Home Blog Page 46

२१९. द ब्ल्याक सन

Shabdayatra Prakashan is grateful to the novelist Bharat Jangam for getting the responsibility to publish the english translated version of the novel ‘Kalo Surya’. It is also a matter of pride for the organization to be the publisher of a book that has gained international fame written by its own advisor and lifelong member. After the former Prime Minister and writer BP Koirala portrayed it as a living record of the then society, the discussion of Bharat Jangam’s ‘Kalo Surya’ novel suddenly started. Since its publication in 2036 from Banaras by Indu Prakashan, India, this novel has reached the hands of millions of readers by the fourth edition of the Nepali language. The first edition that was translated by Saroj Kumar Shakya, is not available in the market. Therefore, this novel is about to be published by Shabdayatra Prakashan as the second edition according to the wish of the novelist Bharat Jangam. We feel that this has increased the pride and dignity of this institution.

आध्यात्मिक लेखकहरूको अभिलेखीकरण सुरु

0

काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित आध्यात्मिक लेखकहरूको अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ । यो कार्य आध्यात्मिक लेखक उद्धवप्रसाद नेपालले गर्न थाल्नुभएको छ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष प्रदान गर्ने विभिन्न विद्वतवृत्तिमध्ये ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति’ को लघु अनुसन्धान परियोजना अन्तर्गत यो कार्य भइरहेको हो । यस विद्वतवृत्तिको कोष व्यवस्थापक विदुर विष्ट हुनुहुन्छ । काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित आध्यात्मिक लेखकहरूको अभिलेखीकरण गरिँदा काभ्रेपलान्चोक जिल्लामा जन्मेर यसै जिल्लामा बसोवास गर्ने, अन्य जिल्लामा जन्मेर यस जिल्लामा बसोवास गर्ने र यस जिल्लामा जन्मेर अन्यत्र गई बसोवास गर्ने आध्यात्मिक लेखकहरूलाई समावेश गरिनेछ ।

२१८. कालो सूर्य

‘कालो सूर्य’ उपन्यासको प्रकाशन गर्ने अभिभारा प्राप्त गरेकोमा उपन्यासकार भरत जङ्गमप्रति शब्दयात्रा प्रकाशन आभारी छ । आफ्नै सल्लाहकार तथा आजीवन सदस्यले लेखेर अन्तर्राष्ट्रिय ख्याति आर्जन गरिसकेको पुस्तकको प्रकाशक हुन पाउनु संस्थाका लागि त्यसै पनि गौरवको विषय हो । पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले तत्कालीन समाजको जीवन्त अभिलेखका रूपमा चित्रण गरेपछि भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासको चर्चा एकाएक चुलिएको थियो । २०३६ सालमा इन्दु प्रकाशन प्रकाशक बनी इन्डियाको बनारसबाट प्रकाशन भएयता यो उपन्यास नेपाली भाषाको चौथो संस्करणसम्ममा लाखौँ पाठकको हातमा परिसकेको छ । त्यो संस्करण पनि बजारमा पाइन छाडेपछि उपन्यासकार भरत जङ्गमको सदिच्छाबमोजिम पाँचौँ संस्करणका रूपमा शब्दयात्रा प्रकाशनबाट यो उपन्यास प्रकाशन हुन लागेको हो । यसबाट यस संस्थाको गौरव र गरिमामा बृद्धि भएको हामीलाई लागेको छ ।

