Home Blog Page 214

अभिनेत्री लक्ष्मी गिरीलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले यही मङ्सिर महिनामा गरिने सम्मान समर्पण समारोहमा नेपाली चलचित्रहरूमा चरित्र अभिनेत्रीका रूपमा सशक्त अभिनय गर्ने महिला प्रतिभा लक्ष्मी गिरीलाई पनि सम्मान गर्ने भएको छ ।
यसैपटकदेखि राष्ट्रिय स्तरमा योगदान गर्ने महिला प्रतिभालाई सम्मान गर्ने गरी ‘मनका श्रेष्ठ महिला प्रतिभा सम्मान’ को स्थापना गरिएकाले अभिनय क्षेत्रमा सक्रिय लक्ष्मी गिरीलाई सम्मान गर्न लागिएको हो ।
सम्मान गर्दा उपहार, किरीट र अभिवन्दनापत्रका साथमा ५ हजार रुपियाँ समर्पण गर्ने गरिन्छ ।
यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी स्वर्गीय मनका श्रेष्ठको स्मृतिमा लेखक द्रोणप्रसाद श्रेष्ठले गर्ने व्यवस्था मिलाइएको छ ।

सम्मान थप

0

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा सम्मान समर्पण गर्दा अर्को एक विधामा पनि सम्मान थप गरी समर्पण गर्ने भएको छ । थप सम्मानका रूपमा राष्ट्रिय स्तरमा योगदान गर्ने महिला प्रतिभालाई सम्मान गरिनेछ ।
उक्त सम्मानका लागि योग्य महिला प्रतिभाको नाउँ सिफारिस गरी यासम्भव शीघ्र संस्थामा उपलब्ध गराइदिन शब्दयात्रा प्रकाशनले अनुरोध गरेको छ ।
शब्दयात्रा प्रकाशनले यसअघि विभिन्न १६ विधाका सम्मानको स्थापना र आर्थिक व्यवस्थापन गरिसकेको छ ।

‘रचनापछिका विवेचना’ छापिने

0

शब्दयात्रा प्रकाशनको ७५ औँ प्रकाशनपुष्पका रूपमा ‘विचारहरूको बिटो’ नामक विचारसङ्ग्रह प्रकाशन गरिने भएको छ । उक्त पुस्तकलाई आगामी मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनद्वारा आयोजना गरिने विशेष कार्यक्रममा सार्वजनिक गरिनेछ ।
‘विचारहरूको बिटो’ मा यस पुस्तकका सम्पादक साहित्यकार द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ द्वारा यसअघि लिखित ‘मेरा पिता र म’ तथा उहाँद्वारा नै यसअघि सम्पादित ‘चण्डिप्रसाद परिक्रमा’ नामका दुई पुस्तकलाई सार्वजनिक गर्ने क्रममा व्यक्त गरिएका मन्तव्यहरू सङ्ग्रह गरिएको छ । पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठ, समालोचक डा. मोहन हिमांशु थापा, निबन्धकार तेजेश्वरबाबु ग्वंगः, गायिका उर्मिला श्रेष्ठ, ग्रन्थसम्पादक हरि मञ्जुश्री, लघुकथाकार श्रीओम श्रेष्ठ रोदन, समाजसेवी ईश्वरप्रसाद श्रेष्ठ र समाजसेवी मनका श्रेष्ठले उल्लिखित दुई पुस्तकहरूका साथै लेखक तथा सम्पादक द्रोणप्रसाद श्रेष्ठ र उहाँका पिता चण्डिप्रसाद श्रेष्ठका विषयमा विचारहरू व्यक्त गरेका थिए ।

‘अग्निजल’ माथि अन्तर्विमर्श

0

मीरा चापागाईं पौड्यालद्वारा लिखित प्रकाशोन्मुख कवितासङ्ग्रह ‘अग्निजल’ माथि शब्दयात्रा प्रकाशनको आयोजनामा प्रकाशनपूर्व नै अन्तर्विमर्श कार्यक्रमको आयोजना गरियो । शब्दयात्रा प्रकाशनको कार्यालयमा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्का र शिक्षासेवी रमेश पौड्यालको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ‘अग्निजल’ माथि साहित्यकारहरू डा. श्याम भट्टराई, शारदाप्रसाद शर्मा, भवानी पाण्डे र रामसुन्दर देउजाले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
‘अग्निजल’ लाई शब्दयात्रा प्रकाशनले ७४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशन गरी आगामी मङ्सिर महिनामा सार्वजनिक गर्ने भएको छ । उल्लिखित साहित्यकारहरूका अतिरिक्त साहित्यिक पत्रकार तथा साहित्यकार मोहन दुवालको समेत मन्तव्य राखिएको उक्त कवितासङ्ग्रहमा एक सय बीसवटा गद्यकविताहरू सङ्गृहीत छन् ।

