Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
Homepublications२८२. जीवनचक्र

२८२. जीवनचक्र

प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित प्रस्तुत पुस्तक ‘जीवनचक्र’ सामाजिक विषयवस्तुमा आधारित कथाहरूको सङ्ग्रह हो । यस कथासङ्ग्रहमा निम्नमध्यवित्तीय परिवारको ग्रामीण जनजीवन र मनोभावना केलाइएको छ । गाउँबाट बिस्तारै विकसित बन्दै शहरको आकार र संस्कार लिन लागेको नेवार बस्ती यस सङ्ग्रहका कथाहरूको पृष्ठभूमिमा देखिन्छ । त्यही पृष्ठभूमिभित्र विभिन्न सोचका पात्रपात्राहरू आआफ्ना भूमिका लिएर कथामा उपस्थित भएका छन् र कथालाई सन्देशमूलक बनाउन खोजेका छन् । हरेक कथाले समाजको मनोविज्ञान र संस्कृति बोकेको छ, अनि त्यस्तो मनोविज्ञानलाई परिष्कार र संस्कृतिलाई समयानुकूल परिमार्जन गर्दै समाजलाई उन्नत र सबल बनाउन सकिने सन्देश प्रवाहित गरेको छ । यही नै यस कथासङ्ग्रहभित्र रहेका सोह्रवटा कथाले दिन खोजेको मूल सारवस्तु हो ।