२१७. कर्मसाधक भोलामानसिंह थापा

अग्रज समाजसेवी, महिला अधिकारकर्मी तथा लेखिका सावित्री जङ्गम थापाद्वारा सम्पादित ‘कर्मसाधक भोलामानसिंह थापा’ नामक स्मृतिग्रन्थ चार खण्डमा विभाजित छ । पहिलो खण्डमा भोलामानसिंह थापाका विषयमा ४५ जनाले लेखेका लेख–संस्मरण, दोस्रो खण्डमा भोलामानसिंह थापाले लेखेका ५७ वटा कविता र ६ वटा निबन्ध, तेस्रो खण्डमा भोलामानसिंह थापाको जीवनी र योगदानको विवरण तथा चौथो खण्डमा भोलामानसिंह थापाका हस्तलिपि, तस्बिर, चिठी र समवेदनापत्र राखिएका छन् । ओखलढुङ्गामा १९९६ साल चैत २९ गते जन्मेका समाजसेवी तथा पूर्व सहायक मन्त्री भोलामानसिंह थापाको निधन २०७९ साल असोज २० गते भएको थियो । उनको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारी यस स्मृतिग्रन्थको प्रकाशन गरिएको हो । यस स्मृतिग्रन्थले भोलामानसिंह थापाको जीवनयात्रा र योगदानका विषयमा जानकारी दिनेछ । भोलामानसिंह थापाका विषयमा थप अध्ययन–अनुसन्धान गर्नका लागि आवश्यक पर्ने सामग्रीहरू शब्दयात्रा प्रकाशनको ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ मा राखिएका छन् ।

दसजनालाई छात्रवृत्ति प्रदान

0

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूलाई यही असोज १९ गते शुक्रबार ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ शान्तिगोरेटो चाबहिलनिवासी शेखरप्रसाद ढुङ्गानाले आफ्ना पितामाताको सम्मानमा २०८४ सालसम्मका लागि व्यवस्था गर्नुभएको उक्त छात्रवृत्ति पाउनेहरूमा छात्र २ जना र छात्रा ८ जना छन् । ती विद्यार्थीहरूमा कक्षा १ की सलिना नेपाली, कक्षा २ की करिस्मा ठाकुर र कक्षा ३ का समिन गोले श्रीखण्डपुर माध्यमिक विद्यालयमा, कक्षा ४ की ईशा तामाङ र कक्षा ५ की आशा गौतम धनेश्वर महादेव प्राथमिक विद्यालयमा, कक्षा ६ की सदीक्षा थापा र कक्षा ७ की पुष्पा जिम्बा भक्तेश्वर माध्यमिक विद्यालयमा, कक्षा ८ की प्रियङ्का महत र कक्षा ९ का राजन उपाध्याय सञ्जीवनी माध्यमिक विद्यालयमा तथा कक्षा १० की उमा भण्डारी लक्ष्मीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सम्बन्धित विद्यालयको सिफारिसका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थितिमा दाता शेखरप्रसाद ढुङ्गानाले विद्यार्थीहरूलाई छात्रवृत्ति र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जनालाई छात्रवृत्ति दिन थालेको छ । अपाङ्गता र पत्रकारिता छात्रवृत्तिचाहिँ पछि प्रदान गरिनेछ ।

अक्षयकोषका लागि सम्झौता

0

शब्दयात्रा प्रकाशन र श्री विदुर विष्टका बीच अनुसन्धान विद्वतवृत्ति अक्षयकोषका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक सदस्य श्री सकुल थापाले र अक्षयकोषदाता श्री विदुर विष्टले हस्ताक्षर गर्नुभएको छ ।

पूर्वीय संस्कृति र वर्तमान विकृति विषयमा विचारगोष्ठी

0

शब्दयात्रा प्रकाशनको आयोजनामा आज असोज १९ गते शुक्रबार ‘पूर्वीय संस्कृति र वर्तमान विकृति’ विषयमा विचारगोष्ठी सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य रहेको विचारगोष्ठीमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सभापतिका रूपबाट विषयवस्तुका बारेमा जानकारी गराएपछि विभिन्न वक्ताहरूले यस विषयमा मन्तव्य राख्नुभएको थियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको विचारगोष्ठीमा स्वागत भाषण जग्गादाता कृष्णमणि कुइकेलले, समुद्घाटन आजीवन सदस्य हरिगोपाल प्रधानले, समापन गीतिभास्कर मच्छेश्वर सापकोटाले र उद्घोषण आध्यात्मिक लेखक उद्धवप्रसाद नेपालले गर्नुभएको थियो ।

