शब्दयात्रा प्रकाशनले सर्लाहीको हरिऔननिवासी शिक्षासेवी तथा लेखक कृष्णप्रसाद भट्टराईद्वारा लिखित पुस्तक ‘विकसित नेपाल सम्पन्न नेपाली’ प्रकाशित गर्ने भएको छ । पुस्तकमा नेपाललाई विकसित र नेपालीलाई सम्पन्न बनाउन कसरी सकिन्छ भन्ने धारणा अभिव्यक्त गरिएको छ । उक्त पुस्तकलाई यही मङ्सिर महिनामा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।