Home Blog Page 199

सालिकका लागि आर्थिक सहयोग

0

नेपाली भाषा–साहित्य, शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता र गीत–सङ्गीत क्षेत्रका अग्रज प्रतिभाहरूको सालिक निर्माण गरी बनेपाको एकै ठाउँमा स्थापना गर्ने शब्दयात्रा प्रकाशनको ऐतिहासिक अभियानमा सरिक भई उक्त कार्य सफल पार्नका लागि आर्थिक सहयोग गर्न दाताहरू उत्साहित देखिनुभएको छ र आर्थिक सहयोग पनि प्राप्त भइरहेको छ ।
यसै क्रममा काभ्रे तेमालनिवासी कवयित्री भवानी पाण्डेले आफ्ना पिताजीको स्मृतिमा पाँच हजार एक सय रुपियाँ, काभ्रे पनौतीनिवासी शिक्षासेवी रमेश पौड्याल र कवयित्री मीरा पौड्यालले पाँच हजार एक सय रुपियाँ र धुलिखेलनिवासी समाजसेवी जगन्नाथ गिरीले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक सहयोग गर्नका लागि अन्य व्यक्तिहरूबाट पनि आश्वासन प्राप्त भइरहेको छ ।

कानुनी सल्लाहकारमा हरिप्रसाद ढुङ्गेल

0

शब्दयात्रा प्रकाशनको अवैतनिक कानुनी सल्लाहकारको जिम्मेवारी अधिवक्ता हरिप्रसाद ढुङ्गेलले सम्हाल्ने हुनुभएको छ । बनेपा नगरपालिका क्षेत्रको भीमसेनपाटी (हाल भैँसेपाटी) निवासी श्री ढुङ्गेल हाल बन्द रहेको ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्च’ पत्रिकाका सम्पादक–प्रकाशक पनि हुनुहुन्छ । उहाँ शब्दयात्रा प्रकाशनको बाह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका संयोजक पनि बनिसक्नुभएको छ ।
अवैतनिक कानुनी सल्लाहकारका रूपमा शब्दयात्रा प्रकाशनसँग आबद्ध बनी सहयोग गर्ने हुनुभएकोमा अधिवक्ता हरिप्रसाद ढुङ्गेलप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।

‘शब्दसंवाद’ मा कृष्णमणि कुइँकेल

0

हरेक शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा शब्दयात्रा प्रकाशनबाट आयोजना गरिने साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सत्रौँ शृङ्खलामा गत २०७४ साल जेठ १९ गते शब्दयात्रा प्रकाशनका जग्गादाता समाजसेवी कृष्णमणि कुइँकेल प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । उहाँले बनेपा नगरपालिका वडा नं. ६ को विकासमा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समिति, नैमिषारण्य संस्कृत गुरुकुलम्, शब्दयात्रा प्रकाशन, नीलकण्ठेश्वरधाम, शान्ति सेवा आश्रम आदिबाट गरिएको र हुन सक्ने योगदान, एकीकृत वृहत् परियोजना र ती संस्थाहरूसँग आफ्नो आबद्धताको प्रसङ्ग आदिका विषयमा वक्तव्य प्र्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले स्वागत गर्नुभएको र महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका शब्दयात्रा प्रकाशन र यसका गतिविधिका बारेमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सभापतित्व लेखक पूर्णबहादुर कर्माचार्यले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सच्चिदानन्द के. सी., मच्छेश्वर सापकोटा, छविलाल कुइँकेल, तुतुकाजी प्रणामी श्रेष्ठ, शिव बन्जारा, गीता कुइँकेल, ओतबहादुर खड्का, शकुन्तला बन्जारा, सिद्धिबहादुर कर्माचार्य, वासुदेव कुइँकेल, हरिश्चन्द्र घिमिरे, माधवप्रसाद पराजुली, हीरामान लामा, सुदर्शन आचार्य आदिको उपस्थिति रहेको थियो ।