शब्दयात्राबाट चार व्यक्तित्व सम्मानित हुने

0

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा सम्मान गर्ने चार व्यक्तित्वको नाम चयन गरेको छ । गत कार्तिक २६ गते शुक्रबार सम्मानित व्यक्तित्व चयन समितिको बैठकले सिफारिस गरेबमोजिम सम्मान गरिने व्यक्तित्वको चयन गरिएको हो ।
चयन समितिको सिफारिसअनुसार २०७३ सालको शब्दयात्रा अनुसन्धान सम्मानबाट डा. त्रिरत्न मानन्धर, शब्दयात्रा समालोचना सम्मानबाट डा. गार्गी शर्मा, शब्दयात्रा बालसाहित्य सम्मानबाट देवीप्रसाद वनवासी र शब्दयात्रा कविता–काव्य सम्मानबाट रमेश खकुरेललाई सम्मान गरिनेछ ।
गत वर्ष यी सम्मानहरूबाट रमा शर्मा, डा. कुमारबहादुर जोशी, कृष्णप्रसाद दुवाल र कृष्ण जोशी सम्मानित हुनुभएको थियो ।
सम्मानित व्यक्तित्व चयन समितिमा डा. पुरुषोत्तम खरेल संयोजक तथा डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली हुनुहुन्छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन सकुल थापा, हरिगोपाल प्रधान, गोपाल पराजुली र कविप्रसाद प्याकु¥याल हुनुहुन्छ ।

रोजगारी चाहनेले सम्पर्क राख्नुहोस्

0

आध्यात्मिक, साहित्यिक, राजनीतिक आदि विभिन्न विधाका पुस्तकहरू, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरू, स्टेसनरी र खेलकुदका सामानहरू घुम्ती पुस्तक पसलमा राखी बिक्री गरेर आय आर्जन गर्न चाहने परिश्रमी, इमानदार र स्वाभिमानी व्यक्तिले शब्दयात्रा प्रकाशनमा संस्थामा सम्पर्क राख्नुहोला । पसल, पुस्तक, पत्रिका र अन्य सामानहरू शब्दयात्रा प्रकाशनले नै उपलब्ध गराइदिनेछ ।

सम्मानित व्यक्तित्व चयन समिति गठन

0

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा समर्पण गर्ने चार विधाको सम्मानका लागि उपयुक्त व्यक्ति वा संंस्थाको चयन गर्नका लागि ‘सम्मानित व्यक्तित्व चयन समिति’ को गठन गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित यो १७ औँ चयन समिति हो ।
उक्त समितिमा डा. पुरुषोत्तम खरेल संयोजक तथा डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
हरेक वर्षको मङ्सिर महिनामा समर्पण गरिने चार विधाको सम्मानका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले सिफारिस गरी पठाउनुभएका व्यक्ति वा संस्थाका नाउँहरूमध्येबाट चयन समितिले उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्नेछ । उक्त समितिले चयन गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।
सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी पठाउन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक) र ‘शब्दसञ्चार (साप्ताहिक रेडियो कार्यक्रम) बाट सार्वजनिक आह्वान गरिसकिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा बालसाहित्य, समालोचना, अनुसन्धान र कविता–काव्य विधामा सम्मान गर्ने गरेको छ । सम्मान गरिँदा नगद ५ हजार रुपियाँ, उपहार र किरीटका साथमा अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन गोपाल पराजुली, हरिगोपाल प्रधान, सकुल थापा र कविप्रसाद प्याकु¥यालले गर्नुभएको छ ।

