शब्दयात्रा प्रकाशन नारी स्रष्टा समाजले भानुजयन्तीको सन्दर्भ पारी गत २०७४ साल असार ३० गते शुक्रबार ‘भानुसाहित्यमा नारीको स्थान’ विषयक विमर्श कार्यक्रमको आयोजना ग¥यो । ‘सिर्जनशीलता प्रवद्र्धन कार्यक्रम’ को पहिलो शृङ्लाका रूपमा आयोजित उक्त कार्यक्रममा जातीय कवि भानुभक्त आचार्यको साहित्यमा नारी जातिको स्थानका विषयमा साहित्यकार हरि मञ्जुश्रीले मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले भानुभक्तलाई सम्झनेहरूले भानुभक्तकै समकालीन काभ्रेली कवि वसन्त शर्मा ढकालले नेपाली भाषाको पहिलो खण्डकाव्य ‘श्रीकृष्णचरित्र’ लेखेकाले उनलाई पनि सम्मान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा शारदाप्रसाद शर्मा, पदमनाथ ढुङ्गाना, ओतबहादुर खड्का, फणीन्द्रराज अधिकारी र शिवप्रसाद बन्जाराले भानुभक्तका केही कवितांशहरू र अम्बिका धिताल, गीता मञ्जुश्री र अक्रुर शाहले आआफ्ना मौलिक कविताहरू वाचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले जुवारी गीत गाउनुभएको थियो । कार्यक्रम चण्डिका वाग्लेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन भवानी पाण्डेले गर्नुभएको थियो ।