राजनीतिक शब्दको यात्रामा

0

नेपालको राजनीतिक वृत्तमा देखापरेका परिवर्तनहरूले शब्द र भाषा अनि तिनीहरूका अर्थगौरव र शिल्पसौन्दर्यलाई पनि आफ्नो प्रभावक्षेत्रभित्र पारिरहेका छन् । त्यसले गर्दा लेखन, सम्पादन, पत्रकारिता, प्रकाशन, शिक्षण, व्याख्यान आदि क्षेत्रमा संलग्न रहेका व्यक्तिहरूलाई कठिनाइ परिरहेको छ । बौद्धिक वर्ग सम्मिलित सङ्गोष्ठीहरूबाट त्यस्ता समस्याहरूको निरूपण गर्नु आवश्यक भइसकेको छ ।
राजनीतिक दृष्टिबाट हेर्दा पार्टीको सदस्य र पार्टीको कार्यकर्ताका बीचमा ताàिवक अन्तर के छ, त्यसमा स्पष्ट हुनु आवश्यक देखिन्छ । आदर्श र सिद्धान्त, यी दुई शब्दले के–के अर्थ बोक्छन्, राष्ट्रियता शब्दको वास्तविक अर्थ के हो, राष्ट्र र राज्यमा के भिन्नता छ, कार्यक्रम र रणनीतिमा के फरक छ, प्रजातन्त्र र लोकतन्त्र शब्दको तात्पर्यमा के–के पृथकता रहेको छ, समाजवाद एवं साम्यवाद शब्दलाई कसरी बुझ्ने, गणतन्त्र भनेको के हो, सङ्घीयता कस्तो स्वरूपलाई भनिन्छ, पार्टी के हो र गुट–उपगुट भनेको के हो, यस्ता थुप्रै प्रश्नहरूको वास्तविक उत्तर आम पाठकवर्ग खोजी गरिरहेका छन् । किनभने फरक–फरक राजनीतिक दलका फरक–फरक समूहहरूले आआफ्नो स्वार्थअनुकूल ती शब्दहरूको अर्थ फरक–फरक रूपमा गरिदिएकाले सुन्ने र पढ्ने व्यक्तिहरूमा अन्योल सिर्जना भइरहेको छ । यस्तो अन्योल समस्याको ठूलो कारण बनेको छ र यस समस्याले समाधानको बाटो खोजिरहेको छ ।
राजनीतिक दलहरूसँग आबद्ध व्यक्तिहरू, भाषाविद्हरू, प्राज्ञ व्यक्तित्वहरू, प्रवाचक र व्याख्याताहरू, लेखक–पत्रकारहरू, शिक्षक–प्राध्यापकहरू आदि सम्मिलित संयुक्त सङ्गोष्ठीद्वारा विभिन्न शब्द र तिनका अर्थहरूको निक्र्योल गरी राजनीतिक शब्दावलीको अलग्गै शब्दकोश निर्माण गर्न सकिन्छ । त्यसका लागि शब्दयात्रा प्रकाशनजस्ता स्वतन्त्र वाङ्मयिक संस्थाहरूलाई अग्रसर गराउन पनि सकिन्छ । त्यसो गर्न सकियो भने राजनीतिक वृत्तमा भाषिक कठिनाइहरूको समाधान हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका सहृदयी मित्र चन्द्रबहादुर खड्का बनेपा नगरपालिका वडा नं. १० को वडाअध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

