शब्दयात्रा प्रकाशनले यही मङ्सिर महिनामा गरिने सम्मान समर्पण समारोहमा नेपाली चलचित्रहरूमा चरित्र अभिनेत्रीका रूपमा सशक्त अभिनय गर्ने महिला प्रतिभा लक्ष्मी गिरीलाई पनि सम्मान गर्ने भएको छ ।
यसैपटकदेखि राष्ट्रिय स्तरमा योगदान गर्ने महिला प्रतिभालाई सम्मान गर्ने गरी ‘मनका श्रेष्ठ महिला प्रतिभा सम्मान’ को स्थापना गरिएकाले अभिनय क्षेत्रमा सक्रिय लक्ष्मी गिरीलाई सम्मान गर्न लागिएको हो ।
सम्मान गर्दा उपहार, किरीट र अभिवन्दनापत्रका साथमा ५ हजार रुपियाँ समर्पण गर्ने गरिन्छ ।
यस सम्मानको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी स्वर्गीय मनका श्रेष्ठको स्मृतिमा लेखक द्रोणप्रसाद श्रेष्ठले गर्ने व्यवस्था मिलाइएको छ ।