शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा सम्मान गर्ने चार व्यक्तित्वको नाम चयन गरेको छ । गत कार्तिक २६ गते शुक्रबार सम्मानित व्यक्तित्व चयन समितिको बैठकले सिफारिस गरेबमोजिम सम्मान गरिने व्यक्तित्वको चयन गरिएको हो ।
चयन समितिको सिफारिसअनुसार २०७३ सालको शब्दयात्रा अनुसन्धान सम्मानबाट डा. त्रिरत्न मानन्धर, शब्दयात्रा समालोचना सम्मानबाट डा. गार्गी शर्मा, शब्दयात्रा बालसाहित्य सम्मानबाट देवीप्रसाद वनवासी र शब्दयात्रा कविता–काव्य सम्मानबाट रमेश खकुरेललाई सम्मान गरिनेछ ।
गत वर्ष यी सम्मानहरूबाट रमा शर्मा, डा. कुमारबहादुर जोशी, कृष्णप्रसाद दुवाल र कृष्ण जोशी सम्मानित हुनुभएको थियो ।
सम्मानित व्यक्तित्व चयन समितिमा डा. पुरुषोत्तम खरेल संयोजक तथा डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली हुनुहुन्छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
उल्लिखित सम्मानहरूको आर्थिक व्यवस्थापन सकुल थापा, हरिगोपाल प्रधान, गोपाल पराजुली र कविप्रसाद प्याकु¥याल हुनुहुन्छ ।