Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesविवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । विवश पोखरेलले साहित्यका कविता, कथा, व्यङ्ग्यनिबन्ध, बालकविता आदि विधामा कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको छ । उहाँले विभिन्न स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन पनि गर्नुभएको छ । सन्ध्या पहाडीले साहित्यको विशेषतः कविता विधामा कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको छ । उहाँले विभिन्न पत्रिकाहरू र बुलेटिनको सम्पादन पनि गर्नुभएको छ । उहाँहरूका यिनै योगदानका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अमर त्यागीले आफ्ना पिता रणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको स्मृति र सम्मानमा गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन विवश पोखरेल र सन्ध्या पहाडीप्रति हार्दिक आभार प्रकट गर्दछ ।