‘शब्दसंवाद’ मा विष्णुहरि तिमल्सिना

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सोह«ौँ शृङ्खलामा समाजसेवी विष्णुहरि तिमल्सिनाले प्रमुख वक्ताका रूपमा आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७४ साल जेठ १२ गते शुक्रबार आयोजित उक्त कार्यक्रम शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य गीता मञ्जुश्री अधिकारीको सभापतित्व र कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाको उद्घोषणमा सञ्चालन भएको थियो । प्रमुख वक्ताको चिनारी महाप्रबन्धक शारदाप्रसाद शर्माले गराउनुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, आध्यात्मिक लेखकद्वय ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, कविद्वय डा. श्याम भट्टराई र सोमकाजी शाक्य, ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका सञ्चालक शिव बन्जारा, शब्दयात्रा प्रकाशनका सूचना–प्रविधि अधिकृत इ. रोशन मञ्जुश्री अधिकारी, लेखक सिद्धिबहादुर कर्माचार्य, दण्डपाणि अधिकारी, शकुन्तला बन्जारा, धनमाया खत्री, जयदेश श्रेष्ठ, दीपक तिमल्सिना आदिको उपस्थिति रहेको थियो ।

अनि बनेपा तीर्थस्थलजस्तै बन्नेछ

0

बनेपा नगरपालिकाको उपप्रमुखका रूपमा निर्वाचित भई पदभार ग्रहण गरिसकेपछिको मेरा लागि यो पहिलो औपचारिक सार्वजनिक कार्यक्रम हो । शब्दयात्रा प्रकाशनले मलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेकोमा आयोजक संस्थालाई म धन्यवाद ज्ञापन गर्दछु ।
बनेपा नगरपालिकाको क्षेत्र अहिले विस्तार भएको छ । केन्द्रीय राजधानीको निकट रहेको, काठमाडौँ उपत्यकासँग जोडिएको, राजधानी छिर्ने मुख्य व्यापारिक नाका भएको र दुईवटा राजमार्गको केन्द्रविन्दु भएको हुनाले बनेपा नगरपालिकाको महàव ठूलो छ । फरक–फरक जातिको, फरक–फरक संस्कृतिको, फरक–फरक व्यवसायको र फरक–फरक भूक्षेत्रको अनुसन्धान गर्नका लागि यो नगरपालिका उत्तम ठाउँ हो ।
यस्तो नगरपालिका क्षेत्रमा भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, शिक्षा–शिक्षण र गीत–सङ्गीत विधाका व्यक्तित्वहरू एकै ठाउँमा समेटिएको शब्दयात्रा प्रकाशन जस्तो संस्था रहनु र राष्ट्रिय स्तरका बौद्धिक व्यक्तित्वहरूलाई बोलाएर हरेक वर्ष १६ विधामा नगद रकमसहित सम्मान गर्नु यस क्षेत्रकै लागि गौरवको विषय हो । राष्ट्रिय स्तरमा चर्चित पुस्तकहरू हाम्रै बनेपा नगरपालिका क्षेत्रमा रहेका संस्थाबाट प्रकाशन हुँदा, ऐतिहासिक महàवका पुस्तकहरू हाम्रै नगरबाट सम्पादन हुँदा र यस क्षेत्रका प्रतिभाहरूलाई सूचना–प्रविधिका माध्यमबाट बनेपाबाटै विश्वभरि चिनारी गराउन थालिएको हुँदा हामीलाई खुसी लाग्नु स्वाभाविकै हो ।
