Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट सम्मान तथा पुस्तक सार्वजनिकीकरण

शब्दयात्रा प्रकाशनबाट सम्मान तथा पुस्तक सार्वजनिकीकरण

शब्दयात्रा प्रकाशनले साहित्यकारद्वय अमर त्यागी र जुनू छेत्रीलाई संयुक्त रूपमा ‘शब्दयात्रा विशेष सम्मान’ द्वारा सम्मानित गरेको छ । शब्दयात्रा प्रकाशनको स्थापना भएको १० वर्ष पुगेको अवसरमा विभिन्न विधाका १० जनालाई विशेष सम्मान समर्पण गर्ने क्रममा अमेरिकाबाट नेपाल आएको अवसर पारी उहाँहरूलाई सम्मान गरिएको हो । काठमाडौँमा आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपबाट नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव जगत् उपाध्याय प्रेक्षित र शब्दयात्रा प्रकाशनका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधानले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व तथा स्वागत भाषण शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अमर त्यागीद्वारा लिखित मुक्तकसङ्ग्रह ‘अमानव’ लाई प्रमुख अतिथि, सभापति र कृतिकारले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दु्ल केसीले सभाविसर्जन, अर्का आजीवन सदस्य पदम दाहालले प्रमुख अतिथिलाई उपहार समर्पण र भक्तपुर सम्पर्क केन्द्रका सदस्य जीवनाथ अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सामग्रीको व्यवस्थापन शब्दयात्रा प्रकाशनका कार्यालय व्यवस्थापक सङ्गीता केसी र दीपक तिमल्सिनाले गर्नुभएको थियो । सम्मानित व्यक्तिहरूको परिचय साहित्यिक पत्रकार चेतनाथ धमलाले र सार्वजनिक गरिएको कृतिमाथिको टिप्पणी समालोचक डा. मधुसूदन गिरीले गर्नुभएको थियो । उक्त समारोहमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य नवीना श्रेष्ठ, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरी, सम्मान व्यवस्थापकद्वय गोपाल पराजुली र कृष्णहरि मैनाली, समाजसेवी चन्द्रबहादुर खड्का, साहित्यकारहरू इन्द्रकुमार श्रेष्ठ सरित्, नगेन्द्रराज रेग्मी, खगेन्द्र बस्याल, जनार्दन अधिकारी धड्कन, पत्रकारहरू ठाकुर बेलबासे, प्रकाश सिलवाल, तुलसी गिरी भावुक आदिको उपस्थिति रहेको थियो ।