Home Blog Page 52

डा. बलराम उपाध्याय रेग्मी आजीवन सदस्य

0
पोखरानिवासी प्रा. डा. बलराम उपाध्याय रेग्मी शब्दयात्रा प्रकाशनको ४७ औँ आजीवन सदस्य बन्नुभएको छ । उहाँ ज्योतिषशिरोमणि, ज्योतिष भविष्यवाणी मिडिया प्रा. लि. का संस्थापक अध्यक्ष, ‘ज्योतिष भविष्यवाणी’ राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक, ज्योतिष वैज्ञानिक चिकित्सक, गणेश वैज्ञानिक चिकित्सक, रेडियो कार्यक्रम प्रस्तोता, अधिवक्ता तथा प्राध्यापक हुनुहुन्छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

पुस्तक दिने दाताहरू

0
शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २०७९ सालमा १ हजारभन्दा बढी सङ्ख्यामा विभिन्न पुस्तकहरू उपहारस्वरूप प्राप्त भएछन् । पुस्तक दिने दाताहरू अच्युत अधिकारी, इन्दु पन्त, प्रा. डा. कुलप्रसाद कोइराला, गरुडध्वज बस्नेत, गायत्रीकुमार चापागाई, गीता अधिकारी, छायादत्त न्यौपाने बगर, जीवनाथ अधिकारी, ढुण्डीराज पोखरेल, तिलकप्रकाश कायस्थ, पदम दाहाल, पीताम्बर अधिकारी, पोष चापागाई, भक्ति दाहाल, माधव काफ्ले, रामसुन्दर देउजा, डा. विप्लव ढकाल, विष्णु ओली, डा. शालिग्राम शर्मा, डा. शास्त्रदत्त पन्त, शेषराज सिवाकोटी, हरिगोपाल प्रधान, हरिप्रसाद चौलागाई आदि हुनुहुँदो रहेछ ।

हामीलाई गौरवान्वित बनाउनेहरू

0

शब्दयात्रा प्रकाशनबाट गत वर्ष समर्पित सम्मान ग्रहण गरेर हामीलाई गौरवान्वित बनाउनेहरू — (१) महिला प्रतिभा सम्मान शान्ता मानवी (२) आमसञ्चार सम्मान चूडामणि रेग्मी (३) राष्ट्रझङ्कार सम्मान डा. शास्त्रदत्त पन्त (४) समालोचना सम्मान डा. रामदयाल राकेश (५) शिक्षा सम्मान प्रा. डा. उत्तमकृष्ण कर्माचार्य (६) अनुसन्धान सम्मान प्रा. डा. कुलप्रसाद कोइराला (७) सिर्जना सम्मान शैलेन्द्र साकार (८) बालसाहित्य सम्मान विजय चालिसे (९) विज्ञान–प्रविधि सम्मान प्रदीप उपाध्याय (१०) कविता–काव्य सम्मान मनिराज जोशी (११) सामाजिक जागरण सम्मान दुर्गा घिमिरे (१२) शिक्षक सम्मान प्रा. केदारनाथ श्रेष्ठ (१३) स्तम्भकार सम्मान चन्द्रमणि गौतम (१४) साहित्यिक पत्रिका सम्मान ज्ञानगुनका कुरा (१५) प्रशासनिक महिला प्रतिभा सम्मान लक्ष्मी खतिवडा (१६) आयुर्वेद सम्मान विश्वनाथ कर्माचार्य (१७) नन्दिकेश्वर अधिकारी शोध सम्मान शारदाप्रसाद शर्मा (१८) आध्यात्मिक पत्रकारिता सम्मान उद्धवप्रसाद भट्टराई (१९) फोटो पत्रकारिता सम्मान मीनरत्न बज्राचार्य (२०) दानशीलता सम्मान देवीमाया खड्का ।

कदरपत्र, छात्रवृत्ति र विद्वतवृत्ति ग्रहण गर्नेहरू

0
गत वर्ष अर्थात् २०७९ सालमा शब्दयात्रा प्रकाशनबाट कदरपत्र ग्रहण गर्ने काभ्रेली पत्रकारहरू — रेडियो पत्रकार शिवप्रसाद बन्जारा, छापा तथा अनलाइन पत्रकार भीम गौतम, फोटो पत्रकार प्रशान्त श्रेष्ठ । शब्दयात्रा प्रकाशनबाट २०७९ सालमा छात्रवृत्ति ग्रहण गर्नेहरू — शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति सुम्निमा मगर (काभ्रेपलान्चोक), शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति रामकुमार दाहाल (सङ्खुवासभा) । शब्दयात्रा प्रा. केदारनाथ–लीलादेवी श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति ग्रहण गर्ने लालकुमार तामाङ (भोजपुर) ।

