Home Blog Page 194

नारी नै दरबार हो

0

न घरलाई घर कहिन्छ नारी नै दरबार हो
एक मात्रै धर्मसाधन नारी घरको द्वार हो
घरकी देवी नारी नै हो नारी घरको ज्योति हो
राजलक्ष्मी नारी नै हो नारी माणिकमोती हो

— स्वराङ्कन गर्ने प्रथम नेपाली गायिका मेलवादेवी गुरुङले गाएको शुक्रराज शास्त्रीको गीत
मेलवादेवी गुरुङको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा राख्तैछ

भोलि सालिकको शिलान्यास

0

शब्दयात्रा प्रकाशनले काभ्रे बनेपाको कृष्ण–गीता परिसरमा निर्माण गर्न लागेको शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानअन्तर्गत नेपालका पाँचजना शीर्ष व्यक्तित्वको सालिकको शिलान्यास भोलि साउन १८ गते बुधबार दिउँसो २ बजेदेखि हुने भएको छ । यसअघि चारजना व्यक्तित्वको सालिक राख्ने भनिएकोमा अर्काे एक सालिक पनि थप गरेर पाँचजनाको सालिक राख्न लागिएको हो ।
निजी क्षेत्रबाट संस्थागत विद्यालयको स्थापना गर्ने पहिलो नेपाली शिक्षासेवी बालागुरु षडानन्द, लोकतन्त्रका लागि पत्रिका प्रकाशन गर्ने पहिलो नेपाली पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्यको सेवा गरेबापत मृत्युवरण गर्न बाध्य पहिलो नेपाली साहित्यकार कृष्णलाल अधिकारी, नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो नेपाली गायिका मेलवादेवी गुरुङ र विज्ञान विधामा राष्ट्रिय पुरस्कार पाउने पहिलो नेपाली वैज्ञानिक नरबहादुर भारतीको सालिक शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानमा स्थापना गरिनेछन् ।

‘सेवा नेपाल’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित तथा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीद्वारा प्रकाशित ‘सेवा नेपाल, २०७४’ नामक वार्षिक मुखपत्रको ‘मन्तव्य एवं विचार विशेषाङ्क’ लाई अग्रज साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले गत २०७४ साउन ११ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको ९५ औँ जन्मस्मृतिसभामा सार्वजनिक गर्नुभयो ।
कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको आयोजनामा भएको उक्त समारोहमा वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. मृगेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक इ. कुलमान घिसिङलाई सम्मान गरिएको थियो । समारोहमा डा. भोलानाथ योगी र हरिविनोद अधिकारीले कर्मयोगी बद्रीविक्रम थापाका विषयमा र सम्पादक हरि मञ्जुश्रीले ‘मन्तव्य एवं विचार विशेषाङ्क’ का विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने गायक शिशिर योगीले गीत प्रस्तुत गर्नुभएको थियो । डा. लोकविक्रम थापाले बद्रीविक्रम चरित्रनिर्माण पुरस्कार साकार सुवेदीलाई प्रदान गर्नुभएको र गुठीका कोषाध्यक्ष किरण थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको सभापतित्व गुठीका अध्यक्ष डा. सत्यमोहन जाशीले ग्रहण गर्नुभएको थियो ।

शब्दयात्रालाई चिनी

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ का संयोजक तथा ‘नेपालभूमि साप्ताहिक’ को नियमित स्तम्भ ‘शब्दसंवादभूमि’ का स्तम्भकार पदमनाथ ढुङ्गानाले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका लागि आवश्यक पर्ने चिनी आफ्ना तर्फबाट मासिक रूपमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले ‘कर्मयोद्धासँग शब्दसंवाद’ का लागि पनि हरेक कार्यक्रम बराबर एक सय रुपियाँ सहयोग गर्दै आउनुभएको छ ।
शब्दयात्रा प्रकाशनले उहाँको सहयोगप्रति आभार व्यक्त गरेको छ ।

सालिकका लागि आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनलाई काठमाडौँ घट्टेकुलो निवासी कवि कृष्ण जोशीले पाँच हजार एक सय रुपियाँ, काठमाडौँ गोकर्णेश्वर निवासी तीर्थराज अधिकारीले एक हजार एक सय एघार रुपियाँ र काठमाडौँ बानेश्वर निवासी कवि दामोदर अर्याल ‘हितकर’ ले पाँच हजार एक सय पाँच रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
निजी क्षेत्रबाट संस्थागत विद्यालय खोल्ने पहिलो नेपाली बालागुरु षडानन्द, पहिलो लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्यको पहिलो सहिद कृष्णलाल अधिकारी र गीत रेकर्र्ड गराउने पहिलो गायिका मेलवादेवी गुरुङको सालिक बनेपामा स्थापना गर्न उहाँहरूले उक्त सहयोग गर्नुभएको हो ।

शब्दयात्राबाट उपहार प्रदान

0

‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमका हालसम्मका पच्चीस शृङ्खलामध्ये सबैभन्दा बढी तेइस शृङ्खलासम्म उपस्थित हुनुभएका ओतबहादुर खड्का, शब्दयात्रा प्रकाशनलाई कपहरू सहयोग गर्ने पुण्यवती घले र विद्युतीय कित्ली सहयोग गर्ने पूर्णबहादुर कार्कीलाई शब्दयात्रा प्रकाशनकभ तर्फबाट ससम्मान उपहार प्रदान गरिएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँहरूलाई शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।

