Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

‘वैदिक सम्पदाको विश्वव्यापिता’ सार्वजनिक

हरि मञ्जुश्रीद्वारा लिखित ‘वैदिक सम्पदाको विश्वव्यापिता’ नामक पुस्तक आज असोज १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शिक्षासेवीद्वय पूर्णबहादुर...
HomeActivitiesसम्मानित व्यक्तित्व चयन समिति गठन

सम्मानित व्यक्तित्व चयन समिति गठन

शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा समर्पण गर्ने चार विधाको सम्मानका लागि उपयुक्त व्यक्ति वा संंस्थाको चयन गर्नका लागि ‘सम्मानित व्यक्तित्व चयन समिति’ को गठन गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित यो १७ औँ चयन समिति हो ।
उक्त समितिमा डा. पुरुषोत्तम खरेल संयोजक तथा डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
हरेक वर्षको मङ्सिर महिनामा समर्पण गरिने चार विधाको सम्मानका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूले सिफारिस गरी पठाउनुभएका व्यक्ति वा संस्थाका नाउँहरूमध्येबाट चयन समितिले उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्नेछ । उक्त समितिले चयन गरेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।
सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ सिफारिस गरी पठाउन ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक) र ‘शब्दसञ्चार (साप्ताहिक रेडियो कार्यक्रम) बाट सार्वजनिक आह्वान गरिसकिएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा बालसाहित्य, समालोचना, अनुसन्धान र कविता–काव्य विधामा सम्मान गर्ने गरेको छ । सम्मान गरिँदा नगद ५ हजार रुपियाँ, उपहार र किरीटका साथमा अभिवन्दनापत्र समर्पण गर्ने गरिएको छ । यी सम्मानहरूको आर्थिक व्यवस्थापन गोपाल पराजुली, हरिगोपाल प्रधान, सकुल थापा र कविप्रसाद प्याकु¥यालले गर्नुभएको छ ।