शब्दयात्रा प्रकाशनले हाम्रै बनेपा नगरपालिकाको ६ नं. वडामा साहित्य, पत्रकारिता, शिक्षा र सङ्गीत विधाका चारजना शिखर व्यक्तित्वको सालिक राख्न लागेको जानकारी पाएर मलाई धेरै खुसी लागेको छ । यस कार्यबाट ती विधाका शीर्ष व्यक्तित्वको सालिक एकै ठाउँमा राखिएको पहिलो नगरपालिकाका रूपमा बनेपा नगरपालिका चिनिनेछ । त्यसपछि ती चारै विधासँग सम्बन्धित व्यक्तिहरूका लागि हाम्रो नगरपालिका एक किसिमको तीर्थस्थलजस्तै बन्नेछ । यो कार्य सम्पन्न गर्न बनेपा नगरपालिकाका तर्फबाट गर्न सकिने सहयोगका लागि हामी तयार नै छौँ ।
जगत्केशरीले सिर्जना गरेको चण्डेश्वरी स्तोत्र र धनेश्वर स्तोत्र, नाला भगवती र धनेश्वर महादेवको मन्दिरमा गाइने पुराना भजन, अभिलेख, पुराना पुस्तकालय, शिक्षालय, विकटेश्वरको महिमा, साँगाको इतिहास, बनेपा र नालाका ढुङ्गेधारा, पोखरी, चोक, शिलालेख आदिजस्ता थुप्रै विषयहरूमा हामीले अनुसन्धान गरेर प्रकाशनमा ल्याउनुछ । हाम्रा पुर्खाले छाडेर गएको त्यस्तो नासोलाई सकेसम्म जोगाउनु आवश्यक छ । बनेपा नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुराताàिवक, साहित्यिक, साङ्गीतिक र ऐतिहासिक सम्पदाका विषयमा अध्ययन, अनुसन्धान र प्रकाशन गराई यस क्षेत्रको उत्थानमा महàवपूर्ण भूमिका निर्वाह गर्न बनेपा नगरपालिका सम्बन्धित संस्थाहरूलाई सघाउन सक्छ । यस्ता विषयहरूमा शब्दयात्रा प्रकाशन जस्ता संस्थाहरूको ध्यान जाओस् भन्ने म चाहन्छु ।
हाम्रो बनेपा नगरमा आइदिएर सम्मानित हुनुभएका राष्ट्रिय प्रतिभाहरूलाई बनेपा नगरवासीका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु । सार्वजनिक गरिएका पुस्तकका सम्पादक, अनुवादक, कवि र सङ्कलकलाई पनि धन्यवाद छ ।
हामी सबैले कुनै पनि प्रकारको पूर्वाग्रह त्यागौँ, एकताबद्ध भई बनेपा नगरपालिका क्षेत्रलाई विकास–निर्माणका हरेक क्षेत्रमा उन्नत बनाऔँ र सिर्जनाका क्षेत्रमा पनि केन्द्रीय स्थल नै बनाउने प्रयास गरौँ । यही अनुरोध गर्दै म आफ्नो मन्तव्य अन्त्य गर्दछु ।

