Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

नेपालभूमि स्तम्भकार सम्मान, २०७३ द्वारा सम्मानित प्रा. डा. गोपाल शिवाकोटी

प्रा. डा. गोपाल शिवाकोटी फरवरी २१, १९४९ मा क्षमावती दोलखामा खडानन्द र हरिप्रियाका सुपुत्रका रूपमा जन्मनुभएको हो । एमए बीएल पीएचडी गर्नुभएका उहाँले २०२४ सालदेखि साहित्यिक पत्रकारिता र २०२७ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ ज्वाला र डेली डायरी साप्ताहिकका सम्पादक हुनुहुन्छ । एसियाली आवाज साप्ताहिकलगायतका पत्रपत्रिकाको सम्पादन, संसद्मा दस वर्षसम्म समीक्षा, सन् १९८२ देखि २०११ सम्म त्रिचन्द्र कलेजमा प्राध्यापन पनि उहाँबाट भएका छन् ।
राजनीतिक शब्दकोश, सामन्तवाद : हत्याहिंसा र षड्यन्त्रको इतिहास, नेपालको राजनीतिक विचारधारा, समकालीन राजनीतिक नेपालका राजनीतिक विचारधारा, किरातजातिको इतिहास र संस्कृति, थारुजातिको इतिहास र संस्कृति, अन्तर्राष्ट्रिय राजनीति, प्रमुख राजनीतिक विचारक, अन्तर्राष्ट्रिय कानुन, तुलनात्मक राजनीति, माक्र्सवादी राजनीतिक शास्त्र, आधुनिक राजनीतिक विश्लेषण लगायत उहाँका दर्जनौँ किताबहरु प्रकाशित छन् । उहाँ श्रमजीवी पत्रकार सङ्घ, नेपाल राजनीतिशास्त्र सङ्घ, नेपाल पत्रकार सङ्घ, प्रेस काउन्सिल नेपाल लगायतका विभिन्न सङ्घसंस्थासँग आबद्ध हुनुभएको छ ।

शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७३ द्वारा सम्मानित गुगुल्डी (साहित्यिक पत्रिका)
‘गुगुल्डी’ का सम्पादक–प्रकाशक वीरबहादुर चन्द ‘विश्राम’ हुनुहुन्छ । नेपालको सुदूरपश्चिम कञ्चनपुर जिल्लाबाट यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । यो पत्रिका नेपाली भाषाको माउ मानिएको डोट्याली भाषामा प्रकाशित हुने साहित्यिक मासिक पत्रिका हो । नेपाल प्रेस काउन्सिलले यस पत्रिकालाई क्षेत्रीय क वर्गमा राखेको छ । नेपालको परिप्रेक्ष्यमा साहित्यिक पत्रिका प्रकाशन गर्नु अत्यन्त कठिन काम हो । त्यसमा पनि केन्द्रीय राजधानीभन्दा बाहिर रहेर डोट्याली भाषामा साहित्यिक पत्रिका प्रकाशन गर्नु साह«ै नै दुष्कर कार्य हो । भाषा–साहित्यप्रतिको प्रेमका कारणले यस्तो दुष्कर कार्य गर्ने वीरबहादुर चन्द निश्चय नै उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । ‘विश्राम’ उहाँको उपनाम हो । ‘गुगुल्डी’ पत्रिकाले डोट्याली भाषालाई लोप हुनबाट बचाउनमा ठूलो भूमिका खेलेको छ ।

शब्दयात्रा फोटो–पत्रकारिता सम्मान, २०७३ द्वारा सम्मानित मङ्गलमोहन श्रेष्ठ
मङ्गलमोहन श्रेष्ठको जन्म सन् १९९४ नोभेम्बर ८ मा काठमाडौँमा भएको हो । कार्य–अनुभवलाई हेर्दा उहाँ सूचना विभागको प्रमुख फोटोग्राफर (सन् १९६३ — १९९४) बनेको, अफिसियल फोटोग्राफरका रूपमा इन्डियन एम्बेसी, अमेरिकन एम्बेसी, चाइनिज एम्बेसी, बङ्गलादेश एम्बेसी र पाकिस्तान एम्बेसी (१९९४ —२०१०) मा रहेको तथा राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको अफिसियल फोटोग्राफरका रूपमा काम गरेको देखिन्छ । नेपालका ७५ वटै जिल्ला तथा रुस, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, सिङ्गापुर र अमेरिकाको भ्रमण गर्नुभएका उहाँले गोरखादक्षिणबाहु पाँचौँ र चौथो, त्रिशक्तिपट्ट चौथो, शुभराज्याभिषेक पदक, सार्क पदक र दीर्घकालीन सेवा पदक पाउनुभएको छ ।

शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७३ द्वारा सम्मानित गौरी (आध्यात्मिक मासिक)
‘गौरी’ मासिक रूपमा प्रकाशन हुने नेपालको प्रसिद्ध आध्यात्मिक पत्रिका हो । अर्जुन लामिछानेको सम्पादन–प्रकाशनमा यो पत्रिका हालसम्म १२५ अङ्क प्रकाशन भइसकेको छ । अब यो पत्रिका बाह«ौँ वर्षमा प्रवेश गर्दैछ । खेमराज केशवशरण, प्रा. शिवगोपाल रिसाल जस्ता विद्वत्वर्गको परामर्शमा प्रकाशन हुने यस पत्रिकामा सुन्दर, ज्ञानवद्र्धक र प्रेरणादायी आध्यात्मिक लेख–रचनाहरू पढ्न पाइन्छ । हिन्दूधर्म–संस्कृतिमाथि प्रहार हुँदै गइरहेको वर्तमान अवस्थामा पूर्वीय वाङ्मय र मौलिक अस्तित्वको रक्षा र प्रवद्र्धनका निम्ति ‘गौरी’ जस्ता आध्यात्मिक क्षेत्र समेट्ने पत्रिकाको गरिमा र महàव निश्चय नै उच्च स्तरको छ ।