शब्दयात्रालाई विद्युतीय कित्ली

0

शिक्षासेवी पूर्णबहादुर कार्कीले शब्दयात्रा प्रकाशनको कार्यालयीय प्रयोजनका लागि विद्युतीय कित्लीको प्रबन्ध गरिदिनुभएको छ ।
गत २०७४ साउन १३ गते शुक्रबार उहाँले शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई विद्युतीय कित्ली सहयोगस्वरूप हस्तान्तरण गर्नुभएको थियो ।

शब्दयात्रा र नीलकण्ठेश्वरबीच सम्झौता

0

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिका बीच एक सम्झौता भएको छ । सम्झौताअनुसार नीलकण्ठेश्वर धाम संरक्षण समितिले एक वर्षसम्मका लागि शब्दयात्रा प्रकाशनलाई आफ्नो भवनको माथिल्लो तला निःशुल्क उपलब्ध गराउने भएको छ भने शब्दयात्रा प्रकाशनले नीलकण्ठेश्वर धामको भवनको संरक्षण, सरसफाइ र प्रचारप्रसारमा सहयोग पु¥याउनेछ ।
शब्दयात्रा प्रकाशनका तर्फबाट अध्यक्ष हरि मञ्जुश्रीले र नीलकण्ठेश्वर धाम संरक्षण समितिका तर्फबाट अध्यक्ष कृष्णमणि कुइँकलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनले सालिकसहित शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान निर्माण गर्ने स्थल ‘कृष्ण–गीता परिसर’ को छेउमै नीलकण्ठेश्वर धाम संरक्षण समितिको भवन रहेको हुनाले केही समयपछिदेखि शब्दयात्रा प्रकाशनको कार्यालय त्यही भवनमा राखिने र अधिकांश कार्यक्रमहरू त्यही भवनमा गरिने भएको छ ।

शब्दयात्रा पुस्तक पसलको शुभारम्भ

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा घुम्ती पुस्तक पसलको औपचारिक शुभारम्भ बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहालले संयुक्त रूपमा गर्नुभएको छ । गत २०७४ साउन १२ गते बनेपा नगरपालिकाको परिसरमा भएको विशेष भेलामा उहाँहरूले घुम्ती पुस्तक पसलको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका विषयमा जानकारी गराउनुभएको उक्त सङ्क्षिप्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । त्यस बखत सकुल थापा, मच्छेश्वर सापकोटा, चन्द्रबहादुर खड्का, बद्रीप्रसाद शर्मा, पुण्यवती घले, फणीन्द्रराज अधिकारी, ओतबहादुर खड्का, विष्णुहरि तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो । उक्त पसलको व्यवस्थापन आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठले गर्ने हुनुभएको छ ।
शब्दयात्रा घुम्ती पुस्तक पसल नवीना श्रेष्ठ, भरतराज महत, ओतबहादुर खड्का, चन्द्रबहादुर खड्का, गीता मञ्जुश्री, सकुल थापा, बद्रीप्रसाद शर्मा, जगन्नाथ गिरी र उद्धवप्रसाद नेपालको आर्थिक सहयोगबाट निर्माण भएको थियो । काभ्रे जिल्लामा सञ्चालित यो पहिलो घुम्ती पतक पसल हो । पाठकहरूको सुविधाका लागि सञ्चालित यस पसलबाट शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूमा २० प्रतिशत छुट दिइने जानकारी तुतुकाजी प्रणामी श्रेष्ठले गराउनुभएको छ ।

‘शब्दसंवाद’ मा कविप्रसाद प्याकु¥याल

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पच्चीसौँ शृङ्खलामा काभ्रेपलाञ्चोक जिल्लाका महाकाव्यकार कविप्रसाद (श्रीधर) प्याकु¥यालले आफ्नो जीवनयात्राका साथसाथै काव्यात्मक यात्राका विषयमा प्रवचन गर्नुभयो । उहाँको प्रवचनको सारसङ्क्षेप ‘नेपालभूमि साप्ताहिक’ को ‘शब्दसंवादभूमि’ मा प्रकाशित छ ।
गत २०७४ साउन १३ गते शुक्रबार गरिएको उहाँको प्रवचनपछि शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले त्यसमाथि टिप्पणी गर्दै कविप्रसाद प्याकु¥याल काभ्रे जिल्लामा जन्मेको पहिलो महाकाव्यकार, पहिलो नव्यकाव्यकार र पहिलो ज्योतिषकाव्यकार भएको उल्लेख गर्दै कवि नीरविक्रम प्यासीको गीतमा ‘आँखामा तिमी यसरी छायौ कि देख्नै सकिन्नँ, भावमा तिमी यसरी आयौ कि लेख्नै सकिन्नँ’ भनिएझैँ हामीले पनि उहाँलाई चिन्न नसकेका हौँ भन्ने धारणा व्यक्त गर्नुभयो ।
पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा तुतुकाजी प्रणामी श्रेष्ठ, मच्छेश्वर सापकोटा, श्री शर्मा मूर्ख, गोविन्द बानियाँ, ओतबहादुर खड्का, पूर्णबहादुर कर्माचार्य, पुण्यवती घले, पूर्णबहादुर कार्की, कृष्णप्रसाद अधिकारी, सहदीप पलाञ्चोके, विष्णुहरि तिमल्सिना, शिव बन्जारा, शकुन्तला बन्जारा, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
आगामी शृङ्खला पनौतीको प्राणनाथ माइती वृद्धाश्रममा गरिने र त्यस बखत तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुति रहने जानकारी महाप्रबन्धक शारदाप्रसाद शर्माले गराउनुभएको थियो ।