Home Blog Page 109

शिक्षा विषयका अन्वेषकका लागि शब्दयात्रा प्रकाशनमा विद्वत्वृत्ति स्थापना

0

शब्दयात्रा प्रकाशनले भोजपुर जिल्लामा जन्मेर भोजपुर जिल्लाको शैक्षिक क्षेत्रमा र शिक्षा विधामा अनुसन्धान गर्ने अनुसन्धातालाई विद्वत्वृत्ति समर्पण गर्ने भएको छ । विद्वत्वृत्ति हरेक वर्ष समर्पण गर्ने र विद्वत्वृत्ति समर्पण गर्दा १० हजार रुपियाँ, रुद्राक्षको माला र प्रमाणपत्र समर्पण गरिने भएको छ । विद्वत्वृत्तिको नाउँ ‘शब्दयात्रा प्राध्यापक केदारनाथ — लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वत्वृत्ति’ राखिएको छ । विद्वत्वृत्तिको आर्थिक व्यवस्थापन प्राध्यापक केदारनाथ श्रेष्ठले गर्नुभएको छ । त्यसका लागि उहाँले शब्दयात्रा प्रकाशनलाई २ लाख २ हजार २ रुपियाँ र त्यस रकमको ब्याज जम्मा हुने बचत खाता खोल्न १ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । यसका लागि शब्दयात्रा प्रकाशन र प्राध्यापक केदारनाथ श्रेष्ठका बीच गरिएको सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौतापत्रमा आर्थिक व्यवस्थापकका तर्फबाट स्वयं प्राध्यापक केदारनाथ श्रेष्ठले र शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य श्रीमती रश्मि हुमागाईंले हस्ताक्षर गर्नुभएको छ ।

सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष स्थापना

0

शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लामा जन्मेर कुनै पनि क्षेत्रबाट राष्ट्रिय स्तरको योगदान गरेको व्यक्तिलाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कार हरेक वर्ष समर्पण गर्ने र पुरस्कृत गर्दा ५ हजार रुपियाँ, रुद्राक्षको माला र अभिवन्दनापत्र समर्पण गरिने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा प्राध्यापक केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ राखिएको छ । पुरस्कारको आर्थिक व्यवस्थापन गीतकार श्रीमती लीला श्रेष्ठले गर्नुभएको छ । त्यसका लागि उहाँले शब्दयात्रा प्रकाशनलाई १ लाख १ रुपियाँ र त्यस रकमको ब्याज जम्मा हुने बचत खाता खोल्न १ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । पुरस्कार पहिलोपटक २०७८ सालमा नै समर्पण गर्ने गरी उहाँले थप १० हजार रुपियाँ पनि उपलब्ध गराउनुभएको छ । यसका लागि शब्दयात्रा प्रकाशन र श्रीमती लीला श्रेष्ठका बीच गरिएको सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । सम्झौतापत्रमा आर्थिक व्यवस्थापकका तर्फबाट स्वयं श्रीमती लीला श्रेष्ठले र शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य श्रीमती रश्मि हुमागाईंले हस्ताक्षर गर्नुभएको छ ।

‘ठुमरीकी रानी’ लेखसङ्ग्रह सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ६२ औँ कृति ‘ठुमरीकी रानी’ लेखसङ्ग्रहलाई सार्वजनिक गरिएको छ । द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ द्वारा लिखित उक्त लेखसङ्ग्रह उहाँको सातौँ कृति हो । उक्त कृतिलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकारका सुपुत्र तथा पुस्तकका आर्थिक व्यवस्थापक समुन्नत श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । पुस्तक सार्वजनिकीकरण कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । सार्वजनिक गरिएको कृतिको परिचय डा. श्याम भट्टराईले र कृतिकारको परिचय शारदाप्रसाद शर्माले दिनुभएको उक्त कार्यक्रमको शुभारम्भ शिक्षासेवी रामप्रसाद अधिकारीले गर्नुभएको थियो । आजीवन सदस्य डा. इन्दुल केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको समापन कवि तथा पूर्वप्रशासक हरि कोर्कालीले गर्नुभएको थियो । कालिका त्रिपाठी पन्तले कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटा र गायिका सरस्वती सापकोटाले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अतिथिहरूलाई अमृत अधिकारीले रुद्राक्षको माला अर्पण गर्नुभएको उक्त कार्यक्रम यही २०७८ साल मङ्सिर १८ गते शनिबार दिउँसो सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पदम दाहाल, शिव बन्जारा, लोकेन्द्र ढकाल, इ. रोशन अधिकारी, साधुराम गिरी, पुण्यवती घले, दामोदर घिमिरे, चूडाप्रसाद चौलागाई, श्री शर्मा मूर्ख, पुरुषोत्तम हुमागाई, दीपक तिमल्सिना, सङ्गीता केसी, नवराज पराजुली, हर्षनारायण कर्माचार्य आदिको उपस्थिति रहेको थियो ।

