शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले आगामी शुक्रबारदेखि पाक्षिक रूपमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार बेलुका ७ बजेदेखि ८ बजेसम्म जुमका माध्यमबाट उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी केन्द्रका संयोजक साधुराम गिरीले गराउनुभएको छ । कार्यक्रमको सञ्चालन पक्ष संयोजक साधुराम गिरीले र प्राविधिक पक्ष सदस्य दीपक तिमल्सिनाले जिम्मा लिनुभएको छ । यही कार्तिक २७ गते बसेको काभ्रेपलान्चोक सम्पर्क केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।