— कविराज ढकाल
शब्दयात्रा प्रकाशन विगत पाँच वर्षअघिदेखि काभ्रे जिल्लालाई केन्द्र बनाएर राष्ट्रिय स्तरका विभिन्न गतिविधिहरू गरिरहेको छ । यस संस्थाले :

  • ‘नेपालभूमि’ नामक विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका नियमित रूपमा प्रकाशन गरी सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक हप्ता ५०० प्रति पत्रिका निःशुल्क वितरण गरिरहेको छ ।
  • ‘अक्षरधाम’ नामक साहित्यिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ ।
  • शिक्षा, बालसाहित्य, साहित्यिक पत्रिका, समालोचना, आमसञ्चार, आध्यात्मिक पत्रकारिता, विज्ञान–प्रविधि, सिर्जना, फोटो पत्रकारिता, गजल, प्रशासनिक महिला, सामाजिक जागरण, कविता–काव्य, शोध–अनुसन्धान, स्तम्भलेखन जस्ता विभिन्न १६ विधाका सम्मानहरूको स्थापना गरेर सम्मान व्यवस्थापकहरूको आर्थिक सहयोगमा हरेक ३–३ महिनामा ४–४ विधाका दरले हरेक वर्ष ती सम्मानहरू समर्पण गरिरहेको छ ।
  • मदनमणि दीक्षित, डा. दयानन्द वज्राचार्य, अङ्गुरबाबा जोशी, श्यामदास वैष्णव, डा. केशवप्रसाद उपाध्याय, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, रामचन्द्र न्यौपाने, डा. तीर्थबहादुर श्रेष्ठ, डा. माधव भट्टराई, सगुन शाह, डा. सीताराम अधिकारी, डा. मोहन हिमांशु थापा, बेलप्रसाद श्रेष्ठ, भैरव रिसाल, दिनेशराज पन्त, शङ्करनाथ रिमाल, शान्तदास मानन्धर, केदारभक्त माथेमा, हरि रोका, गोपाल चित्रकार, डा. चूडामणि बन्धु, डा. चिन्तामणि योगी, ज्ञानुवाकर पौडेल, डा. जगदीशचन्द्र रेग्मी, भैरवनाथ रिमाल कदम, बूँद राना आदिलाई सम्मानित गरिसकेको छ ।
  • सम्मान समर्पण समारोह हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा आयोजना गर्ने गरेको छ । एक पटकमा ४ विधामा ४ जनालाई सम्मान गर्ने गरिन्छ । सम्मान गर्दा नगद ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र पुस्तक उपहार समर्पण गरिन्छ ।
  • आयोजना गरेका हरेक सम्मान समर्पण समारोहका सभापतिले यस संस्थालाई नगद अथवा भौतिक सामग्री उपलब्ध गराउनुभएको छ ।
  • हरेकपटक सम्मानित व्यक्तित्व चयन समितिमा फरक–फरक व्यक्तिहरूलाई मनोनयन गरेको छ ।
  • हरेक सम्मान समर्पण समारोहमा ‘नेपालभूमि साप्ताहिक’ बाट विशेषाङ्क प्रकाशन गराउने गरेको छ ।
  • डा. सुरेशराज शर्मा, हरि मञ्जुश्री, ज्ञानकाजी मानन्धर, मुकुन्दप्रसाद उपाध्याय, डा. विष्णु सापकोटा, पोष चापागाईं, गणेशबहादुर खत्री, डा. श्याम भट्टराई, मोहनप्रसाद खनाल, सुब्बा देवीप्रसाद सापकोटा लगायत विभिन्न लेखकका ७२ वटा पुस्तकहरूको प्रकाशन गरेको छ ।
  • अक्षरसेवी सहयोग कोषको स्थापना गरी दैवी विपत्तिमा परेका साहित्यकार र पत्रकारहरूलाई आर्थिक सहयोग गर्ने गरेको छ ।
  • विभिन्न साहित्यिक कार्यक्रम र भाषा–शिविरको आयोजना गरेको छ ।
  • रेडियो एबीसी ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ नामक पाक्षिक रेडियो कार्यक्रम सञ्चालन गरेको छ ।
  • शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा पत्रकार समाज, शब्दयात्रा लेखक समाज, शब्दयात्रा सम्मान व्यवस्थापक समाज, शब्दयात्रा विश्वसम्पर्क समाज र शब्दयात्रा सहयोगी समाजका माध्यमबाट आफ्ना गतिविधिहरू अघि बढाइरहेको छ ।
  • विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरूलाई आभारपत्र प्रदान गर्ने गरेको छ ।
  • शब्दयात्रा घुम्ती पुस्तक पसलको सञ्चालन गर्न थालेको छ ।
  • विभिन्न पुस्तकालयलाई पुस्तकहरू निःशुल्क उपलब्ध गराएको छ । कारागारका कैदी–बन्दीहरूमा नैतिक र आध्यात्मिक चेतनाको जागरण गराउन तिनीहरूमा आध्यात्मिक पुस्तकहरू वितरण गरेको छ ।
  • संस्थाका हरेक गतिविधिहरूका विषयमा र संस्थासँग सम्बन्धित लेखक–पत्रकारहरूका विषयमा जानकारी गराउन www.sypublication.com.np नामक website सञ्चालन गरिरहेको छ । त्यही धभदकष्तभ अन्तर्गत Blog पनि राख्न थालिएको छ । यसले शब्दयात्रा प्रकाशनलाई संसारभरिको सूचना–सन्जालसँग जोडेको छ ।

शब्दयात्रा प्रकाशन अब काभ्रे जिल्लामा सङ्ग्रहालय, पुस्तकालय, सञ्चारगृह, प्रकाशनगृह आदिसहित प्राज्ञिक आवास भएको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्ने दिशामा अग्रसर भएको छ । यसका लागि नेपाली वाङ्मयसँग जोडिनुभएका सबैलाई यसमा सहयोग गर्नका लागि आग्रह गर्दछौँ ।