Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivities‘शब्दसंवाद’ मा प्रतिलिपि अधिकार

‘शब्दसंवाद’ मा प्रतिलिपि अधिकार

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ९८ औँ शृङ्खलामा प्रतिलिपि अधिकारसम्बन्धी विषयलाई प्रवेश गराइएको छ । उक्त कार्यक्रम गत २०७६ साल भदौ २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको थियो । लेखक चूडाप्रसाद चौलागाईंको सभापतित्व र लेखक दामोदर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले बौद्धिक चोरी र प्रतिलिपि अधिकारसम्बन्धी नेपालको कानुनी व्यवस्था तथा बर्न महासन्धिका बारेमा जानकारी गराउनुभएको थियो । त्यसपछि त्यस विषयमा लेखक प्रकाश उज्ज्वल बनेपा, कवि पदम दाहाल, कवि डा. इन्दुल केसी, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा र सङ्गीतकर्मी मच्छेश्वर सापकोटाले टिप्पणी गर्दै नेपाली समाजमा बौद्धिक चोरी र प्रतिलिपि अधिकारका सम्बन्धमा भएका गतिविधिहरूका बारेमा बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा सङ्गीता केसी, ज्यो. पं. रमेश अधिकारी, सहदीप पलान्चोके, चन्द्रमान सुवाल, केदानाथ तिमल्सिना, नवराज पराजुली, श्री शर्मा मूर्ख आदिको पनि उपस्थिति रहेको थियो ।