मैले के गरें ?

0

मैले लामो समय प्रहरी सेवामा बिताएँ । सेवाबाट अवकाश पाएपछि सामाजिक कार्यमा संलग्न बनेँ । त्यस क्रममा म विभिन्न संस्थाहरूमा आबद्ध भएँ र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको संस्थापक सदस्य पनि बनेँ । त्यसपछि ग्रन्थसम्पादक हरि मञ्जुश्रीसँग मेरो सम्पर्क भयो र म शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समितिमा रहन पाएँ, अनि ‘नेपालभूमि साप्ताहिक’ मा मेरा केही लेखहरू प्रकाशित भए । उहाँसँग एकहप्ते शिविरमा बसेर नेपाली भाषासम्बन्धी केही ज्ञान पनि पाएँ । उहाँले सम्पादन गर्नुभएको ‘सुशील कोइराला अरूको दृष्टिमा’ पुस्तकको सामग्री सङ्कलक तथा प्रकाशन सहयोगी हुन पाएँ । म शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा समेत सहभागी बनेँ । मेरो त्यस बेलाको प्रस्तुति ‘नेपालभूमि साप्ताहिक’ मा छापियो । आज सार्वजनिक भएको ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ नामक पुस्तिका पनि शब्दयात्रा प्रकाशनबाटै छापिएको छ । यसका लागि म हरि मञ्जुश्री र शब्दयात्रा प्रकाशन परिवारप्रति आभार व्यक्त गर्दछु ।
म पूर्वप्रहरी कर्मचारीहरूको संस्था पूर्वप्रहरी कर्मचारी परिषद्सँग स्थापनाकालदेखि नै आबद्ध भएकाले र त्यस परिषद्को काभ्रे जिल्ला अध्यक्ष पनि भएकाले आफ्नो जिल्लाका साथीहरूलाई प्राथमिकतामा राखेर पूर्वप्रहरी कर्मचारीको नाम, ठेगाना र दूरभाषाङ्क सङ्कलन गर्ने प्रयत्न मैले गरेको थिएँ । २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछि राहत वितरण गर्ने कार्यमा लाग्नुप¥यो । त्यसले गर्दा सङ्कलनकार्य प्रभावित भयो । पछि त्यसलाई फेरि सुरु गरेँ र प्रकाशन गराइदिन हरि मञ्जुश्रीसँग आग्रह गरेँ । उहाँले स्वीकृति दिई सहयोग गर्नुभएकाले नै यो पुस्तिका प्रकाशन भएको हो । यसमा कतिपय साथीहरू छुट्नुभएको र कसैको नाम, ठेगाना र सम्पर्कसूत्र गल्ती भएको हुन सक्छ । त्यसप्रति क्षमा माग्दै आगामी संस्करणमा सच्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।
यस पुस्तिकामा काभ्रेली पूर्वप्रहरी कर्मचारी साथीहरूको सम्पर्क नम्बर दिँदा अधिकांश साथीहरूको मोबाइल नम्बर राखेको छु भने कसैकसैको चाहिँ ल्यान्ड फोनको नम्बर राखेको छु । पूर्वप्रहरीहरू अत्यन्त सम्वेदनशील हुने भएकाले उहाँहरूको नम्बरको दुरुपयोग नगरिदिन मेरो अनुरोध छ । पूर्वप्रहरी कर्मचारी साथीहरूले पनि मोबाइलबाट हुने हानिका विषयमा जानकारी लिएर आफ्ना परिवार, छरछिमेक र समाजका सदस्यहरू सबैलाई जानकारी दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । मोबाइल फोनबाट हुन सक्ने दुष्प्रभावका विषयमा ‘नेपालभूमि साप्ताहिक’ को आगामी अङ्कमा मेरो लेख प्रकाशन हुने भएको छ । त्यसको अध्ययन गरिदिन पनि अनुरोध गर्दछु ।
मेरो पुस्तिकाका साथमा आज हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ नामक स्मृतिग्रन्थ, कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ नामक कवितासङ्ग्रह र श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘सत्यनारायण कथामृत’ नामक काव्य पनि सार्वजनिक भएका छन् । उहाँहरूलाई बधाई दिन चाहन्छु ।

