शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको पुस्तकालयलाई शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले र पूर्णबहादुर कार्कीले १ सय ८५ थान पुस्तकहरू प्रदान गर्नुभएको छ ।
उहाँहरूले संयुक्त रूपमा प्रदान गर्नुभएका ती पुस्तकहरू पुस्तकालयका तर्फबाट शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य कृष्णमणि कुइँकेलले ग्रहण गर्नुभएको थियो ।