Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesनारी स्रष्टा समाजमा भानुको चर्चा

नारी स्रष्टा समाजमा भानुको चर्चा

शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजले भानुजयन्तीको सन्दर्भ पारी गत २०७४ साल असार ३० गते शुक्रबार ‘भानुसाहित्यमा नारीको स्थान’ विषयक विमर्श कार्यक्रमको आयोजना ग¥यो । ‘सिर्जनशीलता प्रवद्र्धन कार्यक्रम’ को पहिलो शृङ्लाका रूपमा आयोजित उक्त कार्यक्रममा जातीय कवि भानुभक्त आचार्यको साहित्यमा नारी जातिको स्थानका विषयमा साहित्यकार हरि मञ्जुश्रीले मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले भानुभक्तलाई सम्झनेहरूले भानुभक्तकै समकालीन काभ्रेली कवि वसन्त शर्मा ढकालले नेपाली भाषाको पहिलो खण्डकाव्य ‘श्रीकृष्णचरित्र’ लेखेकाले उनलाई पनि सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा शारदाप्रसाद शर्मा, पदमनाथ ढुङ्गाना, ओतबहादुर खड्का, फणीन्द्रराज अधिकारी र शिवप्रसाद बन्जाराले भानुभक्तका केही कवितांशहरू र अम्बिका धिताल, गीता मञ्जुश्री र अक्रुर शाहले आआफ्ना मौलिक कविताहरू वाचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले जुवारी गीत गाउनुभएको थियो । कार्यक्रम चण्डिका वाग्लेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन भवानी पाण्डेले गर्नुभएको थियो ।