश्रीद्वारा सम्पादित ९८ औँ कृति हो । उक्त अभिनन्दनग्रन्थका सामग्री संयोजकहरूमा ज्ञानेन्द्र गदाल (अमेरिका), खगेन्द्र पन्त (बेलायत), क्रन्दन चापागाई (अस्ट्रेलिया), प्रकाश पौडेल (जापान) र देवी पन्थी (विराटनगर) रहनुभएको छ । त्यही समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई महाकाव्यलाई पनि सार्वजनिक गरिनेछन् । सार्वजनिक गरिने महाकाव्यहरूमा शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित महाकाव्यकार नीलकण्ठ भट्टराईद्वारा लिखित ‘भरतांशु’ महाकाव्य र महाकाव्यकार मनिराज जोशीद्वारा लिखित ‘भरत’ महाकाव्य रहेका छन् । समारोहमा शब्दयात्रा प्रकाशन लगायतका दर्जनौँ सङ्घ–संस्थाहरूले भरत जङ्गमलाई सम्मानपत्र समर्पण गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा प्रशासनिक क्षेत्रका निष्कलङ्क व्यक्तिहरूलाई एन्टिकरप्सन एकेडेमीका तर्फबाट सम्मान पनि गरिने भएको छ ।

शब्दसञ्चारः मंसिर ०७, २०७८

0
  1. Episode 77 – Shabda Sanchar 33:35

शब्दसाधक तीर्थको अवलोकन

0
शब्दयात्रा प्रकाशनले बनेपाको आफ्नै जग्गामा निर्माण गरेको शब्दसाधक तीर्थको अवलोकन गर्ने व्यक्तिहरूको सङ्ख्या बढिरहेको छ । हालै मात्र पनि विराटनगरबाट शब्दप्रेमीहरूको एउटा टोली र काठमाडौँबाट दुइटा टोली शब्दसाधक तीर्थको अवलोकन गर्न बनेपामा आएको थियो । बनेपाभन्दा बाहिरबाट बनेपामा आउने व्यक्तिहरूले बनेपाको दर्शनीय स्थलका रूपमा शब्दसाधक तीर्थलाई पनि लिन थालेका छन् ।

ऋषभदेवका विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जैन सम्प्रदायका प्रथम आचार्य मानिएका ऋषभदेवका विषयमा प्रवचन गर्नुभएको छ । उहाँका प्रवचनहरू यु–ट्युबमा सुन्न सकिनेछ ।

‘विकसित नेपाल सम्पन्न नेपाली’ पुस्तक छापिने

0

शब्दयात्रा प्रकाशनले सर्लाहीको हरिऔननिवासी शिक्षासेवी तथा लेखक कृष्णप्रसाद भट्टराईद्वारा लिखित पुस्तक ‘विकसित नेपाल सम्पन्न नेपाली’ प्रकाशित गर्ने भएको छ । पुस्तकमा नेपाललाई विकसित र नेपालीलाई सम्पन्न बनाउन कसरी सकिन्छ भन्ने धारणा अभिव्यक्त गरिएको छ । उक्त पुस्तकलाई यही मङ्सिर महिनामा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

काभ्रेपलान्चोक सम्पर्क केन्द्रले ‘कर्मयोद्धासँग शब्दसंवाद’ सञ्चालन गर्ने

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले आगामी शुक्रबारदेखि पाक्षिक रूपमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार बेलुका ७ बजेदेखि ८ बजेसम्म जुमका माध्यमबाट उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी केन्द्रका संयोजक साधुराम गिरीले गराउनुभएको छ । कार्यक्रमको सञ्चालन पक्ष संयोजक साधुराम गिरीले र प्राविधिक पक्ष सदस्य दीपक तिमल्सिनाले जिम्मा लिनुभएको छ । यही कार्तिक २७ गते बसेको काभ्रेपलान्चोक सम्पर्क केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

शब्दसञ्चारः कार्तिक ३०, २०७८

0
  1. Episode 76 – Shabda Sanchar 29:47

सन्त श्यामदास राईका विषयमा प्रवचन

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जोसमनी सन्त परम्पराको त्यागी पन्थका विद्वान् श्यामदास राईको जीवनका विविध पक्षका विषयमा प्रवचन गर्नुभएको छ । ‘सनातन वैदिक विवेचना’ कार्यक्रम अन्तर्गत नेपाली सन्तहरूको गाथा प्रस्तुत गर्ने क्रममा उहाँले नेपाली सन्त श्यामदास राईको लेखनयात्रालाई विशेष जोड दिएर उहाँका विषयमा जानकारी गराउनुभएको थियो । विद्वान् नेपाली सन्त श्यामदास राई पाँचथरमा १९१० सालमा जन्मेर सिक्किममा २००५ सालमा दिवङ्गत हुनुभएको थियो । उहाँले डेढ दर्जनभन्दा बढी पुस्तक संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो भने मौलिक कृतिका रूपमा पनि उहाँका केही कृतिहरू प्रकाशित भएका थिए । 

अनुसन्धान निर्देशक तोकियो

0

शब्दयात्रा प्रकाशनले आफ्नो मुख्य उद्देश्यमध्ये एक उद्देश्य नै अनुसन्धान कार्य भएकाले अनुसन्धान कार्यलाई अगाडि बढाउनका लागि डा. इन्दुल केसीलाई अनुसन्धान निर्देशक तोकेको छ । अनुसन्धान निर्देशकका रूपमा उहाँलाई अनुसन्धानका लागि विषय चयन गरी ती विषयसँग सम्बन्धित अनुसन्धान गर्न योग्य व्यक्तिहरू रहेको आवधिक रूपका विभिन्न अनुसन्धान समिति गठन गर्ने र अनुसन्धान गराउने जिम्मेवारी दिइएको छ ।