खुसी पनि, पश्चात्ताप पनि

0

मैले आफूले जान्दादेखिका तीता–मीठा अनुभव र घटनाहरू समेटेर लेखिएको ‘फालिकोटको फाली’ नामक स्मृति र कृतिको पाण्डुलिपि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री अधिकारीलाई हस्तान्तरण गरेको थिएँ । उहाँले पुस्तकको आकार दिएर प्रकाशित गरिदिएको पुस्तक चयन समितिको मूल्याङ्कनबाट उत्कृष्ट ठहरिएकोमा चयन समितिप्रति नतमस्तक रही कृतज्ञता व्यक्त गर्दछु ।
यो कृति यति माथि उठ्ला भन्ने मैले सोचेको थिइनँ । आत्मसन्तुष्टिका लागि मात्र लेखेको हुँ । पाठकहरूको न्यानो माया पाएर उचालिएको छ । यसका लागि सबैलाई साधुवाद भन्न चाहन्छु । यो ‘फालिकोटको फाली’ पुस्तक पढेर फोनबाट बधाई दिने महानुभावहरू धेरै हुनुहुन्छ । सर्वप्रथम वरिष्ठ साहित्यकार तथा पूर्वशिक्षामन्त्री प्रदीप नेपाल । उहाँले तपाईको किताब पढिसक्न डेढ घन्टा पनि लाइनँ, जाँगर लाग्दै पो सकियो, शैली ज्यादै मन प¥यो भन्दा मलाई केही लज्जाको महसुस भयो । किनकि भूमिका लेखाउने सन्दर्भमा अध्यक्ष हरि मञ्जुश्रीले उहाँको नाम लिनुभएको थियो, तर मेरो सामान्य गन्थन ठूला साहित्यकारहरूलाई देखाउने आँट गरिन । यो कुरा प्रदीप नेपाललाई सुनाउँदा यस्तो गल्ती अब नगर्ने चेतावनी पाएँ र पश्चात्तापमा पनि परें । त्यसलाई शिक्षाका रूपमा ग्रहण गरेको छु ।
बधाई दिने महानुभावहरू रवीन्द्र अधिकारी, हेमराज पौडेल, निनु चापागाईं, हेमाङ्गराज अधिकारी, गेहनाथ गौतम, हरि पराजुली, कृष्णप्रसाद सापकोटा, नीरञ्जन विष्ट, बुद्धिनाथ बराल तथा श्रद्धेय गुरु तीर्थ न्यौपाने, शान्ता मानवी, नारदमणि, हार्तम्छाती, भोलामणि राई, अन्य यस्ता धेरै सज्जनहरू हुनुहन्छ । उहाँहरू सबैलाई धन्यवादसहित नमन गर्दै उहाँहरूबाट प्राप्त सुझाव स्वीकार गर्दछु । यसो भनिरहँदा मलाई डर पनि लाग्दैछ कि कतै मलाई आत्मप्रशंसकको कलङ्क नलागोस् ।

