शब्दयात्रा प्रकाशनसँग सम्बन्धित पुस्तक–पत्रिकाका पाठकहरू, रेडियो कार्यक्रमका श्रोताहरू र सम्मान कार्यक्रमका सहभागीहरूको सहभागिता रहने गरी ‘शब्दयात्रा पाठक समाज’ को गठन गरिएको छ ।
हालका लागि ९ जना सदस्य रहने गरी दामोदर घिमिरेको संयोजकत्वमा गठित ‘शब्दयात्रा पाठक समाज’ मा पदमनाथ ढुङ्गाना, सुदर्शन आचार्य, गीता कुँवर, सिना ढकाल, मनकुमारी दाहाल, पुण्यप्रसाद निरौला, तीर्थमाया श्रेष्ठ र नारायण नापित सदस्य रहनुभएको छ । सदस्यहरूको सङ्ख्या थप गर्दै जाने व्यवस्था गरिएको छ ।
शब्दयात्रा प्रकाशनबाट प्रस्तुत गरिएका पुस्तक–पत्रिका, रेडियो कार्यक्रम, सम्मान कार्यक्रम र अन्य विविध प्रस्तुतिहरूको प्रभावकारिताका विषयमा जनस्तरीय मूल्याङ्कन गर्दै त्यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ र आम पाठक, श्रोता तथा दर्शकहरूले कस्ता सामग्री र प्रस्तुतिहरू खोजेका छन् भन्ने कुरा पत्ता लगाई त्यसका आधारमा सुझाव प्रस्तुत गर्न एवं लेखक र पाठकका बीचमा अन्तरसंवादको कार्यक्रम सञ्चालन गर्न ‘शब्दयात्रा पाठक समाज’ को गठन गरिएको कुरा संयोजक दामोदर घिमिरेले जानकारी गराउनुभएको छ ।
‘शब्दयात्रा पाठक समाज’ ले हरेक महिनाको दोस्रो मङ्गलबार शब्दयात्रा प्रकाशनको कार्यालयमा नियमित बैठक गर्ने निर्णय पनि गरेको छ ।
‘शब्दयात्रा पाठक समाज’ का संयोजक दामोदर घिमिरेले शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित ‘अक्षरसेवी सहयोग कोष’ मा दैनिक ५ रुपियाँका दरले आर्थिक सहयोग गर्ने गर्नुभएको छ ।