डा. ठाकुरराज अधिकारीलाई आयुर्वेद सम्मान समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ डा. ठाकुरराज अधिकारी (भोजपुर) लाई समर्पण गर्ने भएको छ । आयुर्वेद चिकित्सकका रूपमा करिब ३६ वर्ष सेवा गरी हाल निवृत्त हुनुभएका उहाँले पूर्वीय शास्त्रसम्मत उपचार पद्धतिलाई प्रोत्साहन दिई प्रयोग गर्ने–गराउने क्रममा आयुर्वेदिक उपचार पद्धतिबाट विभिन्न रोगका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरेर नेपाली समाजमा आयुर्वेदिक चिकित्सा पद्धतिप्रति विश्वास बढाउन विशिष्ट योगदान गर्नुभएको छ । भक्तपुरका प्रसिद्ध वैद्यका रूपमा सुपरिचित कालु वैद्यको स्मृति र सम्मानमा संस्थापित यो सम्मान समाजसेवी नारायणप्रसाद वैद्यलगायत कालु वैद्यका परिवारजनद्वारा व्यवस्थापित अक्षयकोषको ब्याजबाट हरेक वर्ष समर्पण गर्ने गरिन्छ । यो सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

दसजनालाई शब्दयात्रा छात्रवृत्ति असोज १९ गते दिइने

0

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूलाई यही असोज १९ गते शुक्रबार ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ शान्तिगोरेटो चाबहिलनिवासी श्री शेखरप्रसाद ढुङ्गानाले आफ्ना पितामाताको सम्मानमा २०८४ सालसम्मका लागि यस छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १ की सलिना नेपाली, कक्षा २ की करिस्मा ठाकुर र कक्षा ३ का समिन घोले श्रीखण्डपुर माध्यमिक विद्यालयमा अध्ययनरत छन् भने कक्षा ४ की ईशा तामाङ र कक्षा ५ की आशा गौतम धनेश्वर महादेव प्राथमिक विद्यालयमा अध्ययनरत छन् । यसै गरी कक्षा ६ की सदीक्षा थापा र कक्षा ७ की पुष्पा जिम्बा भक्तेश्वर माध्यमिक विद्यालयमा, कक्षा ८ की प्रियङ्का महत र कक्षा ९ का राजन उपाध्याय सञ्जीवनी माध्यमिक विद्यालयमा तथा कक्षा १० की उमा भण्डारी लक्ष्मीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सम्बन्धित विद्यालयको सिफारिसका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्ति पाउनेहरूमा छात्र २ जना र छात्रा ८ जना छन् । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति र त्यसको प्रमाणपत्र प्रदान गरिनेछ । अपाङ्गता र पत्रकारिता छात्रवृत्तिचाहिँ पछि प्रदान गरिनेछ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जनालाई छात्रवृत्ति दिन थालेको छ ।

ज्ञान उदासको ‘तोपको आवाज’ आउँदै

0
शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘तोपको आवाज’ नामक कथासङ्ग्रह छापिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा सम्मानित साहित्यकार ज्ञान उदासद्वारा लिखित यस सङ्ग्रहमा ‘पानपसल्नी’, ‘सम्बन्ध’, ‘तोपको आवाज’ र ‘एउटा व्यापारको अन्त्य’ शीर्षकका चारवटा कथा सङ्कलित छन् । ज्ञान उदासको ८१ औँ जन्मदिवसको अवसर पारी यस सङ्ग्रहको प्रकाशन गर्न लागिएको हो । यो उहाँको पहिलो कथासङ्ग्रह हो । यस सङ्ग्रहमा समालोचक प्रा. डा. दयाराम श्रेष्ठ सम्भव र गीतकार हरिगोपाल प्रधानका मन्तव्य राखिएका छन् ।