यस्ता छन् पुस्तकहरू

0

शब्दयात्रा प्रकाशनले सार्वजनिक गराएका चारवटा पुस्तकहरूको चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक ग्रन्थसम्पादक हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ नामक स्मृतिग्रन्थ हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ७७ औँ पुस्तक हो । डा. चिन्तामणि योगी र मुकुन्दप्रसाद उपाध्याय सल्लाहकार रहनुभएको यस पुस्तकमा उद्धवप्रसाद नेपाल, किशोरकुमार गौतम, कृष्णप्रसाद कोइराला, कृष्णमणि कुइँकेल, गुणबहादुर पाण्डे, जयकृष्ण भण्डारी, डिल्लीप्रसाद कोइराला, देवीप्रसाद नेपाल, डा. बद्रीप्रसाद गौतम, भैरव के. सी. भट्टराई, मुक्ति शर्मा बाबा, मुकुन्दप्रसाद उपाध्याय, योगानन्द गिरि, राधाकृष्ण प्रधान, रामप्रसाद शर्मा तिमल्सिना, राम बाबा, विष्णुहरि तिमल्सिना, शम्भु दाहाल, शारदाप्रसाद शर्मा, शिवलाल पाण्डे, शिवहरि के. सी., सानुकाजी प्रधान, सुदर्शन आचार्य, सुमन खड्का र हरिशरण पाण्डेय गरी २५ जनाले नागा बाबा रमेश गिरिसँग सम्बन्धित रहेर लेखेका लेखहरू रहेका छन् । परिशिष्ट खण्डमा नागा बाबा रमेश गिरि बस्नुभएका नेपालका प्रमुख स्थानहरूको सचित्र वर्णन हरि मञ्जुश्रीले गर्नुभएको छ । पुस्तक जम्मा १२८ पृष्ठको छ ।
‘सम्पादकीय’ मा हरि मञ्जुश्रीले लेख्नुभएको छ — “नागा बाबा रमेश गिरि महाराज को र कस्ता हुनुहुन्थ्यो भन्ने कुरा यस पुस्तकभित्रका संस्मरणहरूले नै बोल्छन् । उहाँको भौतिक स्वरूपसँग मेरो साक्षात्कार हुन नसके पनि उहाँका बारेमा सामग्री सङ्कलन गर्ने काममा लाग्दा उहाँको अलौकिकता, आशीर्वाद र सहयोगको अपूर्व अनुभव मलाई पटक–पटक अविश्वसनीय रूपमा भयो । त्यसबाट यस पुस्तकको प्रकाशन बाबाकै चाहना रहेछ र बाबाको कृपा नपाएको भए यो पुस्तक तयार हुने रहेनछ भन्ने कुरामा म विश्वस्त बनेको छु । सामग्रीहरू सङ्कलन गर्दा मैले अदृश्य रूपमा बाबाबाट पाएको कृपालाई शब्दद्वारा लेखनमा अभिव्यक्त गर्नु मलाई उपयुक्त लागेन । त्यो अनुभवलाई आफैँभित्र जीवन्त राखेर म बाबाप्रति कृतज्ञतापूर्वक दण्डवत मात्र गर्दछु ।” हरि मञ्जुश्रीको यो लेखाइबाट नै यस पुस्तकको महàव झल्किन्छ ।
दोस्रो पुस्तक ‘सत्यनारायण कथामृत’ हो । यस पुस्तकभित्र पूजाविधि पनि जोडिएको छ । यो पुस्तक गुल्मी जिल्लाको रयालेमा १९४३ साल भदौमा जन्मेर २०१५ सालमा दिवङ्गत हुनुभएका रश्मिराज अर्यालले संस्कृत भाषामा लेख्नुभएको सत्यनारायण व्रतकथासम्बन्धी काव्यलाई नेपाली भाषामा उही छन्दमा गरिएको अनुवाद हो । त्यसैले यसलाई काव्यानुवाद भनिएको छ । दुर्गाप्रसाद अर्याल र मुकुन्द शर्मा चालिसेको मन्तव्यसहित प्रकाशित यस पुस्तकले रश्मिराज अर्यालको कीर्ति नेपाली वाङ्मयमा अझ विस्तृत बनेको छ । अनुवाद सबैले बुझ्ने भाषाशैलीमा छ ।
काभ्रे जिल्लाका महाकाव्यकार, नव्यकाव्यकार र लघुकाव्यकारका रूपमा परिचित कविप्रसाद प्याकु¥यालले श्रीधर प्याकु¥याल नाउँबाट तयार पार्नुभएको यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित ८२ औँ पुस्तक हो । १३६ पृष्ठको यो पुस्तक श्रीधर प्याकु¥यालको दसौँ कृति हो । यसअघि उहाँका अरू पुस्तकहरू पनि शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित गरिएका थिए । उहाँ शब्दयात्रा लेखक समाज र शब्दयात्रा सम्मान