शब्दयात्रा प्रकाशनले आफ्नो मुख्य उद्देश्यमध्ये एक उद्देश्य नै अनुसन्धान कार्य भएकाले अनुसन्धान कार्यलाई अगाडि बढाउनका लागि डा. इन्दुल केसीलाई अनुसन्धान निर्देशक तोकेको छ । अनुसन्धान निर्देशकका रूपमा उहाँलाई अनुसन्धानका लागि विषय चयन गरी ती विषयसँग सम्बन्धित अनुसन्धान गर्न योग्य व्यक्तिहरू रहेको आवधिक रूपका विभिन्न अनुसन्धान समिति गठन गर्ने र अनुसन्धान गराउने जिम्मेवारी दिइएको छ ।