शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामका विषयमा एउटा विशेष कार्यक्रममा प्रवचन गरिएको छ । कीर्तिपुरमा अवस्थित भागवत धामले जुमद्वारा सञ्चालन गरेको आध्यात्मिक कार्यक्रममा अग्रज अक्षरसेवी भरत जङ्गमले शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामका विषयमा करिब आधा घन्टा प्रवचन गर्नुभएको हो । प्रवचनका क्रममा उहाँले शब्दसाधक तीर्थ र नीलकण्ठेश्वर धामलाई एकपटक अवलोकन गर्नैपर्ने ठाउँका रूपमा चित्रण गर्नुभएको थियो ।
त्यस कार्यक्रममा आध्यात्मिक क्षेत्रका विभिन्न गुरुहरू, लेखक, पत्रकार, ज्योतिष, प्रवाचक आदिको उपस्थिति रहेको थियो ।