Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivitiesचार पुस्तक सार्वजनिक

चार पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको आयोजनामा आज साउन ९ गते शनिबार चारवटा पुस्तकलाई सार्वजनिक गरियो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न आजको कार्यक्रममा डा. भानु थपलियाद्वरा लिखित ‘वैज्ञानिक मानववाद’ तथा प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘चिन्तनधारा’ (लेखसङ्ग्रह), ‘जीवनचक्र’ (कथासङ्ग्रह) र ‘जीवन घःचा’ (नेपाल भाषाको कथासङ्ग्रह) लाई सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा पत्रकार तीर्थ कोइराला तथा साहित्यकारद्वय डा. इन्दुल केसी र पशुपतिमान पःमाले टिप्पणी गर्नुभएको थियो भने समालोचक प्रा. डा. कृष्णप्रसाद दाहाल र शिक्षासेवी रामप्रसाद अधिकारीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन सञ्चारकर्मी तथा साहित्यकार प्रकाशप्रसाद उपाध्यायले र सञ्चालन कवयित्री कालिका त्रिपाठी पन्तले गर्नुभएको आजको कार्यक्रमको सभापतित्व हरिगोपाल प्रधानले गर्नुभएको थियो । चारैवटा पुस्तक शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका हुन् । यीसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकको सङ्ख्या २८३ पुगेको छ ।