गत २०७४ साल वैशाख ५ गते मङ्गलबार अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एघाह«ौँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपबाट समाजसेवी सिद्धिबहादुर कर्माचार्यले आफ्नो पारिवारिक वंशपरिचय र समाजसेवामा संलग्न रहेको आफ्नो जीवनयात्रा सङ्क्षिप्त रूपमा अभिव्यक्त गर्दै नाला क्षेत्रको इतिहास र नाला भगवतीका बारेमा विभिन्न जानकारीहरू प्रस्तुत गर्नुभयो ।
शब्दयात्रा लेखक समाजका सदस्य अग्रज लेखक भरतराज महतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ‘शब्दसंवाद’ का बारेमा संयोजक पदमनाथ ढुङ्गानाले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । प्रमुख वक्ताको वक्तव्यपछि शब्दयात्रा लेखक समाजका ओतबहादुर खड्का र रामप्रसाद शर्मा तिमल्सिनाले टिप्पणी गर्नुभएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा प्रकाशन सम्मानित व्यक्तित्व चयन समितिका सदस्यहरू डिल्लीराम निरौला, मच्छेश्वर सापकोटा, फणीन्द्रराज अधिकारी र जगन्नाथ गिरी, समाजसेवीत्रय लक्ष्मी गौतम, विष्णुहरि तिमल्सिना र कुलप्रसाद तिमल्सिना, सञ्चारकर्मी सुदर्शन आचार्य ‘सागर’, शब्दयात्रा लेखक समाजका सदस्य तुतुकाजी प्रणामी श्रेष्ठ, ‘शब्दसञ्चार’ कार्यक्रमका सञ्चालक शिव बन्जारा र सजना आचार्य, हंसदा योग आश्रमका स्वामीद्वय ऋषिकुमार पञ्चशील र ऋषिकुमार शशिभास्करम्, ‘नेपालभूमि साप्ताहिक’ का व्यवस्थापक दीपक तिमल्सिना, रघुनाथ कपाली, षडानन्द गौतम, पूर्णमाया कर्माचार्य आदिको समुपस्थिति रहेको थियो ।