Home Blog Page 217

शब्दयात्रा प्रकाशनबाट चार सम्मान समर्पण

0

शब्दयात्रा प्रकाशनले हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने चार विधाका सम्मानहरू २०७३ सालका लागि गत भदौ १४ गते मङ्गलबार बनेपामा आयोजित विशेष समारोहमा समर्पण ग¥योे ।
समारोहमा स्तम्भलेखक प्रा. डा. गोपाल शिवाकोटीलाई नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित नेपालभूमि स्तम्भकार सम्मान २०७३, अग्रज फोटो पत्रकार मङ्गलमोहन श्रेष्ठलाई हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मान २०७३, ‘गौरी’ आध्यात्मिक मासिक पत्रिकालाई प्रेमबहादुर खड्काद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान २०७३ र ‘गुगुल्डी’ नामक डोट्याली भाषाको साहित्यिक मासिक पत्रिकालाई योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान २०७३ बाट सम्मानित गरियो ।
सम्मान गर्दा उपहार, किरीट र अभिवन्दनापत्रका साथमा नगद रु. ५००० समर्पण गर्ने गरिन्छ ।
सम्मान चयन समितिका सदस्यहरू एकप्रसाद दुवाडी र भरतकुमार श्रेष्ठ समारोहमा उपस्थित हुनुहुन्थ्यो । एकप्रसाद दुवाडीले चयन समितिका तर्फबाट चयन गर्दाको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

शब्दयात्रा प्रकाशनबाट पाँच पुस्तक सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँचवटा पुस्तकहरूलाई सार्वजनिक गरिएको छ । गत भदौ १४ गते मङ्गलबार बनेपामा आयोजित विशेष समारोहमा एकसाथ पाँचवटा पुस्तकहरू सार्वजनिक गरिएका हुन् ।
सार्वजनिक गरिएका पुस्तकहरूमा सरस्वती शर्मा सुवेदीको कवितासङ्ग्रह ‘पानी मनकी रानी’, भरतराज महतको उपन्यास ‘कथा वियोगको’ लाई डा. भास्कर हुमागाईंद्वारा अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कृति ‘द ट्य्राजिक स्टोरी’, श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘डा. सुरेशराज शर्मा’, ज्ञानेन्द्रराज भट्टराईको संस्मरणसङ्ग्रह ‘फालिकोटको फाली’ र कुलबहादुर बन्जाराको ‘मेरो दुःखी जीवन’ रहेका छन् ।
समारोहमा पाँचैवटा पुस्तकका बारेमा समीक्षक शारदाप्रसाद शर्माले परिचयात्मक टिप्पणी गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनलाई जग्गादान

0

शब्दयात्रा प्रकाशनको भवन निर्माण गर्न गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका संस्थापक उपाध्यक्ष समाजसेवी कृष्णमणि कुइँकेलले बनेपा नगरपालिका वडा नं. ११ मा अवस्थित नीलकण्ठेश्वर महादेव मन्दिरपरिसरको नजिकै रहेको आफ्नो नाउँको ३ आना जग्गा दान गर्ने घोषणा गर्नुभएको छ ।
२०७३ भदौ १४ गते आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको सभापतिका रूपबाट मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले शब्दयात्रा प्रकाशनलाई ३ आना जग्गा दान गर्ने घोषणा गर्नुभएको हो । जग्गादानको घोषणा गर्दा उहाँका पिता छविलाल कुइँकेल र धर्मपत्नी भोजकुमारी कुइँकेल समारोहस्थलमै उपस्थित हुनुहुन्थ्यो ।

काभ्रेका दुई पत्रकारलाई कदरपत्र

0

शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाका दुईजना सक्रिय पत्रकारलाई कदरपत्र प्रदान गरेको छ । २०७३ भदौ १४ गते आयोजित विशेष समारोहमा उहाँहरूलाई कदरपत्र प्रदान गरिएको हो ।
कदरपत्र पाउनेहरूमा काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने र कान्तिपुर दैनिक पत्रिकाका काभ्रे संवाददाता नगेन्द्र अधिकारी हुनुहुन्छ ।