पुरस्कार ग्रहण गर्नेहरू

0

शब्दयात्रा प्रकाशनबाट समर्पित २०७९ सालको पुरस्कार ग्रहण गर्नेहरू — (१) भोजपुर प्रतिभा पुरस्कार पं. पुरुषोत्तम भट्टराई (२) रौतहट प्रतिभा पुरस्कार माधव काफ्ले (३) सङ्खुवासभा प्रतिभा पुरस्कार पदमप्रसाद पौडेल (४) काभ्रेपलान्चोक प्रतिभा पुरस्कार ओतबहादुर खड्का (५) भक्तपुर प्रतिभा पुरस्कार पशुपतिमान पःमाँ (६) सिन्धुली प्रतिभा पुरस्कार विश्वम्भर लामिछाने (७) रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार विमला अधिकारी देवकोटा (८) कर्मशीलता पुरस्कार कृष्णमणि कुइकेल (९) दूरदृष्टि नेतृत्व पुरस्कार कल्पना भट्ट ।

शारदा घिमिरे भैल आजीवन सदस्य

0

कवयित्री शारदा घिमिरे भैलले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवारको ४५ औँ आजीवन सदस्य बन्नुभएकोमा कवयित्री शारदा घिमिरे भैलप्रति परिवारका अन्य सदस्यहरू हार्दिक आभार व्यक्त गर्दछौँ ।

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण

0

शब्दयात्रा प्रकाशनले २०८० सालको पहिलो चरणका सम्मानहरू समर्पण गरेको छ । त्यसै कार्यक्रममा केही पुस्तकहरू सार्वजनिक पनि गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लेखक तथा पूर्वमन्त्री नवराज सुवेदी हुनुहुन्थ्यो । उहाँको शारीरिक अस्वस्थताका कारणले उहाँको प्रतिनिधिका रूपमा आख्यानकार भरत जङ्गम उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सभापतित्व प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा बमकुमारी बुढामगर, प्रा. डा. पन्ना थापा, प्रा. सुवास केसी, वेदकुमारी न्यौपाने, डा. श्याम भट्टराई र षडानन्द गुरुकुल वेद विद्याश्रमलाई सम्मान गरिएको थियो भने भरत जङ्गम र सम्मानित व्यक्तिहरूले प्रा. रामकुमार पाँडे र गायत्रीकुमार चापागाईंद्वारा लिखित पुस्तकहरू सार्वजनिक गर्नुभएको थियो । चयन समितिका संयोजक शारदा घिमिरे भैलले सम्मानित व्यक्तित्वको विशेषताका बारेमा र कवि तथा समीक्षक पदम दाहालले सार्वजनिक गरिएका कृतिहरूका बारेमा जानकारी गराउनुभएको थियो । सम्मानित व्यक्तित्व बमकुमारी बुढामगर, प्रा. डा. पन्ना थापा, प्रा. सुवास केसी, वेदकुमारी न्यौपाने, डा. श्याम भट्टराई र षडानन्द गुरुकुल वेद विद्याश्रमका तर्फबाट दण्डपाणि अधिकारीलाई केदारनाथ श्रेष्ठले माला, कालिका त्रिपाठी पन्त र शारदा घिमिरे भैलले उपहार, गीता अधिकारी, सहदेव श्रेष्ठ र आनन्दराज श्रेष्ठले भेटी रकम तथा भरत जङ्गमले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
इ. रोशन मञ्जुश्री अधिकारीबाट कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन, आख्यानकार नितिन मिश्रले उपलब्ध गराउनुभएको ‘म र म’ पुस्तक दामोदर घिमिरेबाट चयन समितिका सदस्यहरूलाई समर्पण र पूर्णबहादुर कर्माचार्यबाट कार्यक्रमको समीक्षासहित सभाविसर्जन गरिएको उक्त कार्यक्रममा लीलादेवी श्रेष्ठले कार्यक्रमको समुद्घाटन, कृष्णमणि कुइकेलले स्वागत भाषण, सकुल थापा र शारदाप्रसाद शर्माले सामग्री व्यवस्थापन, पुण्यवती घलेले अतिथि र सम्मानित व्यक्तित्व तथा कृतिकारलाई रुद्राक्षमाला अर्पण गर्नुभएको थियो ।
सहदीप पलान्चोकेले उपस्थित महानुभावहरूको उपस्थिति गराउनुभएको उक्त कार्यक्रममा नन्दिकेश्वर अधिकारी, हंसराज श्रेष्ठ र रामकृष्ण श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो भने कार्यालय व्यवस्थापक सङ्गीता केसीकी माता दामोदरी आचार्य केसीको निधनमा उहाँको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सार्वजनिक गरिएका पुस्तकहरूका अतिरिक्त अन्य पुस्तकहरू पनि कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क प्रदान गरिएको थियो ।

आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण

0

हालसालै मात्र शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएका लेखक तथा पूर्वप्रशासक शङ्कर मानन्धर, लेखक तथा पूर्वन्यायाधीश मोहनमणि दाहाल र लेखक तथा पूर्वप्रशासक जयनारायण नेपालले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । हिजो आयोजित कार्यक्रममा उहाँहरू तीनैजनालाई कार्यक्रमका सभापति प्रा. केदारनाथ श्रेष्ठले आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । उहाँहरूसमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४४ पुगेको छ ।

तीन पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तीनवटा पुस्तक हिजो सार्वजनिक गरिएका छन् । प्रा. रामकुमार पाँडेद्वारा लिखित ‘कथाकुथुङ्ग्री’ नामक लघुकथासङ्ग्रहलाई भरत जङ्गम र बमकुमारी बुढामगरले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । यसै गरी गायत्रीकुमार चापागाईंद्वारा लिखित दुई पुस्तकमध्ये ‘कुसुमाक्षर’ नामक छन्दोबद्ध कवितासङ्ग्रहलाई प्रा. डा. पन्ना थापा र प्रा. सुवास केसीले तथा ‘अग्रजले कोरेको गोरेटोमा हिँड्दा’ नामक संस्मरणात्मक निबन्धसङ्ग्रहलाई वेदकुमारी न्यौपाने र डा. श्याम भट्टराईले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । तीनैवटा पुस्तकका विषयमा कवि तथा समीक्षक पदम दाहालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

छ विधाका सम्मान समर्पण

0

शब्दयात्रा प्रकाशनले २०८० सालमा समर्पण गरिने सम्मानहरूमध्ये पहिलो चरणमा छ विधाका सम्मानहरू समर्पण गरेको छ ।
सामाजिक अभियन्ताका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना विस्तार, समग्र नेपाली जनताको उत्थान र प्रगति, मानव–अधिकार, महिला सशक्तीकरण, लोकसंस्कृतिको संरक्षण, लेखन–प्रकाशन जस्ता कार्यबाट सामाजिक जागरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा रोल्पाकी बमकुमारी बुढामगरलाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान समर्पण गरिएको छ ।
लामो समयसम्म फार्मेसी विषयमा अध्यापन र औषधि सम्बन्धी अनुसन्धान गर्नुका साथै औषधि उत्पादन र वितरण, प्रविधि विकास र हस्तान्तरण, गुणस्तरको प्रत्याभूति र गुणस्तर नियन्त्रण जस्ता विषयहरू समेटिएका अनुसन्धानात्मक लेखहरू विभिन्न जर्नलहरूमा प्रकाशन गराउनुभएकोमा डोल्पाका प्रा. डा. पन्नाबहादुर थापालाई शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण गरिएको छ ।
शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये कुनै एउटा कृतिका कृतिकारलाई हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान २०७९ सालमा यस संस्थाबाट प्रकाशित ३६ वटा पुस्तकमध्ये पाठकमतका आधारमा सर्वोत्तम ठानिएको   Impressions and Expressions  कृतिका लागि काठमाडौंका प्रा. सुवास केसीलाई समर्पण गरिएको छ ।
लामो समयसम्म नेपाल सरकारको प्रशासनिक सेवामा संलग्न रही विभिन्न जिल्लाहरूमा कार्यरत रहेर पनि आफ्नो गृहस्थी जीवनलाई सुसञ्चालन गर्दै समय निकालेर साहित्यका विविध विधाहरूमा डेढ दर्जन साहित्यिक कृतिहरू सिर्जना गरेर नेपाली वाङ्मयलाई उपहार दिनुभएकोमा गोरखाकी वेदकुमारी न्यौपानेलाई शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गरिएको छ ।
कवि तथा विद्यालयका प्रथम प्राचार्य नन्दिकेश्वर अधिकारी र उहाँभन्दा पछिका पाँच पुस्तासम्मका साहित्यकारहरूमध्ये कसैको पनि विषयमा अन्वेषणात्मक तथा समीक्षात्मक लेखहरू लेख्ने लेखकलाई हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान हरि मञ्जुश्रीका विभिन्न कृतिहरूको समीक्षा गर्नुभएकोमा सर्लाहीका डा. श्याम भट्टराईलाई समर्पण गरिएको छ ।
नेपालकै पहिलो सामुदायिक शिक्षालयका संस्थापक आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृति र सम्मानस्वरूप उहाँको नाउँबाट उहाँकै जन्मभूमि तथा कर्मभूमि दिङला भोजपुरमा संस्थापित र सञ्चालित षडानन्द गुरुकुल वेद विद्याश्रमलाई वटुकहरूमा आध्यात्मिक चेतना, आत्मानुशासन, नैतिक चरित्र, कर्तव्यपरायणता र मानवीय भावनाको शिक्षा दिएकोमा शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिएको छ ।
सम्मान ग्रहण गरिदिनुभएकोमा सम्मानित व्यक्तित्वहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।