J

शब्दसाधक तीर्थको अवलोकन

0

नेपालका प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू एकै ठाउँमा स्थापना गरिएको नेपालको एक मात्र शब्दसाधक तीर्थको अवलोकन गर्न बनेपामा आउने शब्दयात्रीहरूको सङ्ख्या बढ्दै गएको छ । शब्दयात्रा प्रकाशनले स्थापना गरेको उक्त शब्दसाधक तीर्थमा रहेका सालिकहरू हेर्न र सालिकसँग बसेर फोटो खिच्न शनिबारको दिन त्यहाँ धेरै मान्छेहरू पुग्न थालेका छन् । गत मङ्सिर १८ गते शनिबार पनि त्यहाँ भीड लागेको थियो । त्यस दिन शब्दसाधक तीर्थको अवलोकन गर्न आउनेहरूमा नारायणप्रसाद वैद्य, सरस्वती वैद्य, मोहनवरसिंह प्रधान, नन्दिका प्रधान, शेषा कर्माचार्य, सफू श्रेष्ठ, श्रद्धा श्रेष्ठ आदि धेरैजना हुनुहुन्थ्यो ।

शब्दयात्रा पुस्तकालयलाई पुस्तक उपहार

0

शब्दयात्रा प्रकाशन पुस्तकालयलाई कवि हरिप्रसाद चौलागाईं, आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई र साहित्यकार तथा समालोचक डा. श्याम भट्टराईले केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको छ । प्रदान गरिएका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको थियो ।

लक्ष्मी बडाललाई मातृशोक

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लक्ष्मी बडाललाई मातृशोक परेको छ । उहाँकी माता देवकुमारी पोखरेलको केही दिनअघि देहावसान भएको थियो । शब्दयात्रा प्रकाशन परिवार लक्ष्मी बडाल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै गतात्माको मोक्षप्राप्तिका लागि भगवानसँग प्रार्थना गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार

आजीवन सदस्यता ग्रहण

0

शिक्षासेवी प्राध्यापक केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । भोजपुरमा जन्मेर लामो समयसम्म प्राध्यापन गर्नुभएका प्रा. केदारनाथ श्रेष्ठ हाल पेप्सिकोला काठमाडौँमा अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट उहाँले आजीवन सदस्यता ग्रहण गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनबाट कदरपत्र प्रदान

0
शब्दयात्रा प्रकाशनले शब्दयात्रा किरीट र शब्दयात्रा पट्टका शिल्पी शिव परियारलाई कदरपत्र प्रदान गरेको छ । उहाँलाई शब्दयात्रा प्रकाशनका तर्फबाट आजीवन सदस्य डा. भास्कर हुमागाईंले कदरपत्र प्रदान गर्नुभएको हो । शब्दयात्रा प्रकाशनको स्थापनाकालदेखि नै यस संस्थाले गर्ने सम्मान समर्पण कार्यक्रमका लागि शब्दयात्रा किरीट र पुरस्कार समर्पण कार्यक्रमका लागि शब्दयात्रा पट्ट कलात्मक तरिकाले तयार पारिदिएर यस संस्थाको राष्ट्रिय गरिमा बृद्धि गर्नमा शिव परियारले गर्नुभएको सहयोगको कदरस्वरूप उहाँलाई सुस्वास्थ्य, सिर्जनशीलता तथा सक्रिय दीर्घजीवनको कामनाका साथ कदरपत्र प्रदान गरिएको हो ।

शब्दसञ्चारः मंसिर १४, २०७८

0
  1. Episode 78 – Shabda Sanchar 26:58

शब्दसंवाद’ मा शिव बन्जारा

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले सञ्चालन गर्न प्रारम्भ गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको पहिलो शृङ्खलामा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले योगका विषयमा प्रवचन गर्नुभएको छ । कार्यक्रमको सञ्चालन सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो ।