के तपाईं ………….

१. ‘नेपालभूमि’ (विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिका) निःशुल्क पढ्न र त्यसमा आफ्ना रचना प्रकाशन गराउन चाहनुहुन्छ ?
२. ‘अक्षरधाम’ (साहित्यिक पत्रिका) निःशुल्क पढ्न र त्यसमा आफ्ना रचना प्रकाशन गराउन चाहनुहुन्छ ?
३. ‘शब्दसंवाद’ (प्रवचन कार्यक्रम) मा सहभागी भएर प्रवचन सुन्न र आफैँ पनि प्रवचन गर्न चाहनुहुन्छ ?
४. ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम) मा आफ्ना रचनाहरू र अन्तर्वार्ता प्रसारण गर्न चाहनुहुन्छ ?
५. शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तक निःशुल्क र केही पुस्तक आधा मूल्यमा लिन चाहनुहुन्छ ?
६. आफ्ना पुस्तकहरूको समीक्षा लेखियोस्, पत्रिकामा छापियोस् र रेडियोमा पनि बजोस् भन्ने चाहनुहुन्छ ?
७. आफ्नो पुस्तक शुद्ध र स्तरीय रूपमा छापिएर सार्वजनिक र बिक्री गर्न सकियोस् भन्ने चाहनुहुन्छ ?
८. आफू वा आफ्ना मान्यवरको नाउँमा अक्षयकोष राखी सम्मानको स्थापना र समर्पण गर्न चाहनुहुन्छ ?
९. ऐतिहासिक व्यक्ति र पुराताàिवक वस्तुहरूको अन्वेषण–अनुसन्धान गर्न–गराउन चाहनुहुन्छ ?
१०. जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदिसहितको पुस्तक लेख्न–लेखाउन र छपाउन चाहनुहुन्छ ?
११. स्मारिका, स्मृतिग्रन्थ र अभिनन्दनग्रन्थको सम्पादन र प्रकाशन गर्न–गराउन चाहनुहुन्छ ?
१२. आफ्नो संस्थाको कार्यक्रमलाई शब्दयात्रा प्रकाशनले सघाइदेओस् भन्ने चाहनुहुन्छ ?
१३. अक्षराङ्कन, अनुवाद, भाषिक शुद्धीकरण, भूमिकालेखन आदि काममा सहयोग चाहनुहुन्छ ?
१४. नेपाली भाषा, व्याकरण, लेखन, शुद्धीकरण, सम्पादन, छन्द आदिको शिविरमा सहभागी हुन चाहनुहुन्छ ?
१५. शब्दयात्रा प्रकाशनका हरेक कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ ?
१६. ठूलो संस्थामा आबद्ध भएर आफ्नो व्यक्तित्वलाई पनि फराकिलो बनाई समाज र राष्ट्रमा आफ्नो र परिवारको कीर्ति फैलाउन चाहनुहुन्छ ?
१७. समाज र देशलाई केही न केही योगदान दिनु मेरो दायित्व हो भन्ने सम्झेर सामूहिक प्रयासबाट सफल र राम्रो काम गर्न चाहनुहुन्छ ?
१८. आफ्नो ठाउँलाई सर्वत्र चिनाउने खालको गौरवशाली र ऐतिहासिक काम गरेर आफ्ना भावी सन्ततिका लागि उदाहरणीय व्यक्ति बन्न चाहनुहुन्छ ?
१९. आफूले गरेका कामको अभिलेख राखियोस् र आफ्ना बारेमा पुस्तक निकालिदिऊन् भन्ने चाहनुहुन्छ ?
२०. आफ्नो योगदान, कृति र व्यक्तित्व विद्युतीय सञ्चार–माध्यमबाट संसारभरि फैलियोस् भन्ने चाहनुहुन्छ ?
२१. आफ्नो व्यापार–व्यवसाय र उद्यमलाई अझै वृद्धि गर्न चाहनुहुन्छ ?
२२. आवश्यक परेको समयमा जुनसुकै प्रकारको सहयोग गर्ने वातावरण बनिरहोस् भन्ने चाहनुहुन्छ ?
चाहनुहुन्छ भने शब्दयात्रा प्रकाशनसँग जोडिनुहोस् । त्यसका लागि लेखक समाज, पत्रकार समाज, कलाकार समाज, नारी स्रष्टा समाज, पाठक समाज, सहयोगी समाज, सम्मान व्यवस्थापक समाज, विश्वसम्पर्क समाज, शिक्षक समाज र विद्यार्थी समाजमध्ये आफ्नो क्षेत्रअनुसार कुनै पनि समाजमा सहभागी हुनुहोस् । अनि गौरवसाथ भन्नुहोस् —
शब्दयात्रा प्रकाशन मेरो हो, यसैबाट
म गर्छु मेरा लागि, मेरो परिवारका लागि
म गर्छु मेरो समाजका लागि, मेरो देशका लागि ।
जानकारी लिन र संस्थासँग आबद्ध हुन सम्पर्क गर्नुहोस् —

शब्दयात्रा प्रकाशन