शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र र कुतः प्रकाशन भक्तपुरको संयुक्त आयोजनामा आगामी फागुन ८ गते शनिबार दिउँसो भक्तपुरको वाराही पीठमा अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ ।
नवीना श्रेष्ठद्वारा सङ्गलित तथा अनूदित र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ एवं पशुपतिमान पःमाँद्वारा लिखित तथा सम्पादित र कुतः प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ का विषयमा उक्त कार्यक्रममा अन्तक्र्रिया गर्न लागिएको हो ।