व्यवस्थापक समाजमा आबद्ध हुनुहुन्छ भने उहाँलाई शब्दयात्रा प्रकाशनले नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट सम्मानित पनि गरिसकेको छ । सरकारी जागिरबाट निवृत्त भएपछि पहिलेको भन्दा गतिशील बनेर साहित्यिक, आध्यात्मिक र सामाजिक कार्यमा सक्रिय जीवन बिताइरहनुभएका श्रीधर प्याकु¥याल उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँले संस्कृत भाषामा लिखित ग्रन्थलाई नेपाली भाषाको पद्य विधामा अनुवाद गरेर नेपाली साहित्यलाई ठूलो गुन लगाउनुभएको छ । यस पुस्तकका लागि श्रीधर प्याकु¥याललाई बधाई छ । उहाँबाट यस्तै पुस्तकहरू अरू पनि आउन सकुन् भन्ने कामना गर्दछु ।
तेस्रो पुस्तक ‘यात्रा’ कवितासङ्ग्रह हो । यसका कवि कृष्णहरि मैनाली हुनुहुन्छ । यो उहाँको एघारौँ कृति हो । उहाँ काभ्रे जिल्लाको वाल्टिङमा जन्मेर हाल काठमाडौँको बानेश्वरमा बसोवास गर्नुहुन्छ । श्रीमती निर्मला मैनाली प्रकाशक रहनुभएको यो पुस्तक १०० पृष्ठको छ । ४४ वटा कविताहरू सङ्कलित यस सङ्ग्रहमा प्रा. चूडाराज उप्रेती र डा. कृष्णहरि बरालका मन्तव्य रहेका छन् । प्रा. चूडाराज उप्रेतीका अनुसार व्यक्ति राम्रो भए समाज राम्रो हुन्छ, समाज राम्रो भए देशले सभ्य, व्यवस्थित एवं सुशासनको प्रत्याभूति दिन सक्छ र नै मुलुक समुन्नत र समृद्ध हुन्छ, यसका लागि आफैँले आफूलाई असल बनाउन सक्नुपर्छ भन्ने भाव र इच्छा यस सङ्ग्रहमा सशक्त र सरल ढङ्गबाट सम्प्रेषण गर्न खोजिएको छ । डा. कृष्णहरि बरालका अनुसार जीवनको यथार्थपरक चित्रण गरिएका यस सङ्ग्रहभित्रका कविताहरूले मानिसलाई आफ्नो जीवन सार्थक बनाउन सहयोग पु¥याउनेछन् ।
कृष्णहरि मैनालीले लेख्नुभएका थुप्रै पुस्तकहरू प्रकाशन हुन बाँकी नै छन् । उहाँ काभ्रे जिल्लाका होनहार प्रतिभा हुनुहुन्छ । उहाँको साहित्ययात्राको निरन्तरताका लागि म हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
अर्को प्रकाशन ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ हो । पूर्वप्रहरी निरीक्षक जगन्नाथ गिरी सेवाबाट निवृत्त भएपछि शब्दयात्रा प्रकाशनसँग आबद्ध हुनुभएकाले उहाँले २४ पृष्ठको यो पुस्तिका तयार पार्नुभएको देखिन्छ ।
हरि मञ्जुश्रीले ‘प्रकाशकीय’ मा लेख्नुभएको छ — “आफ्नो पेसाप्रति इमानदार व्यक्तिले आफूजस्तै पेसा अँगाल्ने अन्य व्यक्तिहरूका बारेमा सोधखोज गरेर जानकारी राख्न खोज्नु स्वाभाविकै हो । जगन्नाथ गिरीले पनि त्यसै गर्नुभयो । उहाँले काभ्रेपलाञ्चोक जिल्लामा रहेका पूर्वप्रहरी कर्मचारीहरू जुनसुकै गाउँ–सहरमा भए पनि सञ्चार–सम्पर्क हुन सकोस् भनेर पूर्वप्रहरी कर्मचारीहरूको नाम, ठेगाना र दूरभाषाङ्क पत्ता लगाउनुभयो र त्यसलाई पुस्तिकाका रूपमा प्रकाशन गरेर वितरण गर्न शब्दयात्रा प्रकाशनको सहयोग माग्नुभयो । कतिपय व्यक्तिहरू आफू पदनिवृत्त भएपछि त्यही पेसाको बदख्वाइँ गर्छन्, उहाँले चाहिँ आफूजस्तै सेवामा रहेका व्यक्तिहरूलाई समेटी एउटै परिवारको सदस्यजस्तै बन्न सघाउ पु¥याउनुभयो । यो पुस्तिका जगन्नाथ गिरीको ठूलो मिहिनेतको फल हो ।” उहाँको यस कामका लागि उहाँलाई बधाई छ ।
अन्त्यमा, आज सार्वजनिक गरिएका यी चारैवटा पुस्तकहरूले नेपाली साहित्यमा आफ्नै प्रकारको स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।