Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
Homepublications२२२. तीस कथा

२२२. तीस कथा

केदारनाथ तिमल्सिनाको ‘तीस कथा’ भित्रका कथाहरू धार्मिक र आध्यात्मिक क्षेत्रका नीतिकथाहरू हुन् । विभिन्न ग्रन्थहरूमा आएका शिक्षाप्रद दृष्टान्तहरूलाई कथाकारले यसमा आफ्नै तरिकाले कथाको स्वरूप दिनुभएको छ । ती कथाहरूले के शिक्षा दिन्छन् भन्ने कुरा पनि कथाभित्रै उहाँले उल्लेख गर्नुभएको छ । किशोर र युवा वयका पाठकका लागि उपयोगी हुने यसभित्रका कथाहरूले समाजलाई जीवनोपयोगी शिक्षा दिएका छन् । पाठकमा नैतिकता, मानवता र सामाजिकताको भावना अभिबृद्धि गराउन यस सङ्ग्रहले सघाउनेछ । मानवीय मूल्य–मान्यतामा ह्रास आइरहेको वर्तमान अवस्थामा यस किसिमका पुस्तकहरूको लेखन तथा प्रकाशन विशेष आवश्यकता बनेको छ । त्यस्तो आवश्यकताको पूर्ति यस पुस्तकले केही हदसम्म भए पनि गर्ने प्रयास गरेको छ ।