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

0

नेपालभूमि स्तम्भकार सम्मान, २०७३ द्वारा सम्मानित प्रा. डा. गोपाल शिवाकोटी

प्रा. डा. गोपाल शिवाकोटी फरवरी २१, १९४९ मा क्षमावती दोलखामा खडानन्द र हरिप्रियाका सुपुत्रका रूपमा जन्मनुभएको हो । एमए बीएल पीएचडी गर्नुभएका उहाँले २०२४ सालदेखि साहित्यिक पत्रकारिता र २०२७ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ ज्वाला र डेली डायरी साप्ताहिकका सम्पादक हुनुहुन्छ । एसियाली आवाज साप्ताहिकलगायतका पत्रपत्रिकाको सम्पादन, संसद्मा दस वर्षसम्म समीक्षा, सन् १९८२ देखि २०११ सम्म त्रिचन्द्र कलेजमा प्राध्यापन पनि उहाँबाट भएका छन् ।
राजनीतिक शब्दकोश, सामन्तवाद : हत्याहिंसा र षड्यन्त्रको इतिहास, नेपालको राजनीतिक विचारधारा, समकालीन राजनीतिक नेपालका राजनीतिक विचारधारा, किरातजातिको इतिहास र संस्कृति, थारुजातिको इतिहास र संस्कृति, अन्तर्राष्ट्रिय राजनीति, प्रमुख राजनीतिक विचारक, अन्तर्राष्ट्रिय कानुन, तुलनात्मक राजनीति, माक्र्सवादी राजनीतिक शास्त्र, आधुनिक राजनीतिक विश्लेषण लगायत उहाँका दर्जनौँ किताबहरु प्रकाशित छन् । उहाँ श्रमजीवी पत्रकार सङ्घ, नेपाल राजनीतिशास्त्र सङ्घ, नेपाल पत्रकार सङ्घ, प्रेस काउन्सिल नेपाल लगायतका विभिन्न सङ्घसंस्थासँग आबद्ध हुनुभएको छ ।

शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७३ द्वारा सम्मानित गुगुल्डी (साहित्यिक पत्रिका)
‘गुगुल्डी’ का सम्पादक–प्रकाशक वीरबहादुर चन्द ‘विश्राम’ हुनुहुन्छ । नेपालको सुदूरपश्चिम कञ्चनपुर जिल्लाबाट यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । यो पत्रिका नेपाली भाषाको माउ मानिएको डोट्याली भाषामा प्रकाशित हुने साहित्यिक मासिक पत्रिका हो । नेपाल प्रेस काउन्सिलले यस पत्रिकालाई क्षेत्रीय क वर्गमा राखेको छ । नेपालको परिप्रेक्ष्यमा साहित्यिक पत्रिका प्रकाशन गर्नु अत्यन्त कठिन काम हो । त्यसमा पनि केन्द्रीय राजधानीभन्दा बाहिर रहेर डोट्याली भाषामा साहित्यिक पत्रिका प्रकाशन गर्नु साह«ै नै दुष्कर कार्य हो । भाषा–साहित्यप्रतिको प्रेमका कारणले यस्तो दुष्कर कार्य गर्ने वीरबहादुर चन्द निश्चय नै उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । ‘विश्राम’ उहाँको उपनाम हो । ‘गुगुल्डी’ पत्रिकाले डोट्याली भाषालाई लोप हुनबाट बचाउनमा ठूलो भूमिका खेलेको छ ।

शब्दयात्रा फोटो–पत्रकारिता सम्मान, २०७३ द्वारा सम्मानित मङ्गलमोहन श्रेष्ठ
मङ्गलमोहन श्रेष्ठको जन्म सन् १९९४ नोभेम्बर ८ मा काठमाडौँमा भएको हो । कार्य–अनुभवलाई हेर्दा उहाँ सूचना विभागको प्रमुख फोटोग्राफर (सन् १९६३ — १९९४) बनेको, अफिसियल फोटोग्राफरका रूपमा इन्डियन एम्बेसी, अमेरिकन एम्बेसी, चाइनिज एम्बेसी, बङ्गलादेश एम्बेसी र पाकिस्तान एम्बेसी (१९९४ —२०१०) मा रहेको तथा राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको अफिसियल फोटोग्राफरका रूपमा काम गरेको देखिन्छ । नेपालका ७५ वटै जिल्ला तथा रुस, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, सिङ्गापुर र अमेरिकाको भ्रमण गर्नुभएका उहाँले गोरखादक्षिणबाहु पाँचौँ र चौथो, त्रिशक्तिपट्ट चौथो, शुभराज्याभिषेक पदक, सार्क पदक र दीर्घकालीन सेवा पदक पाउनुभएको छ ।

शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७३ द्वारा सम्मानित गौरी (आध्यात्मिक मासिक)
‘गौरी’ मासिक रूपमा प्रकाशन हुने नेपालको प्रसिद्ध आध्यात्मिक पत्रिका हो । अर्जुन लामिछानेको सम्पादन–प्रकाशनमा यो पत्रिका हालसम्म १२५ अङ्क प्रकाशन भइसकेको छ । अब यो पत्रिका बाह«ौँ वर्षमा प्रवेश गर्दैछ । खेमराज केशवशरण, प्रा. शिवगोपाल रिसाल जस्ता विद्वत्वर्गको परामर्शमा प्रकाशन हुने यस पत्रिकामा सुन्दर, ज्ञानवद्र्धक र प्रेरणादायी आध्यात्मिक लेख–रचनाहरू पढ्न पाइन्छ । हिन्दूधर्म–संस्कृतिमाथि प्रहार हुँदै गइरहेको वर्तमान अवस्थामा पूर्वीय वाङ्मय र मौलिक अस्तित्वको रक्षा र प्रवद्र्धनका निम्ति ‘गौरी’ जस्ता आध्यात्मिक क्षेत्र समेट्ने पत्रिकाको गरिमा र महàव निश्चय नै उच्च स्तरको छ ।

सम्मानित व्यक्तित्व चयन समिति
एक्कुमाया पुन (संयोजक) : एक्कुमाया पुन काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छिन् । अङ्ग्रेजी साहित्यमा विशेष दखल भएकी पुनका विभिन्न अनुसन्धानात्मक लेखहरू स्वदेश तथा विदेशका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गरिएका छन् । साहित्यको अध्यापन, समालोचना, उपन्यास र सांस्कृतिक अध्ययन उनलाई मन पर्ने र विशेषज्ञता पनि भएका विधाहरू हुन् ।
एकप्रसाद दुवाडी (सदस्य) : एकप्रसाद दुवाडी काठमाडौँ विश्वविद्यालयमा अङ्ग्रेजी विषयका सहायक प्रोफेसर हुन् । शिक्षण र अनुसन्धानमा रुचि राख्ने उनका लेखहरू नेपाल, भारत, बेलायत, अमेरिका र अस्ट्रेलियाका प्रतिष्ठित संस्थाबाट प्रकाशित छन् । उनी नेपाली साहित्य र समीक्षामा पनि रुचि राख्छन् । ‘नेपालका अस्पतालहरूमा डाक्टर र बिरामीहरूको संवाद–ढाँचा’ मा विद्यावारिधि गर्दै गरेका उनी फुर्सदको समय लेखन र शैक्षिक प्रशिक्षणमा बिताउँछन् ।
सम्बोजन लिम्बू (सदस्य) : सम्बोजन लिम्बू काठमाडौँ विश्वविद्यालय स्कुल अफ लसँग आबद्ध छन् । उनले कानुन विषयमा स्नातकोत्तर गरेका छन् । आफ्नो विधागत क्षेत्रका उहाँ ज्ञाता मानिन्छन् । सामाजिक न्यायका लागि आफ्ना स्वतन्त्र विचारहरूको प्रकाशनमा पनि उनी सक्रिय रहेका छन् । ताप्लेजुङ जिल्लामा जन्मेर झापा जिल्लामा बसोवास गर्ने परिवारका एक सदस्य उनी हाल भक्तपुर जिल्लाको गट्ठाघरमा बसोवास गर्छन् ।
भरतकुमार श्रेष्ठ (सदस्य) : भरतकुमार श्रेष्ठ काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्समा प्रशासकीय अधिकृत (०३) पदमा कार्यरत छन् । तनहूँमा जन्मेका उनले एमबीएसम्मको अध्ययन गरेका छन् । सन् १९९५ मा काठमाडौँ विश्वविद्यालयको सेवा प्रारम्भ गरेका उनी अफिस असिस्टेन्ट, सिनियर असिस्टेन्ट, एडमिनिस्ट्रेसन अफिसरको १ र २ तह पार गर्दै तेस्रो तहमा पुगेका हुन् । उनले विभिन्न तालिम लिएका छन् र विभिन्न संस्थामा आबद्ध छन् ।

