Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesदसजनालाई शब्दयात्रा छात्रवृत्ति असोज १९ गते दिइने

दसजनालाई शब्दयात्रा छात्रवृत्ति असोज १९ गते दिइने

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरूलाई यही असोज १९ गते शुक्रबार ‘शब्दयात्रा दिव्यवती — कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ७ शान्तिगोरेटो चाबहिलनिवासी श्री शेखरप्रसाद ढुङ्गानाले आफ्ना पितामाताको सम्मानमा २०८४ सालसम्मका लागि यस छात्रवृत्तिको व्यवस्था गर्नुभएको हो । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १ की सलिना नेपाली, कक्षा २ की करिस्मा ठाकुर र कक्षा ३ का समिन घोले श्रीखण्डपुर माध्यमिक विद्यालयमा अध्ययनरत छन् भने कक्षा ४ की ईशा तामाङ र कक्षा ५ की आशा गौतम धनेश्वर महादेव प्राथमिक विद्यालयमा अध्ययनरत छन् । यसै गरी कक्षा ६ की सदीक्षा थापा र कक्षा ७ की पुष्पा जिम्बा भक्तेश्वर माध्यमिक विद्यालयमा, कक्षा ८ की प्रियङ्का महत र कक्षा ९ का राजन उपाध्याय सञ्जीवनी माध्यमिक विद्यालयमा तथा कक्षा १० की उमा भण्डारी लक्ष्मीनारायण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सम्बन्धित विद्यालयको सिफारिसका आधारमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्ति पाउनेहरूमा छात्र २ जना र छात्रा ८ जना छन् । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिने कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थितिमा विद्यार्थीहरूलाई छात्रवृत्ति र त्यसको प्रमाणपत्र प्रदान गरिनेछ । अपाङ्गता र पत्रकारिता छात्रवृत्तिचाहिँ पछि प्रदान गरिनेछ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जनालाई छात्रवृत्ति दिन थालेको छ ।