डा. इन्दुल केसीको चौथो आयाम

शब्दयात्रा प्रकाशनका पाठकहरूका लागि डा. इन्दुल केसी प्रिय र पारिवारिक व्यक्तित्वजस्तै हुनुहुन्छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँका विषयमा ‘डा. इन्दुल केसीको चौथो आयाम’ पुस्तकको सम्पादन गर्नुभएको हो । यस पुस्तकमा समाविष्ट सत्रजना लेखक–संस्मरणकारहरूमध्ये तीनजना अनिल वाग्ले, डा. गोविन्दशरण उपाध्याय र डा. सत्यमोहन जोशीबाहेक अरूचाहिँ शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा जोडिएका व्यक्तित्व पर्नुभएको छ ।