शब्दयात्राले खेल्यो देउसी–भैलो

0

शब्दयात्रा प्रकाशनले गत कार्तिक १४ गते बनेपामा ‘शब्दयात्रा देउसी–भैलो कार्यक्रम’ सम्पन्न ग¥यो । प्रबन्धक शारदाप्रसाद शर्माको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समितिबाट हरि मञ्जुश्री, सुमन खड्का, सकुल थापा र श्यामकृष्ण लम्साल, कलाकार समाजबाट मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा र रामहरि न्यौपाने, नारी स्रष्टा समाजबाट पुण्यवती घले, भवानी पाण्डे र गीता मञ्जुश्री, लेखक समाजबाट रामप्रसाद शर्मा तिमल्सिना र उद्धवप्रसाद नेपाल, पत्रकार समाजबाट शिवप्रसाद बन्जारा, सम्मान व्यवस्थापक समाजबाट रमेश पौड्याल, पाठक समाजबाट दामोदर घिमिरेलगायतको सहभागिता रहेको थियो । अन्य सहभागीहरूमा तुतुकाजी प्रणामी श्रेष्ठ, जगन्नाथ गिरी, पूर्णबहादुर कार्की, डिल्लीराम निरौला, शकुन्तला बन्जारा, रोशन मञ्जुश्री आदि हुनुहुन्थ्यो ।
दिउँसो २ बजेदेखि ६ बजेसम्म देउसी–भैलो खेल्दा जम्मा ३४ हजार ७ सय ३६ रुपियाँ सङ्कलन भएको कुरा प्रबन्धक शारदाप्रसाद शर्माले जानकारी गराउनुभएको छ ।

शब्दयात्रा पाठक समाज गठन

0

शब्दयात्रा प्रकाशनसँग सम्बन्धित पुस्तक–पत्रिकाका पाठकहरू, रेडियो कार्यक्रमका श्रोताहरू र सम्मान कार्यक्रमका सहभागीहरूको सहभागिता रहने गरी ‘शब्दयात्रा पाठक समाज’ को गठन गरिएको छ ।
हालका लागि ९ जना सदस्य रहने गरी दामोदर घिमिरेको संयोजकत्वमा गठित ‘शब्दयात्रा पाठक समाज’ मा पदमनाथ ढुङ्गाना, सुदर्शन आचार्य, गीता कुँवर, सिना ढकाल, मनकुमारी दाहाल, पुण्यप्रसाद निरौला, तीर्थमाया श्रेष्ठ र नारायण नापित सदस्य रहनुभएको छ । सदस्यहरूको सङ्ख्या थप गर्दै जाने व्यवस्था गरिएको छ ।
शब्दयात्रा प्रकाशनबाट प्रस्तुत गरिएका पुस्तक–पत्रिका, रेडियो कार्यक्रम, सम्मान कार्यक्रम र अन्य विविध प्रस्तुतिहरूको प्रभावकारिताका विषयमा जनस्तरीय मूल्याङ्कन गर्दै त्यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ र आम पाठक, श्रोता तथा दर्शकहरूले कस्ता सामग्री र प्रस्तुतिहरू खोजेका छन् भन्ने कुरा पत्ता लगाई त्यसका आधारमा सुझाव प्रस्तुत गर्न एवं लेखक र पाठकका बीचमा अन्तरसंवादको कार्यक्रम सञ्चालन गर्न ‘शब्दयात्रा पाठक समाज’ को गठन गरिएको कुरा संयोजक दामोदर घिमिरेले जानकारी गराउनुभएको छ ।
‘शब्दयात्रा पाठक समाज’ ले हरेक महिनाको दोस्रो मङ्गलबार शब्दयात्रा प्रकाशनको कार्यालयमा नियमित बैठक गर्ने निर्णय पनि गरेको छ ।
‘शब्दयात्रा पाठक समाज’ का संयोजक दामोदर घिमिरेले शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘अक्षरसेवी सहयोग कोष’ मा दैनिक ५ रुपियाँका दरले आर्थिक सहयोग गर्ने गर्नुभएको छ ।

कार्तिक १४ गते शब्दयात्राको देउसी–भैलो

0

शब्दयात्रा प्रकाशनले आगामी कार्तिक १४ गते देउसी–भैलो खेल्ने भएको छ । गत वर्षदेखि शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्न थालेको हो ।
नेपालीको सांस्कृतिक परिचय कायम राख्नका लागि देउसी–भैलोलाई पनि जीवन्तता दिनुपर्ने भएको हुँदा
शब्दयात्रा प्रकाशनले देउसी–भैलो खेल्नका लागि आफ्ना शुभेच्छुक सम्पूर्ण मित्रहरूलाई आग्रह गरेको छ ।