Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
Homepublications१९५. श्रीकृष्णचरणामृत

१९५. श्रीकृष्णचरणामृत

‘श्रीकृष्णचरणामृत’ महाकाव्यकार यज्ञप्रसाद उपाध्याय त्रिपाठीको चौथो महाकाव्य हो । यसमा प्रथम सर्गदेखि अष्टदश सर्गसम्मका १८ सर्ग छन् । प्रथम सर्गमा १०० श्लोक, द्वितीयदेखि सप्तदश सर्गसम्ममा १०८ — १०८ श्लोक, अष्टदश सर्गमा १२८ श्लोक छन् भने १८ वटै सर्गको अन्त्यमा श्लोकसङ्ख्या नदिई १–१ श्लोक राखिएका छन् । यसरी यस महाकाव्यमा कूल १९७४ श्लोक छन् । प्रतिभालाई प्रोत्साहन गर्ने ध्येयले गर्दा यस महाकाव्यमा प्रयुक्त भाषा–व्याकरण र छन्द–लयप्रति शब्दयात्रा प्रकाशन तटस्थ बनेको छ ।