२०७३ भदौ १४ गते सार्वजनिक गरिने कृतिका कृतिकारहरू
सरस्वती शर्मा सुवेदी
जन्मस्थान : शङ्करपोखरी — ९, पर्वत । गृहस्थान : चाबहिल, काठमाडौँ । शिक्षा : स्नातक । पेसा : शिक्षण । बसोवास : धुलिखेल, काभ्रे । प्रकाशन : एक पुस्तक

भरतराज महत
जन्ममिति : १९ असार १९९३ । जन्मस्थान : पस्थली, खोपासी, काभ्रे । शिक्षा : रेन्जर कोर्स । सेवाक्षेत्र : सरकारी सेवा, समाजसेवा र लेखनसेवा । प्रकाशन : छवटा कृति (एउटा अङ्ग्रेजी भाषामा अनूदित)

ज्ञानेन्द्रराज भट्टराई
जन्ममिति : २० पुस २००५ । जन्मस्थान : फालीकोट, देउराली — २, भोजपुर । शिक्षा : साहित्यशास्त्री (वाराणसी) । सेवा : ओखलढुङ्गा, सोलुखुम्बू र भोजपुर गरी तीन जिल्लामा तेत्तीस वर्ष शिक्षण । प्रकाशन : एक पुस्तक

श्रीधर प्याकु¥याल
जन्ममिति : ३१ साउन २०१३ । जन्मस्थान : पातलेखेत, काभ्रेपलाञ्चोक । बसोबास : कपन, काठमाडौँ । शिक्षा : एसएलसी । सेवा : सरकारी सेवा र लेखनसेवा । प्रकाशन : नौवटा कृति

कुलबहादुर बन्जारा
जन्ममिति : २००३ साल माघ १ गते । जन्मस्थान : मङ्गलटार, काभ्रेपलाञ्चोक । शिक्षा : सामान्य लेखपढ । सेवा : नेपाली सेना तथा अन्य । बसोवास : बनेपा, काभ्रे । प्रकाशन : एक पुस्तक

२०७३ सालको हरिगोपाल प्रधान कदरपत्र पाउने काभ्रेली पत्रकारहरू
रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारी

शब्दयात्रा प्रकाशन के गर्दैछ ?

0

— कविराज ढकाल
शब्दयात्रा प्रकाशन विगत पाँच वर्षअघिदेखि काभ्रे जिल्लालाई केन्द्र बनाएर राष्ट्रिय स्तरका विभिन्न गतिविधिहरू गरिरहेको छ । यस संस्थाले :

