Activities

शब्दयात्राबाट सिफारिस आह्वान 

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७३ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ कारणसहित आगामी वैशाख १५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन शब्दयात्रा प्रकाशनले सबैमा अनुरोध गरेको छ । जेठ महिनाको दोस्रा साता समर्पण गरिने प्रशासनिक महिला…

Activities

शब्दयात्राको ‘चिन्ताकुल’ सार्वजनिक 

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ५९ औँ पुस्तक ‘चिन्ताकुल’ लाई चैत ५ गते बनेपामा आयोजित समारोहमा सार्वजनिक गरियो । प्रमुख अतिथिका रूपबाट एसएसपी रमेश खरेल र साहित्यिक पत्रकार मोहन दुवालले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका थिए । बनेपाली प्रतिभा त्रिकालदर्शी भैलद्वारा लिखित पहिलो पुस्तक ‘चिन्ताकुल’ मा…

Activities

दैनिक ५ रुपियाँ ५५ पैसा 

नेपालभूमि साप्ताहिकका स्तम्भकार दामोदर घिमिरेले शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित नेपाली लेखक–पत्रकारहरूको आर्थिक सहयोगार्थ सञ्चालित अक्षरसेवी सहयोग कोषलाई गत माघ १ गतेदेखि लागू हुने गरी नियमित रूपमा दैनिक ५ रुपियाँ ५५ पैसाका दरले आर्थिक सहयोग गरिरहने घोषणा गरेका छन् । घोषणा गरेलगत्तै उनले ५०० रुपियाँ पनि उपलब्ध…

Activities

शब्दयात्राबाट सम्मानित कोशराज रेग्मीको निधन 

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ बाट २०७२ सालका लागि गत फागुन २५ गते सम्मानित अग्रज पत्रकार कोशराज रेग्मीको गत चैत ४ गते विराटनगरमा निधन भएको छ । उनी झर्रोवादी आन्दोलनका प्रवर्तकमध्ये एक थिए । शब्दयात्रा प्रकाशन कोशराज रेग्मीको आत्मशान्तिको कामना गर्दै शोकविह्वल परिवारजनप्रति…

Activities

एकै समारोहमा तीन कार्यक्रम 

शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७२ साल फागुन २५ गते मङ्गलबार अग्रज साहित्यकार तथा समाजसेवी कमलराज रेग्मीको प्रमुख आतिथ्यमा बनेपास्थित के. एन. ब्यान्क्वेटमा विशेष समारोह सम्पन्न भयो । प्रमुख अतिथिको स्वास्थ्यस्थिति अचानक खराब हुन गएकाले अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठ कार्यवाहक प्रमुख अतिथि हुनुभएको उक्त समारोहमा नैपालका…

Activities

चार सम्मान समर्पण 

सम्मान समर्पण कार्यक्रमअन्तर्गत २०७२ सालको फागुन महिनामा शब्दयात्रा प्रकाशनद्वारा समर्पण गरिने विभिन्न चार विधाका सम्मानहरू २०७२ सालका लागि त्यसै दिन समर्पण गरियो । कार्यक्रममा नेपालमा विज्ञान–प्रविधिको विकास गर्न विभिन्न कार्यक्रमहरू गर्ने क्रममा शिक्षा र गणित विधामा अन्वेषणात्मक पुस्तकहरू लेखेर त्यसलाई विज्ञान–प्रविधिको विकासका लागि उपयोग गराउन…

Activities

छ पुस्तक सार्वजनिक 

पुस्तकको सार्वजनिकीकरण कार्यक्रमअन्तर्गत माटो (पोष चापागाईंको नियात्रासङ्ग्रह), सुशील कोइराला अरूको दृष्टिमा (हरि मञ्जुश्रीद्वारा सम्पादित कृति), नेपाल कम्पन (नवीना श्रेष्ठको लघुकाव्य), नेपाल माहात्म्य (ओतबहादुर खड्काद्वारा अनूदित कृति), मुरहरि रायमाझीका गजलहरू (मुरहरि रायमाझीको गजलसङ्ग्रह) र ‘नेपालभूमि’ को वार्षिक अङ्क (प्र. सं. रामचन्द्र हुमागाईं, सं. सुमन खड्का) लाई…

Activities

वेभसाइट शुभारम्भ 

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा प्रकाशनको वेभसाइट www.sypublication.com.np को शुभारम्भ गरियोे । शब्दयात्रा प्रकाशनका हरेक गतिविधिहरू अब वेभसाइटमा पनि पढ्न पाइने भएको छ । यसै गरी नेपाली सर्जकहरूको अन्तर्राष्ट्रिय सन्जाल विस्तार गर्नका लागि हरेक सर्जकको छुट्टाछुट्टै ब्लग निर्माण गर्न थालिएको जानकारी पनि दिइयो । वेभसाइट र ब्लगको प्रयोग…

Activities

घुम्ती पुस्तक पसल उद्घाटन 

विविध कार्यक्रमअन्तर्गत शब्दयात्रा घुम्ती पुस्तक पसलको उद्घाटन गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित र शब्दयात्रा प्रकाशनसँग सम्बद्ध सर्जकहरूका सिर्जनाहरू बिक्री–वितरण गर्नका लागि उक्त घुम्ती पुस्तक सञ्चालन गर्न थालिएको हो । पुस्तक पसल सञ्चालन गर्ने जिम्मा जगन्नाथ दाहाललाई दिइएको छ । काभ्रे जिल्लामा घुम्ती पुस्तक पसलको शुभारम्भ…

Activities

लेखकहरूलाई स्मृतिचिह्न प्रदान 

‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) मा २०७१ फागुनदेखि २०७२ फागुनसम्मको १ वर्षभित्र १० वटाभन्दा बढी लेखरचनाहरू उपलब्ध गराउने लेखकहरूलाई उक्त समारोहमा स्मृतिचिह्न अर्पण गरियो । त्यस्ता लेखकहरूमा डा. सुरेशराज शर्मा, डा. गोपाल शिवाकोटी, पोष चापागाईं, गोपाल पराजुली, मुकुन्दप्रसाद उपाध्याय, अनुपम ढुङ्गेल, सेनन पौडेल, कृष्णविनोद शर्मा,…

Shabdayatra Prakashan @ 2022