Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivitiesभरत जङ्गमको हीरक महोत्सव मङ्सिर १० गते मनाइने

भरत जङ्गमको हीरक महोत्सव मङ्सिर १० गते मनाइने

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य भरत जङ्गम ७५ वर्षको हुनुभएकोमा उहाँको हीरक महोत्सव यही मङ्सिर १० गते काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । यसका लागि महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा २५ सदस्यीय समारोह समिति गठन भएको छ । समितिको सहसंयोजक प्रा. डा. माधव भट्टराई तथा सदस्य सचिव शब्दसारथि हरि मञ्जुश्री हुनुहुन्छ भने सदस्यहरूमा पूर्वमन्त्री दीनबन्धु अर्याल, पूर्वमन्त्री प्रा. डा. कान्ता भट्टराई, प्रदेश सांसद गणेश दुलाल, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, प्रा. डा. देवमणि भट्टराई, प्रा. डा. शैलेन्दुप्रकाश नेपाल, प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ, प्रा. डा. उत्तमकृष्ण कर्माचार्य, प्रा. डा. वीणा पौड्याल, प्रा. डा. बेनी जङ्गम रावल, प्रा. डा. गार्गी शर्मा, डा. सावित्री अर्याल, डा. माधुरी सिंह, हिरण्यकुमारी पाठक, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, टीकाराम अर्याल, राधेश्याम लेकाली, कलाधर काफ्ले, अर्जुन बाँस्तोला, सुरजचन्द्र लामिछाने र अस्मिता भण्डारी रहनुभएको छ । समितिको ७ सदस्यीय सल्लाहकार समतिमा  डा. सत्यमोहन जोशी, प्रा. डा. सुरेशराज शर्मा, प्रा. डा. लोकविक्रम थापा, प्रा. डा. तीर्थराज खनियाँ, प्रा. डा. खगेन्द्र भट्टराई, प्रा. डा. कुलप्रसाद कोइराला र समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापा रहनुभएको छ ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका संंस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नवीन दर्शनका दार्शनिक’ नामक अभिनन्दनग्रन्थ सार्वजनिक गरिनेछ । करिब ९ सय पृष्ठको उक्त अभिनन्दनग्रन्थ हरि मञ्जुश्रीद्वारा सम्पादित ९८ औँ कृति हो । उक्त अभिनन्दनग्रन्थका सामग्री संयोजकहरूमा ज्ञानेन्द्र गदाल (अमेरिका), खगेन्द्र पन्त (बेलायत), क्रन्दन चापागाई (अस्ट्रेलिया), प्रकाश पौडेल (जापान) र देवी पन्थी (विराटनगर) रहनुभएको छ । त्यही समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई महाकाव्यलाई पनि सार्वजनिक गरिनेछन् । सार्वजनिक गरिने महाकाव्यहरूमा शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित महाकाव्यकार नीलकण्ठ भट्टराईद्वारा लिखित ‘भरतांशु’ महाकाव्य र महाकाव्यकार मनिराज जोशीद्वारा लिखित ‘भरत’ महाकाव्य रहेका छन् । समारोहमा शब्दयात्रा प्रकाशन लगायतका दर्जनौँ सङ्घ–संस्थाहरूले भरत जङ्गमलाई सम्मानपत्र समर्पण गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा प्रशासनिक क्षेत्रका निष्कलङ्क व्यक्तिहरूलाई एन्टिकरप्सन एकेडेमीका तर्फबाट सम्मान पनि गरिने भएको छ ।