काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित आध्यात्मिक लेखकहरूको अभिलेखीकरण गर्ने कार्य सुरु गरिएको छ । यो कार्य आध्यात्मिक लेखक उद्धवप्रसाद नेपालले गर्न थाल्नुभएको छ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष प्रदान गर्ने विभिन्न विद्वतवृत्तिमध्ये ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति’ को लघु अनुसन्धान परियोजना अन्तर्गत यो कार्य भइरहेको हो । यस विद्वतवृत्तिको कोष व्यवस्थापक विदुर विष्ट हुनुहुन्छ । काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित आध्यात्मिक लेखकहरूको अभिलेखीकरण गरिँदा काभ्रेपलान्चोक जिल्लामा जन्मेर यसै जिल्लामा बसोवास गर्ने, अन्य जिल्लामा जन्मेर यस जिल्लामा बसोवास गर्ने र यस जिल्लामा जन्मेर अन्यत्र गई बसोवास गर्ने आध्यात्मिक लेखकहरूलाई समावेश गरिनेछ ।