Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट पाँच पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनबाट पाँच पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँचवटा पुस्तकहरूलाई सार्वजनिक गरिएको छ । गत भदौ १४ गते मङ्गलबार बनेपामा आयोजित विशेष समारोहमा एकसाथ पाँचवटा पुस्तकहरू सार्वजनिक गरिएका हुन् ।
सार्वजनिक गरिएका पुस्तकहरूमा सरस्वती शर्मा सुवेदीको कवितासङ्ग्रह ‘पानी मनकी रानी’, भरतराज महतको उपन्यास ‘कथा वियोगको’ लाई डा. भास्कर हुमागाईंद्वारा अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कृति ‘द ट्य्राजिक स्टोरी’, श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘डा. सुरेशराज शर्मा’, ज्ञानेन्द्रराज भट्टराईको संस्मरणसङ्ग्रह ‘फालिकोटको फाली’ र कुलबहादुर बन्जाराको ‘मेरो दुःखी जीवन’ रहेका छन् ।
समारोहमा पाँचैवटा पुस्तकका बारेमा समीक्षक शारदाप्रसाद शर्माले परिचयात्मक टिप्पणी गर्नुभएको थियो ।