Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivities‘शब्दसंवाद’ मा रामप्रसाद अधिकारी

‘शब्दसंवाद’ मा रामप्रसाद अधिकारी

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रमको तेइसौँ शृङ्खलामा काभ्रे जिल्लाका अग्रज शिक्षासेवी रामप्रसाद अधिकारी प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले आफ्नो जीवनयात्रा, शैक्षिक यात्रा, शिक्षकहरूको कर्तव्य र परिवर्तित सन्दर्भमा नेपालले अँगाल्नुपर्ने शैक्षिक कार्यक्रमका विषयमा मन्तव्य राख्नुभएको थियो । उहाँको मन्तव्यपछि हरिश्चन्द्र घिमिरे र मच्छेश्वर सापकोटाले थप टिप्पणी गर्नुभएको थियो । रामप्रसाद अधिकारीको मन्तव्यको सारसङ्क्षेप यसै अङ्कको ‘शब्दसंवादभूमि’ स्तम्भमा प्रकाशित छ ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७४ साल असार ३० गते शुक्रबार अपराह्न ४ बजेदेखि प्रारम्भ भएको उक्त कार्यक्रममा सभापतिका रूपबाट शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले काभ्रे जिल्लाको शिक्षाक्षेत्रमा पुस्तकालयले पनि योगदान पु¥याएको, २०१७ सालसम्म काभ्रे जिल्लामा ३६ वटा सार्वजनिक पुस्तकालय भएकोमा अहिले घट्तै गएको तथा भाषा पाठशालाको र मित्रप्रसाद वाग्लेजस्ता शैक्षिक तपस्वीहरूको इतिहास खोज्नुपर्ने कुरा बताउनुभयो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नानु कुइँकेल, गीता मञ्जुश्री, अम्बिका धिताल, ओतबहादुर खड्का, पूर्णबहादुर कर्माचार्य, शिव बन्जारा, श्री शर्मा मूर्ख, अक्रुर शाह, फणीन्द्रराज अधिकारी, रामहरि न्यौपाने, सरस्वती सापकोटा, विष्णुहरि तिमल्सिना, सहदीप पलाञ्चोके, उद्धवप्रसाद नेपाल, शकुन्तला बन्जारा, हरिप्रसाद चौलागाईं, दीक्षा घिमिरे आदिको सहभागिता रहेको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको आगामी शृङ्खलामा प्रमुख वक्ताका रूपमा सहदीप पलाञ्चोके प्रस्तुत हुने जानकारी शारदाप्रसाद शर्माले गराउनुभएको थियो ।