Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesपत्रकारिता छात्रवृत्ति सुजाता तिमल्सिनालाई प्रदान गरिने

पत्रकारिता छात्रवृत्ति सुजाता तिमल्सिनालाई प्रदान गरिने

शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्रा सुजाता तिमल्सिनालाई प्रदान गर्ने भएको छ । काभ्रे बहुमुखी क्याम्पसबाट प्राप्त भएको सिफारिसका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गरिने भएको हो । छात्रवृत्तिको रकम १० हजार रुपियाँ रहेको छ ।
काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय अध्ययन गर्ने यसै जिल्लावासी गरिब तथा जेहेन्दार एक छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष १० हजार रुपियाँ राशीको पत्रकारिता छात्रवृत्ति प्रदान गर्दै आएको छ । लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले दिवङ्गत धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा राखेको अक्षयकोषको ब्याजबाट उक्त छात्रवृत्ति प्रदान गर्ने गरिएको हो ।