सम्मानित व्यक्तित्व चयन समिति
एक्कुमाया पुन (संयोजक) : एक्कुमाया पुन काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छिन् । अङ्ग्रेजी साहित्यमा विशेष दखल भएकी पुनका विभिन्न अनुसन्धानात्मक लेखहरू स्वदेश तथा विदेशका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गरिएका छन् । साहित्यको अध्यापन, समालोचना, उपन्यास र सांस्कृतिक अध्ययन उनलाई मन पर्ने र विशेषज्ञता पनि भएका विधाहरू हुन् ।
एकप्रसाद दुवाडी (सदस्य) : एकप्रसाद दुवाडी काठमाडौँ विश्वविद्यालयमा अङ्ग्रेजी विषयका सहायक प्रोफेसर हुन् । शिक्षण र अनुसन्धानमा रुचि राख्ने उनका लेखहरू नेपाल, भारत, बेलायत, अमेरिका र अस्ट्रेलियाका प्रतिष्ठित संस्थाबाट प्रकाशित छन् । उनी नेपाली साहित्य र समीक्षामा पनि रुचि राख्छन् । ‘नेपालका अस्पतालहरूमा डाक्टर र बिरामीहरूको संवाद–ढाँचा’ मा विद्यावारिधि गर्दै गरेका उनी फुर्सदको समय लेखन र शैक्षिक प्रशिक्षणमा बिताउँछन् ।
सम्बोजन लिम्बू (सदस्य) : सम्बोजन लिम्बू काठमाडौँ विश्वविद्यालय स्कुल अफ लसँग आबद्ध छन् । उनले कानुन विषयमा स्नातकोत्तर गरेका छन् । आफ्नो विधागत क्षेत्रका उहाँ ज्ञाता मानिन्छन् । सामाजिक न्यायका लागि आफ्ना स्वतन्त्र विचारहरूको प्रकाशनमा पनि उनी सक्रिय रहेका छन् । ताप्लेजुङ जिल्लामा जन्मेर झापा जिल्लामा बसोवास गर्ने परिवारका एक सदस्य उनी हाल भक्तपुर जिल्लाको गट्ठाघरमा बसोवास गर्छन् ।
भरतकुमार श्रेष्ठ (सदस्य) : भरतकुमार श्रेष्ठ काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्समा प्रशासकीय अधिकृत (०३) पदमा कार्यरत छन् । तनहूँमा जन्मेका उनले एमबीएसम्मको अध्ययन गरेका छन् । सन् १९९५ मा काठमाडौँ विश्वविद्यालयको सेवा प्रारम्भ गरेका उनी अफिस असिस्टेन्ट, सिनियर असिस्टेन्ट, एडमिनिस्ट्रेसन अफिसरको १ र २ तह पार गर्दै तेस्रो तहमा पुगेका हुन् । उनले विभिन्न तालिम लिएका छन् र विभिन्न संस्थामा आबद्ध छन् ।

२०७३ भदौ १४ गते सार्वजनिक गरिने कृतिका कृतिकारहरू
सरस्वती शर्मा सुवेदी
जन्मस्थान : शङ्करपोखरी — ९, पर्वत । गृहस्थान : चाबहिल, काठमाडौँ । शिक्षा : स्नातक । पेसा : शिक्षण । बसोवास : धुलिखेल, काभ्रे । प्रकाशन : एक पुस्तक

भरतराज महत
जन्ममिति : १९ असार १९९३ । जन्मस्थान : पस्थली, खोपासी, काभ्रे । शिक्षा : रेन्जर कोर्स । सेवाक्षेत्र : सरकारी सेवा, समाजसेवा र लेखनसेवा । प्रकाशन : छवटा कृति (एउटा अङ्ग्रेजी भाषामा अनूदित)

ज्ञानेन्द्रराज भट्टराई
जन्ममिति : २० पुस २००५ । जन्मस्थान : फालीकोट, देउराली — २, भोजपुर । शिक्षा : साहित्यशास्त्री (वाराणसी) । सेवा : ओखलढुङ्गा, सोलुखुम्बू र भोजपुर गरी तीन जिल्लामा तेत्तीस वर्ष शिक्षण । प्रकाशन : एक पुस्तक

श्रीधर प्याकु¥याल
जन्ममिति : ३१ साउन २०१३ । जन्मस्थान : पातलेखेत, काभ्रेपलाञ्चोक । बसोबास : कपन, काठमाडौँ । शिक्षा : एसएलसी । सेवा : सरकारी सेवा र लेखनसेवा । प्रकाशन : नौवटा कृति

कुलबहादुर बन्जारा
जन्ममिति : २००३ साल माघ १ गते । जन्मस्थान : मङ्गलटार, काभ्रेपलाञ्चोक । शिक्षा : सामान्य लेखपढ । सेवा : नेपाली सेना तथा अन्य । बसोवास : बनेपा, काभ्रे । प्रकाशन : एक पुस्तक

२०७३ सालको हरिगोपाल प्रधान कदरपत्र पाउने काभ्रेली पत्रकारहरू
रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारी