शब्दयात्रा प्रकाशनले टेकलाल भारती ‘आदर्श’ द्वारा लिखित उपन्यास ‘भग्नावशेष’ प्रकाशन गर्ने भएको छ । यसअघि उनका दुई पुस्तक ‘हराएको भाले’ (कथासङ्ग्रह) २०७१ सालमा र ‘मिहिनेतको रमझम’ (निबन्धसङ्ग्रह) २०७२ सालमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका थिए ।
शब्दयात्रा लेखक समाजसँग आबद्ध टेकलाल भारती ‘आदर्श’ को यो उपन्यास उनको चौथो पुस्तक हो । उनको पहिलो पुस्तक ‘धर्तीमाताको आँसु’ (कवितासङ्ग्रह) २०७० सालमा प्रकाशित भएको थियो ।