शब्दयात्रा सहयोगी समाजको पुनर्गठन गरिएको छ । गत वैशाख ९ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको भेलाले उक्त समाजको पुनर्गठन गरेको हो । पुनर्गठनपछि शिक्षासेवी रामप्रसाद अधिकारी समाजको सर्वसम्मत संयोजक बन्नुभएको छ । यसअघि पनि उहाँ नै संयोजक हुनुहुन्थ्यो ।
समाजको सदस्यमा समाजसेवीद्वय गणेशदास उलक र त्रिरत्न रन्जितकार, लोकगायक मच्छेश्वर सापकोटा, स्वास्थ्यकर्मी प्रकाशबहादुर कायस्थ, साहित्यकार सोमकाजी शाक्य र लेखक पूर्णबहादुर कर्माचार्य रहनुभएको छ । अन्य सदस्यहरू थप गर्दै जाने निर्णय पनि गरिएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो । भेलामा सञ्चालक सदस्यबाट सकुल थापा, शब्दयात्रा लेखक समाजबाट उद्धवप्रसाद नेपाल, शब्दयात्रा नारीस्रष्टा समाजबाट भवानी पाण्डे, शब्दयात्रा पत्रकार समाजबाट शिव बन्जारा आदिको पनि उपस्थिति रहेको थियो ।