  • ‘नेपालभूमि’ नामक विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका नियमित रूपमा प्रकाशन गरी सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक हप्ता ५०० प्रति पत्रिका निःशुल्क वितरण गरिरहेको छ ।
  • ‘अक्षरधाम’ नामक साहित्यिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ ।
  • शिक्षा, बालसाहित्य, साहित्यिक पत्रिका, समालोचना, आमसञ्चार, आध्यात्मिक पत्रकारिता, विज्ञान–प्रविधि, सिर्जना, फोटो पत्रकारिता, गजल, प्रशासनिक महिला, सामाजिक जागरण, कविता–काव्य, शोध–अनुसन्धान, स्तम्भलेखन जस्ता विभिन्न १६ विधाका सम्मानहरूको स्थापना गरेर सम्मान व्यवस्थापकहरूको आर्थिक सहयोगमा हरेक ३–३ महिनामा ४–४ विधाका दरले हरेक वर्ष ती सम्मानहरू समर्पण गरिरहेको छ ।
  • मदनमणि दीक्षित, डा. दयानन्द वज्राचार्य, अङ्गुरबाबा जोशी, श्यामदास वैष्णव, डा. केशवप्रसाद उपाध्याय, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, रामचन्द्र न्यौपाने, डा. तीर्थबहादुर श्रेष्ठ, डा. माधव भट्टराई, सगुन शाह, डा. सीताराम अधिकारी, डा. मोहन हिमांशु थापा, बेलप्रसाद श्रेष्ठ, भैरव रिसाल, दिनेशराज पन्त, शङ्करनाथ रिमाल, शान्तदास मानन्धर, केदारभक्त माथेमा, हरि रोका, गोपाल चित्रकार, डा. चूडामणि बन्धु, डा. चिन्तामणि योगी, ज्ञानुवाकर पौडेल, डा. जगदीशचन्द्र रेग्मी, भैरवनाथ रिमाल कदम, बूँद राना आदिलाई सम्मानित गरिसकेको छ ।
  • सम्मान समर्पण समारोह हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा आयोजना गर्ने गरेको छ । एक पटकमा ४ विधामा ४ जनालाई सम्मान गर्ने गरिन्छ । सम्मान गर्दा नगद ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र पुस्तक उपहार समर्पण गरिन्छ ।
  • आयोजना गरेका हरेक सम्मान समर्पण समारोहका सभापतिले यस संस्थालाई नगद अथवा भौतिक सामग्री उपलब्ध गराउनुभएको छ ।
  • हरेकपटक सम्मानित व्यक्तित्व चयन समितिमा फरक–फरक व्यक्तिहरूलाई मनोनयन गरेको छ ।
  • हरेक सम्मान समर्पण समारोहमा ‘नेपालभूमि साप्ताहिक’ बाट विशेषाङ्क प्रकाशन गराउने गरेको छ ।
  • डा. सुरेशराज शर्मा, हरि मञ्जुश्री, ज्ञानकाजी मानन्धर, मुकुन्दप्रसाद उपाध्याय, डा. विष्णु सापकोटा, पोष चापागाईं, गणेशबहादुर खत्री, डा. श्याम भट्टराई, मोहनप्रसाद खनाल, सुब्बा देवीप्रसाद सापकोटा लगायत विभिन्न लेखकका ७२ वटा पुस्तकहरूको प्रकाशन गरेको छ ।
  • अक्षरसेवी सहयोग कोषको स्थापना गरी दैवी विपत्तिमा परेका साहित्यकार र पत्रकारहरूलाई आर्थिक सहयोग गर्ने गरेको छ ।
  • विभिन्न साहित्यिक कार्यक्रम र भाषा–शिविरको आयोजना गरेको छ ।
  • रेडियो एबीसी ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ नामक पाक्षिक रेडियो कार्यक्रम सञ्चालन गरेको छ ।
  • शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा पत्रकार समाज, शब्दयात्रा लेखक समाज, शब्दयात्रा सम्मान व्यवस्थापक समाज, शब्दयात्रा विश्वसम्पर्क समाज र शब्दयात्रा सहयोगी समाजका माध्यमबाट आफ्ना गतिविधिहरू अघि बढाइरहेको छ ।
  • विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरूलाई आभारपत्र प्रदान गर्ने गरेको छ ।
  • शब्दयात्रा घुम्ती पुस्तक पसलको सञ्चालन गर्न थालेको छ ।
  • विभिन्न पुस्तकालयलाई पुस्तकहरू निःशुल्क उपलब्ध गराएको छ । कारागारका कैदी–बन्दीहरूमा नैतिक र आध्यात्मिक चेतनाको जागरण गराउन तिनीहरूमा आध्यात्मिक पुस्तकहरू वितरण गरेको छ ।
  • संस्थाका हरेक गतिविधिहरूका विषयमा र संस्थासँग सम्बन्धित लेखक–पत्रकारहरूका विषयमा जानकारी गराउन www.sypublication.com.np नामक website सञ्चालन गरिरहेको छ । त्यही धभदकष्तभ अन्तर्गत Blog पनि राख्न थालिएको छ । यसले शब्दयात्रा प्रकाशनलाई संसारभरिको सूचना–सन्जालसँग जोडेको छ ।

शब्दयात्रा प्रकाशन अब काभ्रे जिल्लामा सङ्ग्रहालय, पुस्तकालय, सञ्चारगृह, प्रकाशनगृह आदिसहित प्राज्ञिक आवास भएको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्ने दिशामा अग्रसर भएको छ । यसका लागि नेपाली वाङ्मयसँग जोडिनुभएका सबैलाई यसमा सहयोग गर्नका लागि आग्रह गर्दछौँ ।

