शब्दयात्रा प्रकाशनबाट आगामी असोज १२ गते विभिन्न ६ वटा पुस्तकलाई सार्वजनिक गरिने भएको छ । सार्वजनिक हुने पुस्तकहरूमा दामोदर घिमिरेद्वारा सम्पादित ‘पुष्प सौगात’, प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘मन’, जगन्नाथ गिरीद्वारा सङ्कलित ‘सम्झना बुबाको’, केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’, सहदीप पलान्चोकेद्वारा सम्पादित ‘धनेश्वर भजनमाला’ र टेकलाल भारतीद्वारा लिखित ‘स्वार्थी मान्छे’ हुनेछन् ।
काभ्रे जिल्लाको बनेपामा रहेको होटल सत्यम्मा आयोजना गरिने उक्त कार्यक्रममा विभिन्न ६ विधाका सम्मानहरू पनि समर्पण गरिनेछन् ।