अधिकारी प्रतिष्ठानमा हरि मञ्जुश्री

0

काभ्रे जिल्लामा रहेका कश्यपगोत्रीय अधिकारीहरूको भेला गत भाद्र ९ गते बिहीबार बनेपाको नीलकण्ठेश्वर महादेव मन्दिरको परिसरमा सम्पन्न भयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री अधिकारीको सभापतित्व तथा अन्वेषक राजेन्द्र विरही अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान काभ्रे शाखा गठन गर्ने निर्णय ग¥यो ।
प्रतिष्ठानको कार्यसमिति २१ सदस्यीय रहने र २ महिलासहित ६ जना सदस्य पछि मनोनीत गर्ने गरी हालका लागि १५ सदस्यीय कार्यसमिति बनाउने निर्णय गर्दै हालको कार्यसमितिमा अध्यक्ष हरि मञ्जुश्री अधिकारी (बनेपा), उपाध्यक्ष राजेन्द्रप्रसाद अधिकारी (मङ्गलटार), सचिव इन्द्रप्रसाद अधिकारी (कुशादेवी), सहसचिव मनोज अधिकारी (डराउनेपोखरी), कोषाध्यक्ष दण्डपाणि अधिकारी (धुलिखेल) तथा सदस्यहरू रामप्रसाद अधिकारी (धुलिखेल), मुना अधिकारी (धुलिखेल), भास्कर अधिकारी (पनौती), राममणि अधिकारी (धुलिखेल), हरि अधिकारी (धुलिखेल), नगेन्द्र अधिकारी (दाप्चा), अमृत अधिकारी (बनेपा), रामनाथ अधिकारी (पाँचखाल), शुभराज अधिकारी (भुग्देउ) र नानीराम अधिकारी (दाप्चा) रहने गरी सर्वसम्मत निर्णय गरियो ।
भेलामा काभ्रे जिल्लाका इन्द्रमणि अधिकारी, सुवास अधिकारी, यदुनाथ अधिकारी, बलराम अधिकारी, जीवन अधिकारी, सङ्घर्ष अधिकारी, चम्पा अधिकारी, राधा अधिकारी, सरोजकुमार अधिकारी, कमलप्रसाद अधिकारी, अच्युत अधिकारी, राधाकृष्ण अधिकारी, उमङ्ग अधिकारी, रूपेन्द्र अधिकारी आदिसहित कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारी, काठमाडौँ शाखाका मिठाराम अधिकारी, ताप्लेजुङका डिल्लीप्रसाद अधिकारी, नुवाकोटका रामप्रसाद अधिकारी आदि अधिकारीहरूको उपस्थिति थियो ।

सम्मान समर्पण र पुस्तक सार्वजनिकीकरण कार्यक्रम १४ गते

0

शब्दयात्रा प्रकाशनले आगामी १४ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा २०७३ सालका लागि प्रा. डा. गोपाल शिवाकोटीलाई नेपालभूमि साप्ताहिकद्वारा व्यवस्थापित नेपालभूमि स्तम्भकार सम्मान, गुगुल्डी साहित्यिक पत्रिकालाई योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, गौरी आध्यात्मिक पत्रिकालाई प्रेमबहादुर खड्काद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान र मङ्गलमोहन श्रेष्ठलाई हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मान समर्पण गरिनेछ । सोही समारोहमा काभ्रे जिल्लाका सक्रिय पत्रकारद्वय रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारीलाई कदरपत्र प्रदान गरिनेछ ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरू सार्वजनिक गरिनेछन् । सार्वजनिक हुने पुस्तकहरू श्रीधर प्याकु¥यालद्वारा लिखित ‘डा. सुरेशराज शर्मा’ लघुकाव्य, भरतराज महतद्वारा लिखित ‘द ट्य्राजिक स्टोरी’ अङ्ग्रेजी उपन्यास, ज्ञानेन्द्रराज भट्टराईद्वारा लिखित ‘फालिकोटको फाली’ संस्मरणसङ्ग्रह र कुलबहादुर बन्जाराद्वारा लिखित ‘मेरो दुःखी जीवन’ संस्मरण रहेका छन् । समारोहमा ‘नेपाल कम्पन’ लघुकाव्य, ‘नेपालभूमि साप्ताहिक’ को सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेषाङ्क र शब्दयात्रा प्रकाशनका स्टिकरहरू निःशुल्क वितरण गरिनेछन् ।
बनेपाको केएन ब्यान्क्वेटमा गरिने उक्त कार्यक्रममा समुपस्थितिका लागि शब्दयात्रा प्रकाशनले सबै मित्रहरूलाई अनुरोध गरेको छ ।

शब्दयात्राबाट ‘मेरो दुःखी जीवन’

0

शब्दयात्रा प्रकाशनले ७२ औँ प्रकाशनपुष्पका रूपमा ‘मेरो दुःखी जीवन’ नामक पुस्तक प्रकाशन गरेको छ । उक्त पुस्तक २००३ सालमा काभ्रे जिल्लाको मङ्गलटारमा जन्मेका र शिक्षा हासिल गर्नबाट वञ्चित रहेका कुलबहादुर बन्जाराद्वारा लेखिएको हो ।
‘मेरो दुःखी जीवन’ साहित्यिक श्रीवृद्धिका लागि प्रकाशन गरिएको नभई विद्यालय नगएको र पढ्न नपाएको मान्छेले केही लेख्नु र छपाउन आँट गर्नु नै पढेलेखेका मान्छेका लागि ठूलो हाँक हो भन्ने सम्झेर अनि त्यस्ता व्यक्तिको अक्षर र शब्दप्रतिको प्रेम देखेर शब्दयात्रा प्रकाशनले यस पुस्तकको प्रकाशन गरिदिएको हो ।

दुई पत्रकार र दुई पत्रिकालाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा नेपालभूमि स्तम्भकार सम्मानबाट प्रा. डा. गोपाल शिवाकोटीलाई, शब्दयात्रा साहित्यिक पत्रिका सम्मानबाट ‘गुगुल्डी’ (साहित्यिक पत्रिका) लाई, शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानबाट ‘गौरी’ (आध्यात्मिक पत्रिका) लाई र शब्दयात्रा फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकार मङ्गलमोहन श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
गत साउन ३० गते आइतबार बसेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि साप्ताहिक’ र ‘शब्दसञ्चार साप्ताहिक रेडियो कार्यक्रम’ बाट सम्मानयोग्य व्यक्ति तथा संस्थाको नाउँ सिफारिस गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो र तीमध्येबाट पनि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गर्न सम्मानित व्यक्तित्व चयन समिति बनाएको थियो । समितिमा एक्कुमाया पुन संयोजक तथा एकप्रसाद दुवाडी, सम्बोजन लिम्बू र भरतकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ ।
सम्मानित हुनेहरूमा प्रा. डा. गोपाल शिवाकोटी अग्रज पत्रकारका रूपमा सुपरिचित हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक’ मा उहाँका प्रशस्त लेखहरू प्रकाशित भएका छन् । ‘गुगुल्डी’ विगत १९ वर्षअघिदेखि सुदूरपश्चिम कञ्चनपुर जिल्लाबाट वीरबहादुर चन्द ‘विश्राम’ को सम्पादनमा प्रकाशित डोट्याली भाषाको साहित्यिक पत्रिका हो । ‘गौरी’ आध्यात्मिक मासिक पत्रिका अर्जुन लामिछानेको सम्पादनमा विगत ११ वर्षअघिदेखि काठमाडौँबाट प्रकाशित भइरहेको छ । २०१९ सालदेखि फोटो पत्रकारिता गर्न थाल्नुभएका मङ्गलमोहन श्रेष्ठ भीभीआईपीहरूका अफिसियल फोटोग्राफरका रूपमा पनि चिनिनुहुन्छ ।
शब्दयात्रा प्रकाशनले स्थापना गरेका सोह« विधाका सम्मानहरूमध्ये हरेक वर्षको भदौ महिनामा उल्लिखित चार विधाका सम्मानहरू समर्पण गर्ने गरिएको छ । ‘नेपालभूमि साप्ताहिक’ बाट नेपालभूमि स्तम्भकार सम्मानको, योगेन्द्र खत्रीबाट शब्दयात्रा साहित्यिक पत्रिका सम्मानको, प्रेमबहादुर खड्काबाट शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानको र हरिगोपाल प्रधानबाट शब्दयात्रा फोटो पत्रकारिता सम्मानको आर्थिक व्यवस्थापन गरिएको छ ।
सम्मान गर्दा नगद पाँच हजार रुपियाँसहित उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गर्ने गरिन्छ । कार्यक्रम शब्दयात्रा प्रकाशनको केन्द्रीय कार्यालय रहेको काभ्रे जिल्लाको बनेपामा गर्ने गरिएको छ ।
भदौ महिनाको दोस्रो मङ्गलबार आयोजना गरिने सम्मान समर्पण समारोहमा ‘नेपालभूमि साप्ताहिक’ ले सम्मानसम्बन्धी विशेष पृष्ठको प्रकाशन गर्ने गरेको छ ।